अब सडकको पटके इजाजत अनलाइनबाटै

अनलाइनमार्फत अस्थायी बाटो इजाजत (पटके) लिने र भुक्तानी गर्ने सेवाको सुरु भएको छ । मंगलबार यातायात व्यवस्था सेवा कार्यालयले सल्लाघारीमा आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले उक्त सेवाको शुभारम्भ गरेका हुन ।

बिज्ञापन

मन्त्री लम्सालले अस्थायी पटके भुक्तानीबाट व्यवसायीहरुले वर्षौंदेखिको अन्यौलता र अव्यवहारिक झन्झटमुक्त हुने बताउँदै अनलाइन मार्फत भुक्तानी हुने भएपछी सेवाग्राहीहरुलाई सहज हुनेमा विश्वास ब्यक्त गरे । अस्थायी बाटो इजाजत पटके भुक्तानीका लागि सेवाग्राही जुनसुकै जटिल अवस्थामा पनि यातायात ब्यबस्था कार्यालय पुग्नु पर्ने अबस्थाको अन्त्य गर्न र यातायात ब्यबस्था सेवा कार्यालयलाई डिजिटलाइजेसन गर्न ६÷७ महिना अगाडिदेखि काम थालिएकोमा अब घरबाट नै सेवाग्राहीले सेवा पाउने उनले बताए ।

बिज्ञापन

यो व्यवस्था लागू भएसँगै अब सेवाग्राही र कर्मचारी दुबैलाई सजिलो हुने मन्त्रीको विश्वास छ ।
अनलाइन अस्थायी बाटो इजाजत पटके शुभारम्भ कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले अनलाइनबाट पटके पाउने भएपछि कार्यालयमा भीड कम हुने र यसले सेवालाई थप व्यवस्थित बनाउन मद्दत मिल्ने बिश्वास व्यक्त गरिन । श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा भएको उक्त कार्यक्रम मन्त्रालयका सचिव बलराम निरौलाको अध्यक्षतामा सम्पन्न भएको हो ।

त्यसैगरी उपत्यका ट्राफिक कार्यालयका महाशाखा प्रमुख एवं डिआइजी पोषराज पोखरेलले सहज ढंगले कर तिर्न पाउने जनताको अधिकार भएको बताए । कार्यक्रममा यातायात व्यवस्था कार्यालयका प्रमुखहरु डण्ड बस्नेत, नेत्र भट्टराई, बिमल भट्टराई, शिवप्रसाद निरौला, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति लगायत यातायात सम्बद्ध व्यवसायी संघ संगठनका प्रतिनिधि र सरोकारवालाको उपस्थिति रहेको थियो ।

बिज्ञापन

अनलाइन प्रणाली मार्फत सेवाग्राहीले आफ्नो अनुकूल अस्थायी बाटो इजाजत पटके लिन विवरण भरेर अनलाइनबाटै राजस्व तिर्न सक्नेछन र सो बापतको बिल मोबाइलमा देखाएर यात्रा गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

शिक्षा विद्येयकको मस्यौदामाथि सरोकारवालाहरुसँग छलफल

लामिछानेको चीन भ्रमण अन्तिम समयमा स्थगित

काठमाडौंका होस्टेलहरूलाई एक महिने अल्टिमेटम, प्रशासनको २१ बुँदे कडा निर्देशन

व्यापारीले रोजेका कर्मचारीलाई ठाउँ ठाउँमा

फेरि शुरु भयो नाम गिजोल्ने काम

निजामती अस्पतालको क्यान्टिनको खानामै भेटियो किरा

बिशेष