बैंकमा थुप्रियो पैसा,घट्यो व्याज

आगामी नयाँ वर्ष २०८१ को वैशाख १ गतेदेखि लागु हुने गरी १३ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । वैशाख महिनाका लागि १३ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने ५ वटाले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । वैशाखका लागि २ वटा बैंकले भने ब्याजदर बढाएका छन् । बैंकहरुमा अधिक तरलता थुप्रिएका कारण बैंकहरुले निक्षेपको ब्याजदरमा कटौती गरिरहेका हुन ।

बिज्ञापन

एनआईसी एसियादेखि कुमारी, प्रभु, राष्ट्रिय वाणिज्य बैंकले भने ब्याज घटाएका छन् । दुई वाणिज्य बैंकले भने वैशाखमा ब्याजदर बढाएका छन् । निक्षेप तान्नका लागि एनएमबी र एभरेष्ट बैंकले निक्षेपमा बढी ब्याज दिने भएका छन् । एनएमबीले ० दशमलव ९७ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । एभरेष्टले ० दशमलव ५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ ।

बिज्ञापन

निक्षेपमा एनएमबीले अधिकतम ७ दशमलव ९७ प्रतिशत ब्याज दिने निर्णय गरेको छ । चैतमा यो बैंकले ७ प्रतिशत मात्र ब्याज दिने निर्णय गरेको थियो । बैशाखमा कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी), स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नबिल बैंक र प्रभु बैंकले ब्याजदर स्थिर राखेका छन् ।

कृषि विकासले व्यक्तिगततर्फ ५ दशमलव ६६६१ प्रतिशत र संस्थागततर्फ ४ दशमलव ५१ प्रतिशत, एनआईएमबीले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५ दशमलव २५ प्रतिशत, हिमालयनले व्यक्तिगततर्फ ७ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत र, नबिलले व्यक्तिगततर्फ ७ दशमलव २५ प्रतिशत र संस्थागततर्फ ६ दशमलव २५ प्रतिशत र प्रभु बैंकले व्यक्तिगततर्फ ७ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ६ दशमलव ५ प्रतिशत ब्याजदर तोकेका हुन् ।
यता, प्राइम बैंकको ० दशमलव १५ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ७ दशमलव १ प्रतिशत तोकेको छ भने संस्थागततर्फ ६ दशमलव १ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । नेपाल एसबिआई बैंकले ० दशमलव ४८ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६ दशमलव ५३ प्रतिशत र संस्थागततर्फ ५ दशमलव ५३ प्रतिशत ब्याजदर तोकेको छ । कुमारी बैंकले व्यक्तिगततर्फ ७ दशमलव २६ प्रतिशत र संस्थागततर्फ ६ दशमलव २६ प्रतिशत ब्याजदर तोकेको छ ।
लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै सानिमा बैंकले व्यक्तिगततर्फ ७ दशमलव १० प्रतिशत र संस्थागततर्फ ६ दशमलव १० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ६ दशमलव ५५ प्रतिशत र संस्थागततर्फ ५ दशमलव ३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

बिज्ञापन

नेपाल बैंकले ६ दशमलव ७५ प्रतिशत र संस्थागततर्फ ४ दशमलव ७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । मछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ७ दशमलव २५ प्रतिशत र संस्थागततर्फ ५ दशमलव ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सिटिजन्स बैंकले ७ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ६ दशमलव ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
यस्तै सबैभन्दा बढी एनआइसी एशियाले व्यक्तिगततर्फ ० दशमलव ८ प्रतिशत घटाएर ७ दशमलव ७५० प्रतिशत र संस्थागततर्फ ६ दशमलव ७० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फ्लाइङ कार’ को नाममा ड्रोन देखाएर प्रधानमन्त्री ओलीसम्म झुक्याइयो

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

बिशेष