लगानी सम्मेलनका लागि खानी विभागको के- के छ तयारी ?

रामप्रसाद घिमिरे अहिले खानी तथा भूगर्भ विभागको महानिर्देशकको कुर्सीमा छन् । २८ बर्ष अघि निजामती सेवामा पाइला राखेका घिमिरे विगत ४ बर्षदेखि उनी विभागको महानिर्देशकको जिम्मेवारीमा छन् ।घिमिरे खानी तथा भूगर्भ क्षेत्रमा विज्ञ मानिन्छन् ।

बिज्ञापन

विभागले पछिल्ला दिनमा खनिज प्रबन्धन अन्तर्गत पहिलो चरणको खनिज प्रवर्द्धन कार्यका लागि ६ वटा खनिजहरुको सूचना मध्ये प्राप्त १ वटा प्रस्तावको मूल्याङ्कन सम्पन्न पश्चात सम्झौताको लागि पत्राचार गरेको जनाएको छ। यस्तै दोस्रो चरणको खनिज प्रवर्द्धन कार्यको लागि लगानी सम्मेलन पश्चात सूचना प्रकाशनको लागि तयारी अवस्थामा रहेको महानिर्देशक घिमिरे बनाउँछन् । खनिज अन्वेषण अन्तर्गत अर्घाखाँची जिल्लाको सब्दु क्षेत्रमा चुनढुङ्गाको लागि ३०० मि ड्रिलिङ्ग तथा ५० हे सर्भे कार्य भईरहेको बताइएको छ । यस्का अलवा रुकुम झुन्लावाङ्ग क्षेत्रमा विस्तृत अन्वेषण कार्यका लागि ११०० मि च्यानल स्याम्पिलङ्ग र ३२५ हे सर्भे सम्पन्न भई ११०४ वटा नमूना संकलन गरिएको छ। संकलित नमूना मध्ये २७० वटा नमूनाहरुको रसायनिक परिक्षण सम्पन्न भएको। टाईल्स, कलर लगायत अन्य प्रयोजनामा प्रयोग भइरहेको डोलोमाईट खनिजको सुनौला बजार, धादिङ्ग र तनहुँमा अन्वेषण कार्य सम्पन्न भएको विभागले जनाएको छ ।

बिज्ञापन

विभागका पछिल्ला उपलव्धीका रुपमा भूकम्पकीय मापन तथा सूचना प्रवाह अन्तर्गत बझाङ्ग, धादिङ्ग र जाजरकोटमा गएका ४ रेक्टर भन्दा माथिका ५६ वटा भूकम्पहरु मापन गरी संचार माध्यममा सूचना प्रवाह गरेको छ । भूकम्प तथा पहिरो सम्बन्धी गोरखाको बारपाकमा अभिमुखिकरण कार्यक्रम संचालन भएको छ। पेट्रोलियम अन्वेषण कार्य अन्तर्गत दैलेखमा रहेको पेट्रिलियम सम्भावित भण्डार क्षेत्रको अन्वेषणका लागि मित्र राष्ट्र चिनिया सरकारको सहयोगमा हुन लागेको ड्रिलिङ्ग कार्यको लागि जग्गा अधिग्रहण र पूर्वाधार सुधारको कार्य सम्पन्न भई ड्रिलिङ्ग उपकरण नेपाल आउन थालेको बताइएको छ ।

नेपालको तराई र चुरे क्षेत्र समेटी पूर्वबाट पश्चिमसम्म विभाजित गरिएका १० वटा पेट्रोलियम अन्वेषण खण्ड मध्ये २ वटा खण्डमा ठेकेदारबाट पेट्रोलियम अन्वेषण कार्य गर्न नेपाल सरकार मन्त्रिपरिषद्‌को बैठकको निर्णयबाट स्वीकृति प्रदान भएको बताइएको छ । भूईञ्जिनियरिङ तथा भूवातावरणिय अध्ययनका लागि मधेश प्रदेश अन्तर्गत रहेको जीतपुर सिमरा र आसपासका क्षेत्रको एसपीटी प्यारामिटरको अध्ययन फिल्ड कार्य (१०० वर्ग किमी) फिल्ड कार्य भईरहेको छ।

बिज्ञापन

सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्दैछ । तेस्रो लगानी सम्मेलन सम्पन्न भएको पाँच वर्षपछि चौथो लगानी सम्मेलन हुँदैछ आगामी वैशाख दोस्रो सातामा । लगानी सम्मेलनबाट विभागबाट निम्न खानीहरुको विवरण लगानी वोर्डमा उपलव्ध गराइसकेको महानिर्देशक घिमिरेले बताएका छन् । उनका अनुसार,  तामा खानी ग्याजी (गोरखा) , फलाम र तामा खानी (ईस्लाबाङ्ग- पूर्वी रुकुम), डोलोमाईट खानी (बोझे- खोटाङ्ग), चुनढुङ्गा खानी (धुसेनी, धादिङ्ग), चुनढुङ्गा खानी,( शितगंगा, अर्घाखाँची), ग्रेनाइट खानी (उदयपुर र काभ्रे) ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रकाशित भयो एसईईको नतिजा,कसरी हेर्ने ?

वीमा प्राधिकरणको अध्यक्षमा ‘अयोग्य’ पुडासैनीलाई स्टाफ कलेजको जिम्मेवारी

अनिवार्य अवकाशमा गएको तीन सातामै पूर्व सचिव विष्टलाई लाभको पद

भेप आयात र बिक्री गर्न उच्च अदालतको अनुमति

प्रधानमन्त्रीको स्पेन भ्रमण : तीन सचिवसहित सहभागी हुँदैछन् यी कर्मचारी

मन्त्रिपरिषद्को बैठक जारी

एसईईको नतिजा बेलुका सार्वजनिक गर्ने तयारी

बनुवा घुम्ती फेरि जोखिममा : ठेकेदार र कर्मचारीको लापरबाही

बिशेष