‘ट्रेड युनियन राइटको सम्बन्धमा पुर्न विचार गर्नुपर्दछ’

रघुजी पन्त
प्रत्येक मन्त्री मन्त्रालयमा जाँदा सचिव परिवर्तन गर्दछ । विद्येयकको दफा १३१ मा ट्रेड युनियन राइट्सको कुरा छ । रोष्टमबाट प्रधानमन्त्रीलाई भन्दछु,एउटामात्र आधिकारिक ट्रेड युनियन राखे पुग्छ । केन्द्रमा मात्र होइन प्रदेशमा पनि जाने भयो । नयाँ राजनीतिक दल आएको खण्डमा उस्ले आफू निकटका कर्मचारी ट्रेड युनियन राख्छ । यस्ले कर्मचारीलाई कुन हदमा विभाजन गर्दछ ?

बिज्ञापन

मुलुकको पूँजीगत खर्च किन हुँदैन ? राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा विभाजित छ । न त राजनीतिक नेतृत्वले कर्मचारीलाई विश्वास गर्दछ न त कर्मचारीतन्त्रले राजनीतिक नेतृत्वलाई विश्वास गर्दछ । यस्को मुख्य कारण दलैपिच्छेको ट्रेड युनियन हो । दलपिच्छेका ट्रेड युनियन हटाउन प्रधानमन्त्रीले पहल लिनुपर्‍यो । नेता त्यो हो जसले आफ्नो मात्र हित हेर्दैन, राष्ट्रको हित हेर्छ । यो आँट कुनै एक दल एमाले, कांग्रेस, माओवादीले गरेर वा चाहेर हुँदैन । प्रधानमन्त्रीले पहल गर्नुपर्छ ।

बिज्ञापन

कुनै न कुनै तहमा हामी शासनमा सहभागी भएको छौं । हाम्रो अनुभव,जनताको अनुभवले भन्दछ कि, अति राजनीतिककरणले नेपालको कर्मचारीतन्त्र आक्रान्त छ । तर,हामी कसैसँग पनि आँट छैन । यो विद्येयक पढ्दा पनि त्यो आँट देखिएन । सबै दलका शीर्ष नेताहरुलाई यो विद्येयक पास गर्नु अगाडि ट्रेड युनियन राइटको सम्बन्धमा पुर्न विचार गर्नुपर्दछ । म यहाँबाट बाहिर निस्कदा मेरै दलका साथीहरुले गाली गर्लान । तर कसै न कसैले गाली खान तयार हुनुपर्दछ । राष्ट्रको मुख हेरौं,सांसदहरुले यो कुरा ध्यान राखौं ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष