इजरायलको कृषि क्षेत्रमा म्यानपावरबाट श्रमिक पठाउन रोक

सरकारले इजरायलको कृषि क्षेत्रमा मेनपावर कम्पनीहरूबाट कामदार पठाउने भर्ना प्रक्रिया स्थगित गरेको छ । इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा अध्ययन भइरहेको भन्दै म्यानपावर कम्पनीहरूबाट इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको हो ।

बिज्ञापन

नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौता अनरुप बीटूबी माध्यमबाट इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदारहरू पठाउँदै आइएको थियो । विभागले एक सूचना जारी गर्दै हाल बीटुबीको माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा मन्त्रालयबाट पुनरावलोकनका लागि समिति गठन भएर अध्ययन भइरहेको समेत प्रेस वक्तव्यमार्फत जानकारी दिएको छ ।

बिज्ञापन

बीटूबीको माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा मन्त्रालयबाट पुनरावलोकनका लागि समिति गठन भइ अध्ययन भइरहेको सन्दर्भमा हाल इजाजतपत्रवाला संस्थाहरुबाट इजरायलका लागि कामदार भर्ना प्रकृया स्थगित गरिएको छ विज्ञप्तिमा उल्लेख गरिएको छ । इजरायलका विभन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति, संस्था तथा समूहहरुले गैर कानूनी रुपमा प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना विभागमा प्राप्त भएकोले कृषि क्षेत्र तथा अन्य क्षेत्रका नाममा हुन सक्ने ठगीबाट सचेत रहन समेत विभागले अनुरोध गरेको छ ।

बिज्ञापन

 

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विज्ञान प्रविधि मन्त्रीको सल्लाहकारमा थापा

खाँडादेवी गाउँपालिकाका प्राविधिकहरूद्वारा सामूहिक राजीनामा

को बन्लान ३० औं मुख्य सचिव,यी हुन १० प्रवल दाबेदार

मन्त्रालयको सहजीकरण टोली असफल,२८ स्थानीय तहले ल्याउन सकेनन समयमा बजेट

बालेन सरकारले अब १५ दिनमै ६५ प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने

आठ विश्वविद्यालयले पाउँदैछन् नयाँ नेतृत्व

अनुभवी सचिवको खोजीमा मन्त्री

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

बिशेष