विशेष अदालतले भ्रष्टाचार मुद्दा लागेको मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित दुईजना दोषी ठहर गरेको छ । शुक्रवार विशेष अदालतको इजलाशले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्ल र उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर रावललाई दोषी ठहर गरेको हो ।
बिज्ञापन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकिय अधिकृतसहित पाँच जना कर्मचारी तथा दुईजना उपभोक्ता समितिका पदाधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले अधिकृत ललितजंग मल्ल, तत्कालीन लेखापाल रुनबहादुर सेजुवाल, कम्प्यूटर अपरेटर केशरबहादुर रावल, तत्कालिन इन्जिनियर महेशसिंह कठायत र तत्कालिन असिस्टेन्ट सव–इन्जिनियर हस्तबहादुर मल्लसहित पाँच जनाविरुद्ध मुद्दा चलाइएको थियो । उनीहरुले जिल्ला वन कार्यालयको कम्पाउण्डभित्रको जग्गामा कार्यालयको अनुमतिसमेत नलिएर पार्क निर्माणस्थलको टुंगो नै नलगाई पार्क निर्माणको लागि डिजाइन, नक्सा र लागत अनुमान तयार गर्न लगाएर स्वकिृत गरी उपभोक्ता समितिलाई ३८ लाख ४७ हजार पाँच सय रुपैयाँ पेश्की उपलब्ध गराएको भन्दै मुद्दा दायर भएको हो ।
बिज्ञापन
साथै जिल्ला वन कार्यालयले अनमति नदिएकोले सम्झौता बमोजिम पार्क निर्माण हुन नसक्कने अवस्था भई निर्मित संरचनासमेतबाट अपेक्षाकृत प्रतिफल प्राप्त हुन नसकेर उपभोक्ता समतिलिार्य भुक्तानी भएको पेश्की पर्छयौट हुन नसकेको भन्दै ३८ लाख ४७ हजार पाँच सय बिगो कायम गरेर कैद र जरिवानाको सजाय माग गर्दै मुद्दा दायर गरेको थियो । त्यस्तै, उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर रावल र कोषाध्यक्ष बसन्ती रावल विरुद्ध पनि ३३ लाख ८२ हजार चार सय १७ रुपैयाँ बिगो दाबी मागसहित सजायको माग गरिएको छ । समितिले नियमानुसार उपभोक्ता समितिबाट भएको कार्य बापतको चार लाख ६५ हजार ८२ रुपैयाँ कट्टा गरेर बाँकी हुन आउने ३३ लाख ८३ हजार चार सय १७ रुपैयाँ फिर्ता बुझाई पेश्की पर्छयौट गर्नुपर्नेमा नगरेको भन्दै उनीहरु बिरुद्ध पनि बिगो दाबीसहित सजायको माग गरिएकोमा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले अधिकृत मल्ललाई दुई वर्ष ६ महिना कैद र रावललाई एक वर्ष ६ महिना कैद, १९ लाख २३ हजार ७५० रुपैयाँ बिगो कायम गरी त्यति नै जरिबाना हुने फैसला भएको छ । यस्तै रावललाई पनि १९ लाख २३ हजार ७५० बिगो कायम गरी त्यति नै जरिबाना हुने फैसला भएको छ ।
यसै प्रकरणमा मुछिएका अन्य पाँच जनाले भने सफाइ पाएका छन् । सफाइन पाउनेमा महेशसिंह कठायत, रुनबहादुर सेजुवाल, केशरबहादुर रावल, हस्तबहादुर मल्ल र वसन्ती रावल रहेका छन् ।


 
							 
    








 
											 
											 
											 
											 
											















 
								 
								 
								 
								 
                                 
                                 
                                 
                                 
                                