स्वैच्छिक अवकाश व्यवस्थाको ‘लुप होल’:- बढी पेन्सनको लोभमा अवकाश अगावै राजीनामा

श्रम सचिव केवल भण्डारीले दिएको राजीनामा हिजो स्वीकृत भएको छ । ११ चैत्र २०८०मा अवकास हुने तय भएपनि पेन्सन सुविधा बढाउनका लागि उनले एक सता अघि राजीनामा दिएका हुन । ५ वर्षे सचिवको कार्यकाल अवधिमा झण्डै चार बर्ष आयोगमै बिताएका भण्डारी ६ महिना अगाडिमात्र श्रम मन्त्रालयमा पुगेका थिए । श्रमबाटै बिदाई भएका हुन ।
कर्मचारीहरुले ऐनका दफा दफा कसरी आफू अनुकुल बनाएका छन् भन्ने एउटा उदाहरण हो निजामती सेवा ऐनको दफा ३७ । जहाँ ०४९ कात्तिक २१ गतेअघि निजामती सेवामा प्रवेश गरेका र ३० वर्ष सेवावधि पूरा गरेका कर्मचारीले ५८ वर्षको उमेर हदका कारण अनिवार्य अवकाश पाउनुअघि राजीनामा गरे सेवावधि ६० वर्ष कायम गरी सोही अनुसार पेन्सन रकममा फरक पर्ने छ । यस्लाई कतिपय पूर्व प्रशासकहरुले कानुनी छिद्रमा पसेर खेलेको प्रतिक्रिया दिन्छन् । अवकाशको महिना दिन अगावै राजीनामा दिए राम्रै मानिएला तर कानुनी छिद्रमा पसेर चार पाँच दिन अगाडि राजीनामा दिनु भनेको बढी पेन्सनको लोभ बाहेक अरु केही होइन । यही कारण कर्मचारीतन्त्रमा सेवा अवधि सकिनु साता दिन अघि वा चार/ पाँच दिन अगाडि राजीनामा दिने दिने प्रवृत्ति बढ्दै गएको छ । अनेक कारण देखाउँदै राजीनामा दिनुका पछाडिको मुख्य कारण निवृत्तभरणमा आउने फरकले हो । स्वैच्छिक अवकाशको व्यवस्थाको लुप दुरुपयोग गरी यस अघि प्रेम राई,सुरेशमान श्रेष्ठ र माधव रेग्मी, माधव गुरागाई लगायतका थुप्रै पूर्व प्रशासकहरुले राजीनामा दिएर हिडेका छन् ।

बिज्ञापन

यसरी राजीनामा दिनुको कारण हो,निजामती सेवा ऐनअनुसार तीस वर्ष सेवा अवधि पुगेका कर्मचारीले अवकाश हुनुअघि राजीनामा दिए २ वर्षको थप पेन्सन पाइन्छ । निजामती सेवा ऐनमा पहिले ६० वर्ष सेवा अवधि थियो । पछि त्यसलाई ५८ मा झारिएपछि ६० वर्षकै गणना गरी पेन्सन दिने व्यवस्था गरिएको एक जना प्रशासकले कर्मचारी प्रेस डटकमसँग बताए । साता दिन अगाडि राजीनामा दिँदा पेन्सन सुविधामा फरक पर्दछ । २ हजार पाँच सयसम्म पेन्सन बढ्ने लोभमा २०४९ कात्तिक २१ गतेअघि निजामती सेवामा प्रवेश गरेका र ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीले अनिवार्य अवकाश पाउनुभन्दा एक साताअघि राजीनामा दिने गरेका छन्। सात दिन अगाडि जागिर छाडेर जिन्दगीभर बढी सेवा सुविधा पाइन्छ भने जस्ले पनि लोभ गर्ने भए ।

बिज्ञापन

यसरी थप पैसा पाइने लोभले राजीनामा गर्दा सरकारलाई थप व्ययभार परिरहेको छ । यो सुविधा कोहीले पाउने र कोहीले नपाउने हुँदा एउटै पदका सचिवको पेन्सन समेत तलमाथि परेको देखिन्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।