सहसचिव नेतृत्वको समितिले प्रसाईका अंगरक्षकले बोकेको हतियारको छानबिन गर्ने

 

बिज्ञापन

दुर्गा प्रसाईंका अंगरक्षकले हतियार बोकेर हिँडेको विषयमा छानबिन गर्न गृह मन्त्रालयले सह सचिवको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

बिज्ञापन

गृहले सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा बनाएको चार सदस्यीय समितिमा गृहकै  उपसचिव ऋषि पौडेल र प्रहरी उपरीक्षक सन्तोष भट्टराईका अलवा  गृहका उपसचिव एकदेव अधिकारी सदस्यसचिव छन् ।समितिलाई  १५ दिनभित्र प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ

गत चैत ५ गते सर्वोच्च अदालत परिसरबाट प्रसाईंका अंगरक्षकद्वय दीपक खड्का र राजकुमार धिताल पक्राउ परेका थिए । त्यसबारे छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलले आदेश गरेका थिए ।

बिज्ञापन

 

छानबिन समितिलाई यस्तो छ कार्यादेश–

१. जिल्ला प्रशासन कार्यालय, झापाबाट मिति २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईंको नाममा इजाजतपत्र नम्बर १०१३१ मा जारी भएको २२ बोर ए३५४७५२ नम्बरको हतियारको इजाजतपत्र तथा सोको नवीकरण सम्बन्धमा छानबिन गरी दोषीउपर कारबाहीको सिफारिस गर्ने,

२. व्यक्तिगत रूपमा इजाजतपत्र प्राप्त गरेका हातहतियारको प्रयोग सम्बन्धमा मापदण्ड निर्धारण गर्ने,

३. हातहतियार नवीकरण सम्बन्धमा भएको कानुनी व्यवस्था र अभ्यासको विश्लेषण गरी हातहतियार खरखजानासम्बन्धी ऐन र सोसँग सम्बन्धित प्रचलित कानुनमा गर्नुपर्ने सुधारका विषयहरू पहिचान गर्ने,

४. इजाजत प्राप्त हातहतियार, खरखजानाको दुरुपयोग रोक्न सोको अनुगमन, नियमन र नियन्त्रणका सम्बन्धमा गरिएको अभ्यासको समीक्षा गर्ने,

५. हतियारको अभिलेख व्यवस्थापन र नियमन सम्बन्धमा उपयुक्त ढाँचा पहिचान गर्ने,

६. माथि क्र. सं. १ देखि ४ सम्म उल्लेखित विषयहरू समेटी रायसुझावसहितको प्रतिवेदन पेस गर्ने ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सूर्यविनायकमै कर सेवा विस्तार: अब प्यानदेखि भ्याटसम्म नगरपालिकाबाटै सुविधा

नासुदेखि पूर्व प्रधानमन्त्रीसम्मको सम्पत्ति छानबिन हुँदै

सरुवामा असन्तुष्टि: बुढीगंगाका प्रमुख प्रशासकीय अधिकृतले दिए राजीनामा

बर्खाअघि नै भत्किएका सडक : जुम्लामा डिभिजन कार्यालय मौन, ठेकेदार हावी

खरिदार,नासु,शाखा अधिकृत,उपसचिवसहित ६९ कर्मचारीको सरुवा

अध्यादेशको हलचल : कानुनी परामर्शमा राष्ट्रपति

अब कर्मचारीको बढुवा कार्य मूल्यांकन सूचकका आधारमा हुने

घरमै राहदानी: बैतडीमा घरदैलो सेवा सुरु, सेवाग्राहीलाई ठूलो राहत

बिशेष