‘संघीय निजामती सेवा विधेयक हुबहु पारित हुँदैन’ :- सभापति खतिवडा

संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विद्येयक हुबहु पारित नहुने बताएका छन् । विद्येयक पास गर्ने सबालमा हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा आफू नरहेको बताउँदै खतिवडाले संघीय निजामती ऐन पर्याप्त छलफल गरेर मात्र पारित हुने र विद्येयकका बिषयमा विज्ञहरुसँग वृहत छलफल गरेर मात्रै सो विधेयकलाई अघि बढाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका हुन ।

बिज्ञापन

धेरै पहिले निर्माण भएको निजामती सेवा सम्बन्धी विधेयक अहिले फेरि संसदमा प्रस्तुत भएको स्मरण गर्दै सभापति खतिवाडले त्यसमा धेरै चरण बाँकी रहेको उल्लेख गरे । विद्येयकका कतिपय प्रावधानमा आफूहरु सहमत नभएको उल्लेख गर्दे उनले विद्येयक जस्ताको तस्तै पारित हुने सम्भावना कम देखेको उल्लेख गरे ।

बिज्ञापन

ललितपुरमा भएको उक्त कार्यक्रममा सभापति खतिवडाले भने राज्य व्यवस्था तथा सुशासन समितिको हैसियतमा मैले सरसर्ती हेर्दाखेरी हुबहु पारित हुने सम्भवना देखिन । सरकार तीन तहको भनेर संविधानमा हामीले घोषणा गरिसकेका छौं । संविधानमा त्यही उल्लेख गरिएको छ । संघ छ, प्रदेश छ, स्थानीय तह छ । स्थानीयलाई संघमा ल्याउने, नल्याउने । अघि नै भनियो, प्रदेशलाई प्रदेशको अधिकार दिने, नदिने ? धेरै बिषयहरु छन्,विद्येयक हुबहु पारित हुँदैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

ओएनएमका नाममा अत्याचार : सब–इन्जिनियरहरुको गम्भीर ध्यानाकर्षण

सिँचाइ विभागमा सब–इन्जिनियरको दरबन्दी ६५ प्रतिशत कटौती, कर्मचारीको कडा आपत्ति

तीन सहसचिवले दिए राजीनामा

स्थायी कर्मचारीमाथि अविश्वास : पूर्वाधार मन्त्रीलाई २२ सल्लाहकारसहित ३९ जनाको सचिवालय प्रस्ताव

तलब बढाए पनि घुस खान छाडेनन्

फाइल मन्त्रालयमा, औषधि अभाव अस्पतालमा : बिचौलियाले रोक्यो विदेशी औषधि उद्योगको निरीक्षण

डढेलधुराको अजयमेरुमा लालपुर्जा वितरण, ७ अव्यवस्थित परिवार बने जग्गाधनी

मालपोत कार्यालय लगनखेलका तीन नासु ३ लाख घुससहित पक्राउ

बिशेष