बांके प्रशासनद्वारा चिट चोराउने पृन्सिपल र शिक्षकलाई जनही ६०/६० हजार धरौटिमा रिहा

२०८० चैत्र १४ गते देखि संचालन भएको नियमित तर्फको एसीई परीक्षा समाप्त भैसकेको छ भने ग्रेड बृद्वी तर्फको परीक्षा संचालन भैरहेको छ ।

बिज्ञापन

यसै क्रममा चैत्र २० गते संचालन भएको बिज्ञान तथा प्रबिधि बिषयको ज्ञानोदय बिद्या निकेतन नेपालगन्ज -२ केन्द्रमा संचालन भैरहेको परिक्षामा आफ्ना विद्यार्थीहरुलाई ह्ट एप्स ग्रुप बनाई मोबाईल मार्फत प्रश्न पत्र आउट गराउने र चिट चोराउने कार्यमा संलग्न लोटस इंग्लिश मिडियम हाई स्कुलका पृन्सीपल तपन शर्मा र पार्ट टायम शिक्षक मोहमद अल्ताफ खानलाई पक्राउ गरि अनुसंधान शुरु गरिको थियो ।

बिज्ञापन

त्यसै दिन प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई आएको दोस्रो गोप्य सुराकिको आधारमा अर्को एक “एवान कन्सल्टेन्सी”मा समेत छापा मारी ३ जनालाई नियन्त्रणमा लिइ अनुसंधान शुरु भएको थियो। उनिहरुले पनि मोबाइलमा प्रश्न पत्र आउट गराउने र त्यस्को उत्तर तयार गरि पठाउने धन्दा गरिरहेका थिए ।उक्त कन्सल्टेन्सिबाट ईरफान अलि मिकरानी , संतोष नेपाली र दिलिप बि.क. लाई नियन्त्रणमा लिइएको थियो ।

परिक्षाको मर्यादा बिपरितका गतिबिधिमा संलग्न ५ जनालाई नै प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरेको थियो । त्यस मध्ये एक नावालक भएकोले बाल ईजलासमा पेश भएको छ । बांकी ४ जनालाई आज चैत्र २७ गते शिक्षा ऐन बमोजिम परिक्षाको मर्यादा बिपरितको कसुर र सजायको माग दाबि सहित प्रशासन समक्ष पेश भएकोमा प्रजिअ पोखरेलको आदेशले पृन्सिपल र शिक्षक दुवैलाई जनही रु ६०/६० हजार र कन्सल्टेन्सिमा फेला परेका २ जनालाई जनही रु ३०/३० हजार धौरौटिमा छाडेको छ ।

बिज्ञापन

हाललाई ५ जनालाई नै धरौटीमा छाडने निर्णय भएको हो , थप प्रमाण बुझी फसैला भने पछि नै हुने प्रजिअ पोखरेलले बताउनु भयो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मुख्य सचिवको निर्देशन बेवास्ता: रेग्मी–खड्काको सरुवा बजार खुला, कर्मचारीहरू दबाबमा

अर्थसचिव देखि अर्थ मन्त्री सम्म यस्तो छ रामेश्वरको लोभलाग्दो विगत

४ सय ४१ साना गाडी, ६०१ मोटरसाइकल जलेर नष्ट, अरबौंको क्षति

डण्डुराज घिमिरे सचिवमा बढुवा

चाडपर्व लक्षित १५३ सहुलियत पसल सञ्चालन, आपूर्ति सहज बनाउन मन्त्रालयको प्रतिवद्धता

नागरिक सरकार र कर्मचारीतन्त्रको भविष्य

कर्मचारीलाई मन्त्री खनालले भने- ‘व्यक्तिगत काम लिएर साँझ बिहान मेरो घर नआउनू’

काठमाडौं सडक डिभिजन : भण्डारीको नेतृत्वमा मर्मतदेखि आधुनिक आयोजनासम्म

बिशेष