लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर

सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदरकुमार न्यौपाने दोषी ठहर भएका छन् ।विशेष अदालतका अध्यक्षसमेत रहेका टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले आइतबार ९ जना आरोपीमध्ये न्यौपानेबाहेक ८ जनालाई भने सफाइ दिएको छ ।

बिज्ञापन

विशेषले सफाइ दिएकाहरुमा कलेजका सञ्चालहरु रामरत्न उपाध्याय, लवराज भट्टराई, हरिप्रसाद पाण्डे, प्रेमाकुमारी केसी, ईल्या दीक्षित भट्टराई, उषा न्यौपाने, इन्दिरा उपाध्याय र उपेन्द्र गौतम रहेका छन् । न्यौपानेसहित कलेजका तत्कालीन सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोप थियो ।

बिज्ञापन

न्यौपाने नेपाल इन्‍जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ म‌ंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीलाई विश्वास गर्दा मुलुक विग्रियो रे ?

१०८ कर्मचारीहरूको सरुवा

सेवा होइन, सास्ती दिने कार्यालय:-अनियमितताको दलदलमा कम्पनी रजिस्ट्रार

१ मिनेटमै सकियो महानगरपालिकाको बैठक : २५ अर्वको बजेट आइतबार

निर्देशक,लेखा अधिकृतसहित ७ विरुद्ध भ्रष्टाचार मुद्धा

कारागारबाट १२७ दिनमा थुनामुक्त भए ‘लोकसेवा गुरु’,अर्काे तारेख साउन १२ मा

परियारलाई सभापति बनाएपछि पारित भयो कार्यविधि,आज बन्दैछ कार्यतालिका

सेवाग्राहीसँग घुस लिएको अभियोगमा यातायात प्रमुखलाई कालोमोसो

बिशेष