सार्वजनिक पदाधिकारीलाई मंहगा उपचार लिन निषेध

जिल्ला प्रशासन कार्यालय, लमजुङले सार्वजनिक पदधारण गरेका व्यक्ति तथा पदाधिकारीलाई मदिरालगायत महँगा उपहार तथा कोसेली नलिन आग्रह गरेको छ ।

बिज्ञापन

जिल्लामा सार्वजनिक पदाधिकारीहरुसँगको औपचारिक तथा अनौपचारिक भेटघाटमा संलग्न मदिरालगायत महँगा उपहारहरु लिनेदिने गरेको गुनासो प्राप्त भएको भन्दै सिडियो कार्यालयले यस्तो अनुरोध गरेको हो ।

बिज्ञापन

सहायक प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयलले एक सूचना प्रकाशित गर्दै आफू बहाल रहेको पदअनुसार सम्पादन गर्नुपर्ने कामका लागि कुनै पनि राष्ट्रसेवक, परिवारको सदस्य वा अरु कसैद्धारा विभिन्न प्रकारका उपहार, कोसेली वा लाभ स्वीकार गर्न नहुने बताएका छन् ।

‘यस्तो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दण्डनीय भएकोले सो विपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुन सबैमा अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ ।

बिज्ञापन

सिडियो कार्यालयले पदीय दायित्वसँग सम्बन्धित विषयमा कार्यालय परिसरभित्र वा बाहिर यस्ता गतिविधिमा संलग्न हुनु पनि आचारसंहिता विपरीतको कार्य भएको उल्लेख गर्दै यस्तो गतिविधिमा संलग्न भएको पाइएमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

अर्काे सहसचिवले पनि दिए राजीनामा

उपत्यकाको ९ पालिका प्रमुखसहित ३५ उपसचिवको सरुवा

३५ उपसचिवको सरुवा : मन्त्रालयको सचिवालय हाबी भएको आरोप, सचिवलाई नै गुमराहामा राखिएको दाबी

अनलाइन सरुवा प्रणाली : रैथाने कर्मचारी चलाउने हिम्मत गरेन,अपाङ्ग कर्मचारीलाई पठायो स्थानीय तह

इन्जिनियर,लेखा अधिकृत र सब इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यी सचिव,जस्लाई प्रदेश झर्नु परेन

बिशेष