बजेटमा क्षेत्रीय सन्तुलन कायम गर्ने उद्योगमन्त्रीको प्रतिबद्धता

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले आगामी बजेट विनियोजनमा क्षेत्रीय सन्तुलन कायमका लागि पहल गर्ने बताएका छन् ।

बिज्ञापन

काठमाडौंमा सोमबार सुदुरपश्चीमाञ्चल सरोकार मञ्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सुदूरपश्चिममा ६–७ प्रतिशतभन्दा बढी बजेट लैजान नसकेको भन्दै आफैं सरकारमा पनि रहेकाले आगामी बजेटमा क्षेत्रीय सन्तुलनका लागि सक्दो पहल गर्ने बताए ।

बिज्ञापन

उनले भने,‘अघिल्ला वर्षहरुको तुलना यो वर्ष हामीले ६–७ प्रतिशतभन्दा बढी विकास वा बजेट सुदूरपश्चिममा लान सकेका छैनौं । कुनै समय त्योभन्दा अलि बढी पनि भयो होला तर समग्रमा सन्तुलन अहिले पनि कायम भएको छैन् । मेरो भूमिका अहिले सरकारमा सामेल भइरहँदा मन्त्रिपरिषद्मा कम्तिमा पनि सरकारले अब ल्याउने बजेटमा क्षेत्रीय सन्तुलन कायम हुने कुरामा मैले विशेष पहल गर्नेछु ।’

सरोकारवाला व्यवसायीको साथ सहयोगमा विदेशिएका नेपालीलाई स्वदेशमै ल्याइ रोजगारी दिन तथा आयात न्यूनीकरणसहित निर्यात वृद्धिका पक्षमा आवश्यक नियम कानुन आवश्यक रहेको पनि उनले बताए।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कानुनविपरीत गृहजिल्लाको सिडिओ बनेकी स्किमको चुरीफुरी

सहरीमा बेमौसमी सरुवा

कुलिङ पिरियडका कारण प्रधानमन्त्रीबाट हप्की खाएका मन्त्री भन्छन्,निजामती विद्येयकमा ‘कमा र फुलस्टप’ पनि परिवर्तन हुँदैन

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव अख्तियारको नियन्त्रणमा, योजना र ठेक्का प्रक्रियामा अनियमितताको आरोप

इजरायलस्थित नेपालीहरूको सुरक्षामा सहयोग गर्ने इजरायली प्रतिबद्धता : वैदेशिक रोजगार विभाग र इजरायली राजदूतबीच वार्ता

उपसचिव र नासु अख्तियारको नियन्त्रणमा

सेवा निबृत्त कर्मचारीको माग पुरा गर्न पेशागत महासंघको आग्रह

बिशेष