सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा भ्रष्टाचार मुद्दामा तानिएका छन्। मेयर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति जम्मा गरेको आरोपमा ५ करोड ३३ लाख ५३ हजार १८९ बिगो कायम गरी बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
बिज्ञापन
असोज ७ गते मेयरको जिम्मेवारी सम्हालेदेखि २०७९ माघ २९ सम्मको अवधि हिसाब गर्दा उनको कुल वैध आय ७ करोड ८६ लाख ५० हजार २ सय १ रूपैयाँ देखिएको तर १३ करोड २० लाख ३ हजार ३ सय ९१ रूपैयाँ खर्च देखिएकाले आम्दानी र खर्च मेल नखाएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बिज्ञापन
थापाले सार्वजनिक सेवामा बहाल रहँदा अवैध तरिकाले कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम थापा र बुहारी द्वारीका राउतको नाममा समेत राखेको अख्तियारले बताएको छ । सम्पत्ति जफत गर्नको लागि उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।
मेयर थापाको विगत
बिज्ञापन
सर्लाहीका एक जना माओवादी नेताका अनुसार थापाको फलिफाप माओवादीमा लागेपछि भएको हो । उनी माओवादीमा लागेपछि एकाएक प्रगति भएको बताइन्छ । बागमतीको मेयरको रूपमा थापाको यो दोस्रो कार्यकाल हो ।
ति नेताका अनुसार उनको विगत नकै रोचक छ । उनी २०५६ सम्म सञ्जय साह (टक्ला) को सडक ढाठ ठेक्कामा कर्मचारी थिए । मासिक तलवमा काम गर्ने कर्मचारीका रूपमा छिरेका उनी केहि समयमा सञ्जयलाई प्रभावमा पारेर पार्टनर बनेका थिए । माओवादीमा प्रवेश गरेपछि पार्टीको लागि भन्दै उनले संजयसँग सेयर मागेको बताइन्छ ।
त्यतिखेर उनको सम्पतिको नाममा पैतृक सम्पत्ति ६ कठ्ठा (अब्बल), १ विघा २ कठ्ठा बगर र एउटा काठे घर थियो । माओवादीमा लागेपछि चमत्कारीक रूपमा उनको सम्पत्ति बढेको थियो ।
ति नेताको दाबी अनुसार त्यसपछि राजनीतिमै लागेका थापाको अहिले भने काठमाडौँमा २ वटा घर, सर्लाहीको कर्मैयामा पेट्रोल पम्प, ३ वटा भवन, २ वटा क्रसर, निर्माण औजार, सर्लाहीमा १० बिघाभन्दा बढी जग्गा जम्मा गरेका छन् ।
थापाले २०५६ सालदेखी बागमती नदीको निर्माण सामाग्री एकलौटी ठेक्का लिए उनको दाबी छ । त्यहाँ अरू कसैले निर्माण सामग्री झिक्न पाउँदैनन् । उनले एउटा सिन्डिकेट नै खडा गरेको बताइन्छ ।
२०७६ सालको माघ २६ मा बागमतीमा गिटी झिक्न गएका सुनिल बानियाँलाई मेयर थापाले कुटपिट गरेको आरोप लागेको थियो । थापाले व्यापक उत्खनन् गरेका कारण बागमतीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको पुल भासिने अवस्थामा पुगेको बताइन्छ ।
बूढी बागमती नदीमा पनि कर नतिरी, अनुमति नलिईकन गिटी, बालुवा निर्माण सामग्रीमा उनकै एकलौटी राइँदाइँ छ । बागमती नगरपालिका अन्तर्गत सबैजसो वडाको सडक निर्माण भरत थापाको कन्स्ट्रक्सनले गरेका थिए । अन्य कन्ट्रक्सनले गरेका काममा पनि उनले कमिसनमा गराएको स्रोत दाबी गर्छ ।
काम गर्दा उपभोक्ता समिति बनाउने सम्पूर्ण काम ठेक्का टेन्डर मार्फत नगराई उपभोक्ता समिति बनाई काम आफैँले गर्ने, जनतालाई विकास गराएको बहानामा बागमती नदी उत्खनन गर्ने, आफ्नै क्रसर सञ्चालन गर्ने, आफ्नै क्रसरबाट निस्किएको गिटी, बालुवा सडक मर्मत वा निर्माणमा लगाएर नगरपालिकाको सम्पूर्ण बजेट आफैँ कुम्ल्याएको आरोप उनीमाथि यसअघि नै लाग्दै आएको छ ।
त्यतिमात्रै होइन थापाकै निर्देशनमा सागरनाथ वन परियोजनामा सुकुमबासीलाई घरटहरा बनाउन लगाई २०७५ पुस १३ गते संलग्नतामा ५४ घरटहरा भत्काउन लगाएको आरोप छ ।