मेयरकी जेठी छोरी सम्पर्कविहीन

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी भारतबाट सम्पर्कविहीन भएकी छन् ।नगर प्रमुख हमालकी जेठी छोरी आरती हिजो (सोमबार) देखि सम्पर्कविहीन भएकी हुन् ।

बिज्ञापन

उनी ओशो साधक पनि हुन् । केही महिनादेखि आरती ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् । तर सोमबारदेखि भारतको जोरबा वाइब आस्बिन ब्रिजबाट उनी सम्पर्कविहीन भएको उनको साथीबाट खबर प्राप्त भएको हमालले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।उनले आफ्नो छोरी आरतीको खोजीका लागि अपिलसमेत गरेका छन् ।

बिज्ञापन

मेयर हमालले फेसबुकमा लेखेका छन्- ‘मेरी जेठो छोरी आरती ओशो साधक हुन् । उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् । हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजीकार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।

साथै मेरो कान्छी छोरी आर्जु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातिको प्लेनमा गोवा पुगिरहेकाले मोबाइल नम्बर ९७९४०९६०१४/८२७३५३८१३२/ ९३९८६०७९५३ मा सम्पर्क गरी त्यहाँ आवश्यक सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजस्व अनुसन्धान विभाग खारेजपछि भेप तस्करी मौलायो: रसुवामा ३६ लाख बढीको भेपसहित ८ पक्राउ

फरक प्रकृतिका पावर सेन्टर मर्ज,झनै भद्रगोल थपिने कर्मचारीको चिन्ता

सपनादेखि सफलतासम्म : झापाका ६ जनाको प्रेरक उपलब्धि

श्रम सहचारी र वाणिज्यदूतको खटनपटन अब परराष्ट्रबाट

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

बिशेष