यी ५ जनाले लेख्दैछन् झण्डै १९ खर्बको बजेट

बजेटको आकार ठूलो बनाउने र खर्च गर्न नसक्ने रोग पूरानै हो । चालु आर्थिक बर्षमा प्रकाशशरण महतले १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेका थिए तर ६ महिना बित्दा समेत लक्ष्य अनुसार खर्च गर्न नसक्दा बजेट संशोधन गरी १५ खर्ब ३० अर्ब रुपैयाँमात्रै खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेका थिए ।

बिज्ञापन

विगतका यी अभ्यासबाट पाठ सिक्नुपर्ने हो तर अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी सुरु गरेका छन् ।

बिज्ञापन

यसैबीच अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक बर्षका लागि बजेट लेखनका लागि ५ सदस्यीय लेखन समिति बनाएका छन् । मन्त्री पुनले अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता धनीराम शर्माको नेतृत्वमा बजेट टोली बनाएका हुन् । समितिमा रितेशकुमार शाक्य, महेश आचार्य, इश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।शर्मा, शाक्य, अर्याल र आर्चायद्वय अर्थमन्त्रालयमा कार्यरत छन् । पार्वती आन्तरिक राजश्व कार्यालयमा उपमहानिर्देशक छन् ।

समितिका संयोजक शर्माले शनिबार बैठक बसेर काम थाल्ने जनाएका छन् । विषयगत मन्त्रालयहरुसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने शर्माको भनाई छ ।

बिज्ञापन

संविधानमा जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन जगेडामा रहेका ३६ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

यी ६ कारणले स्थगित भयो उपसचिवको परीक्षा

उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित

‘घुस्याहा अड्डा’बाट सरुवा भएका दुई मालपोत प्रमुख पुगे प्रशासकीय अदालत

नवौं तहका १६ कर्मचारीहरुको सरुवा,फेरिए यातायात र उद्योग कार्यालयका प्रमुखहरु

करार सेवाका कर्मचारीलाई बोक्ने स्थायीलाई छेक्ने,सचिवज्यू, यही हो त सुशासन ?

इपीएस परीक्षा पास गरेकाहरुको पक्षमा श्रम मन्त्रालयले गर्‍यो यस्तो निर्णय

“घर… एक सपना” अब DishHomeGO OTT एपमा, भोलिबाट सुरु स्ट्रिमिङ

बिशेष