गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन्।

बिज्ञापन

कम्पनीको चैत्र १४ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी वैशाख १ गतेदेखि लागू हुने गरी उनी आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।

बिज्ञापन

व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंकमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रूपमा र विगत ११ वर्षदेखि नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन्।

उनी बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन/प्राध्यापन पेशामा संलग्न थिए।बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत मसान्तमा समाप्त हुने भएसँगै २०८१ वैशाख १ गतेदेखि रिक्त हुने प्रमुख कार्यकारी अधिकृत पदमा नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पासपोर्ट फ्रि ट्राभलको कार्यान्वयनको तयारी

आठ सहसचिवको सरुवा : तीनको अर्थमा इन्ट्री

परराष्ट्रमा वातावरण कूटनीतिक शाखा स्थापना,उपसचिवले कमाण्ड गर्ने

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

“संघीय निजामति सेवा विधेयक २०८३ : लोकतान्त्रीकरण, व्यवसायीकरण र सुशासनतर्फको नीतिगत प्रस्थान”

गृहको कप्र प्रमुखमा पन्थी, सिराहाको सीडीयो मन्त्रालय तानिए

उस्तै फौजदारी मुद्धामा प्रभुका सञ्चालक- सीईओलाई रोक,इन्भेष्टमेन्टलाई उन्मुक्ति

निजामतीमा ३०- ५५ को तरङ्ग : असार लागे यता ४१८ कर्मचारीको राजीनामा

बिशेष