यी ५ जनाले लेख्दैछन् झण्डै १९ खर्बको बजेट

बजेटको आकार ठूलो बनाउने र खर्च गर्न नसक्ने रोग पूरानै हो । चालु आर्थिक बर्षमा प्रकाशशरण महतले १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेका थिए तर ६ महिना बित्दा समेत लक्ष्य अनुसार खर्च गर्न नसक्दा बजेट संशोधन गरी १५ खर्ब ३० अर्ब रुपैयाँमात्रै खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेका थिए ।

बिज्ञापन

विगतका यी अभ्यासबाट पाठ सिक्नुपर्ने हो तर अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी सुरु गरेका छन् ।

बिज्ञापन

यसैबीच अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक बर्षका लागि बजेट लेखनका लागि ५ सदस्यीय लेखन समिति बनाएका छन् । मन्त्री पुनले अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता धनीराम शर्माको नेतृत्वमा बजेट टोली बनाएका हुन् । समितिमा रितेशकुमार शाक्य, महेश आचार्य, इश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।शर्मा, शाक्य, अर्याल र आर्चायद्वय अर्थमन्त्रालयमा कार्यरत छन् । पार्वती आन्तरिक राजश्व कार्यालयमा उपमहानिर्देशक छन् ।

समितिका संयोजक शर्माले शनिबार बैठक बसेर काम थाल्ने जनाएका छन् । विषयगत मन्त्रालयहरुसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने शर्माको भनाई छ ।

बिज्ञापन

संविधानमा जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गृहले खटायो नयाँ विभागमा महानिर्देशक,१३ दरबन्दी स्वीकृत

नेपालको योगदान र जलवायु भार

“निजामती सेवाबाट नागरिक सेवातर्फ: वेबरियन ढाँचाको असान्दर्भिकता र नयाँ सोच”

आज राष्ट्रिय शोक

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

सिडियोलाई गृहको परिपत्र: ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

भोटेकोशी बाढी : ७१ कर्मचारी ६८ सुरक्षाकर्मी वेपत्ता

बिशेष