उपसचिवसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले सोमबार रौतहटको ​ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित ३ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्धा चलाएको हो । आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित तत्कालीन इन्जिनियर सत्यपाल सौरभ र विद्यालयका प्रधानाध्यापक मुहमद समिम अख्तरविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

बिज्ञापन

आधारभूत विद्यालय लक्ष्मीनियाको २ कोठे पक्की भवन निर्माण गर्दा गुप्ताले २ लाख ३५ हजार ८९५ रुपैयाँ अनियमितता गरेको मागदावीसहित अख्तियारले विशेषमा मुद्धा चलाएको छ । यस्तै सोही भवन निर्माण गर्दा इन्जिनियर सौरभविरुद्ध ८६ हजार ६४७ रुपैयाँ र प्रधानाध्यापक अख्तरविरुद्ध ३ लाख ३ हजार ७९७ रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिमको जरिवानाको मागदाबी गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष