हिमालतिर विदेशीका पछि लाग्नेको हुल

हिमाल आरोहणका लागि नेपाल आउने पर्यटकको संख्या घटेको घट्यै छ, तर दशैँको मुखमा लियाजो अफिसर (सम्पर्क अधिकृत) बनेर जानका लागि तालिममा पठाइदिनुपर्‍यो भन्ने कर्मचारीको संख्याचाहिँ बढेको बढ्यै ।

बिज्ञापन

यस बर्ष हिमाल सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजंघा, धौलागिरी, ल्होत्से अमादब्लम, जुगललगायत हिमाल आरोहणका ३६ आरोही समूहका ७४ महिला र दुई सय ६० पुरुष गरी कुल तीन सय ३४ आरोहण अनुमति लिएका छन्।

बिज्ञापन

सगरमाथापछि सबैभन्दा बढी आमादब्लम हिमालमा चार आरोही समूहका ३८ जनाले अनुमति पाएका छन्। यस्तै ल्होत्से हिमालका चार आरोही समूहका ४५ जनाले अनुमति लिएका छन्। अन्नपूर्ण हिमाल आरोहणका लागि तीन आरोही समूहका २५ जनाले अनुमति लिएको विभागले जनाएको छ। जबकी अघिल्लो आर्थिक बर्षको यही समयमा ४७८ आरोहीले आरोहण अनुमति लिएका थिए ।

हिमाल आरोहण गर्ने मौसम शुरु भएसँगै लिआजो अफिसर बनेर जानका कर्मचारी ट्रेड युनियनका नेताहरु लष्कर लाग्ने गर्दछ । यस्का अलवा मन्त्री, सचिवदेखि ट्रेड युनियनको आडमा हिमाल गएर आधार शिविरसम्म नपुगी फर्कने रोग उस्तै छ । अघिल्लो आर्थिक वर्ष ११५ जना अफिसर गएमध्ये केही त बीचबाटै फर्किएका थिए । स्वयं पर्यटनमन्त्री सुदन किरातीको निजी सचिव डा डिजन भट्टराई हेलिकप्टर चढेर आधार शिविरसम्म पुगे र मोडलिङ गरेर फर्किए । तलबाट पर्यटकको उच्छृंखल गतिविधि रोक्न नसकेको गुनासो विभागदेखि मन्त्रालयसम्म पुग्यो तर मन्त्रीकै स्वकीयलाई छुने, कारबाही गर्ने कसैले हिम्मत गरेनन । उनी पर्यटनबाट सरुवा भएर पछि गृहमन्त्री नारायणकाजी श्रेष्ठकोमा पुगे । अहिले गृहमै लन्ठिरहेका छन् ।

बिज्ञापन

सम्पर्क अधिकृत आधार शिविर नगएको भेटिएमा पर्यटन ऐन, २०३५ को दफा २० र पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ९ बमोजिम कारबाही हुने व्यवस्था छ । विभागलाई खटाएको स्थानमा पुगेको कागजात, फोटो भिडियो बुझाउनुपर्छ पनि भनिएको छ । कुनै पनि विदेशीले आरोहण गरेको वा नगरेको प्रमाणित गर्ने अधिकार जियाजो अफिसरलाई हुन्छ । सरकारले ६ हजार पाँच सय मिटरभन्दा माथिका हिमाल आरोहरणमा जाने समूहमा एकजना सरकारी कर्मचारी सम्पर्क अधिकारीका रूपमा जानुपर्ने कानुनी व्यवस्था गरेको छ । अधिकांश लियोजन अफिसर बिरामी भएको जानकारी गराएर बीचबाटो बाटै फर्किएर ३ लाख रकम झ्वाम पार्दै आइरहेका छन् ।

यस पटक यस्तो विकृतीमा चक्रबहादुर बूढाले लगाम लगाउन सक्छन् वा सक्दैनन्,हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

खाजा – खानामै पालिकाले खर्चियो ८० लाख,इ रिक्सा अनुगमनमा सात लाख

‘मेरिट’को आश्वासन, पूराना सत्ताबाट लाभ लिएकाहरुकै गज्जबको दौडधूप

तल्ला तहका कर्मचारीलाई स्पष्टीकरणदेखि निलम्बन,सहसचिवलाई संरक्षण

मन्त्रीका लागि मागिएको एनटीएनसीको गाडी कहाँ पुग्यो ? मन्त्रालयको अभिलेखमै छैन, प्रयोगकर्ताबारे पनि अन्योल

सामान्यका दुई कर्मचारी बर्खास्त,अध्ययन बिदामा विदेश हराउनेको खोजी तिव्र

कर्मचारीहरू कोही बिदा बस्दै, केही राजीनामा दिँदै

निजामती विद्येयकमा ३०- ५५ प्रावधानबारे सांसदको प्रश्न,मन्त्रीको अस्पष्ट जबाफ

शाखा अधिकृत,सब इन्जिनियर,लेखापालसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष