निजामती कर्मचारीको शिर झुक्ने गरी ऐन पारित हुँदैन : उपसभापति खड्का 

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निजामती कर्मचारीहरुको शिर झुक्ने गरी नेपाल निजामती सेवा ऐन पारित नहुने बताएका छन् ।

बिज्ञापन

नेपाल निजामती कर्मचारी यूनियनद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा पुगेको ऐनलाई सबै तहका कर्मचारीको सेवा, सुविधा, वृत्ति विकासको सुनिश्चित हुने गरी मात्रै ऐन पारित हुने बताए ।

बिज्ञापन

‘ट्रेड युनियन अधिकारलाई सुनिश्चित गर्दै कर्मचारीको हितमा ऐनलाई व्यवहारिक बनाउन पार्टीको तर्फबाट कुनै कसर रहने छैन,’ उनले भने, ‘यसको लागि कर्मचारी संगठनहरूले पनि आवश्यक पहल गर्नुपर्छ ।’

संसद्‌को ठूलो दलको हैसियतले अन्य दलसँग समेत समन्वय गर्दै छिटोभन्दा छिटो ऐन पारित गर्न भूमिका खेल्ने उनको भनाइ छ । ‘यही अधिवेशनबाट ऐन पारित नभए निजामती ऐनको भविष्य अन्योलमा पर्नेछ,’ उपसभापति खड्काले भने, ‘म संसद्को ठूलो दलको हिसावले नेपाली कांग्रेसले सबै कर्मचारीहरुको सेवा सुविधा र वृत्ति विकासको सुनिश्चित हुने गरी विधेयक पास गर्ने कुरामा प्रतिवद्धता व्यक्त गर्दछु।’

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

७२ कम्युटर अपरेटरहरुको सरुवा : १८ लाई गृह,२२ भूमि व्यवस्था तथा अभिलेख विभाग

अन्तर्वार्ताको सूचीबाट हटाइए उपसचिवका तीन उमेद्धार

कुमारी बैंकका अध्यक्ष र माननीय विदूषीविरुद्ध अंश मुद्धा दायर

२५ उपसचिवको सरुवा : १३ लाई प्रमुख प्रशासकीय अधिकृत,पाँच भित्रिए सिंहदरबार

२५ उपसचिवको सरुवा, अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सचिव बढुवाका लागि सहसचिव कुँवरको एकल नाम सिफारिस

जासुसको सर्टिफिकेट नै नक्कली,अख्तियारले हाल्यो मुद्धा

प्रशासनिक संयन्त्रप्रति मन्त्रीको आक्रोश : ‘कर्मचारीले मलाई टेरेनन्, केही गर्न सकिन’

बिशेष