‘संघीय निजामती सेवा विधेयक हुबहु पारित हुँदैन’ :- सभापति खतिवडा

संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विद्येयक हुबहु पारित नहुने बताएका छन् । विद्येयक पास गर्ने सबालमा हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा आफू नरहेको बताउँदै खतिवडाले संघीय निजामती ऐन पर्याप्त छलफल गरेर मात्र पारित हुने र विद्येयकका बिषयमा विज्ञहरुसँग वृहत छलफल गरेर मात्रै सो विधेयकलाई अघि बढाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका हुन ।

बिज्ञापन

धेरै पहिले निर्माण भएको निजामती सेवा सम्बन्धी विधेयक अहिले फेरि संसदमा प्रस्तुत भएको स्मरण गर्दै सभापति खतिवाडले त्यसमा धेरै चरण बाँकी रहेको उल्लेख गरे । विद्येयकका कतिपय प्रावधानमा आफूहरु सहमत नभएको उल्लेख गर्दे उनले विद्येयक जस्ताको तस्तै पारित हुने सम्भावना कम देखेको उल्लेख गरे ।

बिज्ञापन

ललितपुरमा भएको उक्त कार्यक्रममा सभापति खतिवडाले भने राज्य व्यवस्था तथा सुशासन समितिको हैसियतमा मैले सरसर्ती हेर्दाखेरी हुबहु पारित हुने सम्भवना देखिन । सरकार तीन तहको भनेर संविधानमा हामीले घोषणा गरिसकेका छौं । संविधानमा त्यही उल्लेख गरिएको छ । संघ छ, प्रदेश छ, स्थानीय तह छ । स्थानीयलाई संघमा ल्याउने, नल्याउने । अघि नै भनियो, प्रदेशलाई प्रदेशको अधिकार दिने, नदिने ? धेरै बिषयहरु छन्,विद्येयक हुबहु पारित हुँदैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष