आफूलाई सलाम नगरेको भन्दै सिंहदरबारभित्र हवल्दारले जवान कुटेपछि..

सिंहदरबारमा आफूलाई सलाम नगरेको भन्दै वरिष्ठ हवल्दारले जवानलाई झापड हानेका छन् । अर्थमन्त्री वर्षमान पुनका चालक वरिष्ठ हवल्दार उज्वल भण्डारीले जवान सुन्दर सिंहलाई दुर्व्यवहार गरेका हुन् ।

बिज्ञापन

दुर्व्यवहारमा पर्ने जवान सिंहदरबार सुरक्षा गणमा कार्यरत छन् । उनी गणका प्रमुख एसपी सन्तोष तामाङका व्यक्तिगत सुरक्षा अधिकृत हुन् । हवल्दार उज्ज्वल भण्डारीले जवान सुन्दर सिंहलाई मलाई किन सलाम गर्दैनस् ? भन्दै गाला रातो हुनेगरी आज बिहान करिब साढे १० बजेको समयमा थप्पड हानेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

बिज्ञापन

सलाम नगरेको आरोपमा सिंहलाई वरिष्ठ हवल्दारले दुर्व्यवहार गरेको एकजना प्रत्यक्ष दर्शीले बताए । उक्त घटनालाई गोप्य रूपमा राख्न खोजिएको छ।कुट्ने भण्डारी र कुटाइ खाने सिंह दुवैजना बझाङ घर भएका र पहिलेदेखि नै हवल्दारले जवानलाई हेप्ने गरेको बताइएको छ ।

प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा सेवा निर्देशनालयबाट खटिएका वरिष्ठ हवल्दारविरुद्ध जवानले प्रतिवेदन दिँदै छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

अर्काे सहसचिवले पनि दिए राजीनामा

उपत्यकाको ९ पालिका प्रमुखसहित ३५ उपसचिवको सरुवा

३५ उपसचिवको सरुवा : मन्त्रालयको सचिवालय हाबी भएको आरोप, सचिवलाई नै गुमराहामा राखिएको दाबी

अनलाइन सरुवा प्रणाली : रैथाने कर्मचारी चलाउने हिम्मत गरेन,अपाङ्ग कर्मचारीलाई पठायो स्थानीय तह

इन्जिनियर,लेखा अधिकृत र सब इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यी सचिव,जस्लाई प्रदेश झर्नु परेन

उद्योगमा तामाङ, प्रधानमन्त्री कार्यालय पुगे दुवाडी

बिशेष