ईपीएस भाषा परीक्षाको नतिजा :- ४० हजारले परीक्षा दिँदा ६ हजार उत्तीर्ण

ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। उत्पादन मुलकतर्फ पहिलो चरणको ईपीएस भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी पास भएका छन् ।

बिज्ञापन

ईपीएस कोरिया शाखाका अनुसार २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षामा सहभागी ४० हजार ५८० जनामध्ये ६ हजार ३२१ जना पास भएका हुन् । पहिलो चरणमा ४७ हजार ५१९ जनाको परीक्षा लिने भनिएको थियो। तर, ४० हजार जना मात्रै परीक्षामा सहभागी भएका थिए। जनामध्ये ६ हजार ३२१ जना पास भएका हुन् ।

बिज्ञापन

पहिलो चरणको परीक्षामा पास भएकाहरूको हकमा २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा हुनेछ ।

पास भएका परीक्षार्थीलाई पासपोर्ट र प्रवेशपत्रसहित तोकिएकै मिती, स्थान र समयममा उपस्थित हुन ईपीएस कोरिया शाखाले सूचित गरेको छ ।दोस्रो चरणको स्किल टेस्ट र कम्पिटेन्सी टेस्टको परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने ईपीएस कोरिया शाखाले जनाएको छ। परीक्षार्थीहरूले आफ्नो तोकिएको परीक्षा मिति, समय, र स्थान परिवर्तन गर्न नसक्ने कार्यालयले जनाएको छ । परीक्षार्थीहरूले आफ्नो सक्कल पासपोर्ट र प्रवेश पत्र अनिवार्य रूपमा लिनुपर्ने छ। अन्यथा परीक्षा स्थलमा प्रवेश नगराइने कोरियाले शाखाले जनाएको छ।

बिज्ञापन

ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रमा काम गर्न कोरिया जान १ लाख ६३ हजार ६३५ जनाले आवेदन फारम भरेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

समानुपातिकतर्फ ७ लाख मतगणना हुँदा आधा रास्वपालाई

जमानत जोगाउन नसकेकी अभिनेत्री फर्किइन सिनेमामै

ओलीको लज्जास्पद् हार : झण्डै ५० हजार मतान्तरले हराउँदै विजयी भए बालेन

यी हुन प्रतिनिधि सभामा निर्वाचित ६१ सदस्य (सूची)

संसदमा ६ दलको मात्र प्रतिनिधित्व हुने संकेत

अछाम–१ मा भीम रावल ५२६ मतले पराजित, २६ वर्षपछि काँग्रेसको कमब्याक

एमालेभित्र असन्तुष्टि: शंकरलाई उषाकिरण तिमल्सिनाको ‘राजीनामा दिएर स्टाटस लेख्नुपर्ने’ टिप्पणी

सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल विजयी

बिशेष