राधेराधेमा हाकिमको बस्नेतवाद :-पात्र क्यानाडामा, खेताला परीक्षामा

ट्रायल दिने मान्छे क्यानाडामा छ । यहाँ खेतालाले परीक्षा दिन्छ र लाइसेन्स हात पार्छ । यस्तो रमिता देख्न पाइन्छ यातायात कार्यालय राधेराधेमा ।

बिज्ञापन

यातायात कार्यालय राधेराधेमा हाकिम दण्डबहादुर बस्नेतको बस्नेतवाद जारी छ तिनै काजीहरुहरुको मिलेमतोमा सरकारी कार्यालयमा भएको गडबडीको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ ।आजीवन यातायातमै घुमेर जागिर खाएका अधिकृत छैटौंद्धय जीवन बस्नेत र विनोद बस्नेतहरु त्यहाँका हर्ताकर्ता कर्मचारी हुन । बस्नेतद्धय खोटाङका हुन । गाविस सचिवबाट जागिर प्रारम्भ गरेका तर छोटै समयमा आर्थिक रुपमा कुस्त कमाउन सफल भएका कर्मचारीका रुपमा चिनिन्छन् । मुलुकमा सुशासन कस्तो छ भन्ने कुरा बर्षौदेखि यातायात कार्यालयमा रजगज गर्दै आएका कर्मचारीबाट बोध गर्न सकिन्छ ।

बिज्ञापन

निजामती सेवालाई उत्तरदायी र सेवामूलक बनाउन ऐन र नियमावलीको आवश्यक्ता पर्दछ । उक्त ऐन आठ बर्षदेखि आउन सकेको छैन । पूरानो ऐन ०४९ को परिच्छेद ४ दफा १८ र नियमवाली २०५० को परिच्छेद ६ नियम ३६ मा कम्तिमा डेढ वा दुई बर्षमा सरुवा गर्ने प्रावधान छ । तर यातायात कार्यालयका ८० प्रतिशतभन्दा बढी कर्मचारीहरु आजिवन यातायातमै घुमिरहन्छन् । संयोगवश,अन्यन्त्र सरुवा भए पनि मालपोत,श्रम,अध्यामगनतिर दुई चार बर्ष चरेपछि पुन यातायातमै फर्कन्छन्,कारण स्पष्ट छ अकुत सम्पत्ति आर्जन । यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुले आफ्नो बपौतीजस्तो ठानी आजीवन यातायात त्यस्तै १५ बर्षदेखि जीवन कुमार बस्नेत विभिन्न यातायात कार्यालय घुमिरहेका छन् । पिएनदेखि जागिर शुरु गरेका विनोद बस्नेतले दश बर्षभन्दा बढी समय यातायात कार्यालयमै बिताइरहेका छन् । मेकानिलक इञ्जिनियर उत्तम बस्नेतले झण्डै दुई दशक यातायातमै बिताइसकेका छन् ।

त्यही कार्यालय नै कर्मचारीले कम र ट्रयाल सेन्टर सञ्चालकहरुले बढी चलाउने गर्दछन् भन्ने आरोपमात्र होइन कि प्रष्ट देखिएको छ । ट्रयाल दिने मान्छे क्यानडामा छ । यहाँ खेताला परीक्षार्थीले परीक्षा दिन्छ र लाइसेन्स हात पार्दछ । यस्तो गडबडीविरुद्ध उजुरी टंगालमा पुग्छ तर अख्तियारले छानबिनमा चासो नदिँदा बदमासी गर्नेहरुको हौसला झनै बढेको छ ।

बिज्ञापन

जस्तो गत २०८० असोज २३ गते बर्ग ‘बी’ को ट्रायल परीक्षा सि न १२२ का परीक्षार्थी क्यानडामा बसोबास गर्दै आएका छन् । उनको नाममा खेताला उमेद्धारले परीक्षा दिए र उत्र्तीण पनि भए । सिन २२१ को नक्कली परीक्षार्थी खडा गरी लाइसेन्स दिने काम तमाम पारियो । यस्का अलवा मृतकका नाममा समेत त्यहाँबाट लाइसेन्स इस्यु भइरहेको याताायातकै कर्मचारीहरु बताउँछन् ।

त्यहाँका कर्मचारीहरुले ट्रयाल सेन्टरसँगको मिलेमतोमा अनुत्र्तीण भएकालाई उत्र्तीण गराउने,खेताला लगाएर परीक्षा दिइ लाइसेन्स दिने धन्दा चलिरहेको बताइन्छ । यस्का अलवा ०८० माघको पहिलो शुक्रवार सि नं ४ का सेवाग्राहीलाई जे जे टुमा बायोमेट्रिक नगराई परीक्षा दिन लगाएको यातायातकै कर्मचारीहरुले बताउँदै हिडेका थिए । त्यहाँ हेभी गाडीमा उत्तीर्ण गराएबापत २० देखि ८० हजारसम्म असुल गरिन्छ । कारको १० हजार, बसको १५ हजार, बाइकमा आठ हजार उठाइँदै आएको छ ।

यस बिषयमा त्यहाँका हाकिम बस्नेतसँग कर्मचारी प्रेसले प्रतिक्रिया माग्दा अख्तियारमा उजुरी परेको बिषय अख्तियारले नै काम कारवाही अगाडि बढाउँला भन्दै तर्किए ।

सो कार्यालयमा दैनिक मोटरसाइकलका १५,ह्याभी गाडीका ५ देखि ७ सम्म खेताला उमेद्धारले परीक्षा दिने काम गर्दै आएको उजुरी अख्तियारसम्म पुगे पनि कारवाही प्रक्रिया अगाडि बढेको छैन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।