बुवाकाे दाहसंस्कार गरेर फर्किँदै गरेका छाेरा त्रिशुलीमा खसेर मृत्यु

काठमाडौं । शनिबार बिहानमा यात्रुवाहक ट्याक्सी त्रिशुलीमा खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको परिचय खुलेको छ । दुर्घटनामा पर्नेमा गोरखाको रोका परिवार र उनका आफन्त रहेका छन् ।

बिज्ञापन

काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा खसेको थियो ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय चितवनले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको जनाएको छ ।

मृत्यु हुनेमा ७० वर्षीय जुनमाया रोका, उनकी जेठी छोरी हरिमाया रोका(उपरकोटी),हरिमायाको छोरा आगमन उपरकोटी, जुनमायाको कान्छी छोरी अन्जना रोका, माइला ज्वाई ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल रहेका छन् । हरिमायाका नाती दिवस रोका भने बेपत्ता छन् ।

बिज्ञापन

गोरखा नगरपालिका ७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठका अनुसार मृतक एकै परिवारका आफन्त हुन । उनीहरु जुनमाया रोकाका छोरा ३९ वर्षीय शंकर रोकाको शुक्रबार राती पशुपतिमा अन्त्यष्टि गरेर शनिबार बिहान घर फर्कर्ने क्रममा दुर्घटनामा परेका हुन् ।

‘जुनमायाको छोरा शंकरजीको हिजो काठमाडौंम मृत्यु भएकाले उहाँहरु (मृतक शंकरका आमा,छोरा,दिदी बहिनी, ज्वाईं, भान्जा सबै पशुपतिमा अन्त्यष्टि सकाएर आज घर फर्किदै गर्दा दुर्घटनामा पर्नुभएछ । शंकरजीलाई क्यान्सर थियो भन्ने सुनेको छु, रोका परिवारमा ठूलो आपत आएको छ’ वडाध्यक्ष श्रेष्ठले भने ।

मृतक रोका परिवार र आफन्त शंकरको अन्तिम संस्कार सकेर माइक्रो र ट्याक्सीमा शनिबार घर फर्किँदै थिए । शंकरको श्रीमती भने अर्कै गाडीमा बसेकाले दुर्घटनाबाट जोगिएको श्रेष्ठले जानकारी दिए ।

दुर्घटना भएको थाहा पाउनासाथ आफू दुर्घटना स्थालमा पुगेको बताएका वडाअध्यक्ष श्रेष्ठले मृतक परिवार रोकाया नभएर रोका भएको पुष्टि गरेका छन् ।

सञ्चारमाध्यममा मृतकको रोका परिवारको (रोकाया) भनेर सूचना संप्रेषण भएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सबैभन्दा धेरै कमाइ हुने कार्यालय : पहिलो सञ्चय कोष, दोश्रो उड्डयन प्राधिकरण

वीरगञ्जमा ‘छुट–जग्गा सेटिङ’ काण्ड : सर्भेक्षक र सहयोगी १ लाख घुससहित रंगेहात समातिए

नापी सर्भेक्षक र कार्यालय सहयोगी १ लाख घुससहित पक्राउ

पञ्जीकरण विभागको वेबसाइट ह्याकरमुक्त, डेटा सुरक्षित

सुरेन्द्रले छाडेको ठाउँमा कँडेल,आजै शपथ

राहादनी विभागबाट ८ विचौलिया पक्राउ,कर्मचारीसँगको नेक्सस खोज्दै प्रहरी

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र छोड्‌न अल्टिमेटम दिँदै ‘ह्याकर’ले गरे पञ्जीकरण विभागको वेबसाइट ह्याक

दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक, नियुक्तिबारे समेत निर्णय हुने संकेत

बिशेष