सुनसरीका पाँचवटा पालिकामा कर्फ्यु जारी 

विराटनगर । सुनसरीको भुटाहा क्षेत्र अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँचवटा पालिकामा कर्फ्यु जारी गरेको छ ।

बिज्ञापन

शुक्रबार ५ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी भएको हो । सदरमुकाम रहेको इनरुवा नगरपालिकासहित हरिनगरा, कोशी, भोक्राहा र नरसिंह गाउँपालिकामा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो।

बिज्ञापन

कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुयाँलले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि पाँच पालिकामा कर्फ्यु लगाइएको हो ।

एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका– १ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच झडप भएको भएपछि प्रहरीले ५१ राउण्ड हवाई फायर गर्नुपरेको थियो । भुटाहामा अघिल्लो दिन हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेका थिए ।

बिज्ञापन

अवस्था नियन्त्रण बाहिर जाने देखेपछि सुरक्षा समितिको आपतकालीन बैठकले कर्फ्यु लगाउने विषयमा छलफल भएको थियो । त्यसपछि सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञा समेत तोड्न थालिएपछि प्रहरीले केही अश्रुग्यास र हवाई फायर गरेको थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

समानुपातिकतर्फ ७ लाख मतगणना हुँदा आधा रास्वपालाई

जमानत जोगाउन नसकेकी अभिनेत्री फर्किइन सिनेमामै

ओलीको लज्जास्पद् हार : झण्डै ५० हजार मतान्तरले हराउँदै विजयी भए बालेन

यी हुन प्रतिनिधि सभामा निर्वाचित ६१ सदस्य (सूची)

संसदमा ६ दलको मात्र प्रतिनिधित्व हुने संकेत

अछाम–१ मा भीम रावल ५२६ मतले पराजित, २६ वर्षपछि काँग्रेसको कमब्याक

एमालेभित्र असन्तुष्टि: शंकरलाई उषाकिरण तिमल्सिनाको ‘राजीनामा दिएर स्टाटस लेख्नुपर्ने’ टिप्पणी

सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल विजयी

बिशेष