‘सहसचिवको पदपूर्ति प्रस्तावमा विमति,अवकाश लगतै नियुक्ति रोक्न कुलिड पिरियड’

योगेश कुमार भट्टराई
संघीय निजामती सेवा विद्येयक धेरै पहिले नै आउनुपर्दथ्यो । ढिलै भए पनि अहिले विद्येयक प्रस्तुत गर्नुभएको छ । यस्का लागि माननीय मन्त्रीज्यूलाई धन्यावाद । यो विद्येयकलाई सिंगो संसदले आफ्नो दलभन्दा माथि उठेर पारित गर्नुपर्दछ । त्यो पनि निजामतीलाई व्यवस्थित,पारदर्शी,जबाफदेही बनाउनेमा केन्द्रित रहेर ।
कर्मचारीहरुमा ट्रेड युनियनको अधिकार दिइएको छ । यो विगतमा अर्काे कुनै सन्र्दभमा दिइएको थियो होला । यस्लाई अलि बढी अधिकारवादी र अर्थबादी बनायौं । ट्रेड युनियनहरु परिणाम दिने ढंगले काम गर्नुपर्दछ । लाखौं कर्मचारीले इमान्दार ढंगले काम गर्ने हो भने मुलुक परिवर्तन सम्भव छ ।

बिज्ञापन

यस्तै सहसचिवमा खुल्ला प्रतिष्प्रर्धा १० प्रतिशतमात्र राखिएको देखियो । यो मिलेको छैन । राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)को पदपूर्ति गर्दा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट, १० प्रतिशत अन्तर तह प्रतिस्पर्धाबाट र बाँकी ८० प्रतिशत बढुवाबाट गर्ने प्रस्ताव गरेको छ।यस्लाई फराकिलो बनाउनु पर्दछ ।

बिज्ञापन

यस्तै सह सचिव वा सचिव पदबाट अवकाश पछि संवैद्यानिक अंगमा जाने परिपाटी छ त्यसलाई मिलाउनु पर्दछ । कम्तिमा कुलिड पिरियड २ बर्षको राखिनुपर्दछ । यस्तै अवकाश अघि वा पछि विदेशी संस्थामा काम गर्दछ भने निषेध गर्नुपर्दछ । किनकी यसबाट सूचनाहरुको चुहावट हुन्छ ।

यस्तै उमेर हदको सवालमा हाम्रो औषध आयू बढेको कारण उमेर हद पनि ५८ बाट बढाउनुपर्दछ । तल्ला तहका कर्मचारीलाई आत्मसम्मान बढाउनेतिर विद्येयकले ध्यान दिनुपर्दछ ।
तीन तहका सरकारलाई कसरी प्रभावकारी बनाउने । कतिपय कुरा संविधान अनुसार मिलेको छैन । त्यसलाई संविधान अनुसार बनाउनेतिर ध्यान दिऔं ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष