उपमेयरसहित १० जना भ्रष्टाचार मुद्दामा डामिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिपुर नगरपालिकाकी तत्कालीन उपमेयर रेणुकादेवी काफ्ले, निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेल र वडाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

बिज्ञापन

उनीहरूले तटबन्द बनाउँदा ८५ लाख १८ हजार ६३१ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।अख्तियारले मुद्दा दायर गरेका अन्यमा सर्लाहीको हरिपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेल, इन्जिनियर रञ्जित साह, सबइन्जिनियर सञ्जीव चौधरी, हरिपुर नगरपालिकाकी सदस्य वेदकुमारी बलम्पाकी, सदस्य लक्ष्मी कुमार, वडा नम्बर १ का तत्कालीन वडाध्यक्ष कुमार लामा, नदी नियन्त्रण उपभोक्ता समितिका अध्यष शम्सेरबहादुर बस्नेत, सचिव इन्द्रबहादुर घिसिङ र कोषाध्यक्ष निर्मलाकुमारी देवी छन् ।

बिज्ञापन

उनीहरू विरुद्ध पनि ८५ लाख १८ हजार रुपैयाँ जरिवाना गरी बिगो असुलउपर गर्नुपर्ने अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

बिशेष