नारी दिवस !

बिहान ४ बजे गाग्रो बोकेर

बिज्ञापन

घरबाट केहि टाढा

बिज्ञापन

पधेरामा लामबद्ध

दार्चुलाका दिदी बहिनी

बिज्ञापन

 

बिहानको घर धन्दा सक्ने बित्तिकै

११ वर्षकी छोरी लिएर

घाँसको जोहो गर्न निस्किएकी

कालिकोटकी महिला,

 

दैनिक श्रीमानको कुटाई सहदै

केहि बर्ष अगाडि

चुनाव जितेकी गुल्मीकी

महिला प्रतिनिधि काकी आमा,

 

कलेज टप गरेर

नर्स पढ्न पोखरा गएकी

तर पढ्न नपाएकी

एउटी आन्दोलनरत बिद्यार्थी,

 

श्रीमानले सौता हाले पछि

अधिकारको खोजीमा

न्याँय पाइन्छ भनेर कुर्दै गरेकी

ठूला नेताकी बुहारी,

 

जनकपुरमा बिहे गरेर

घरजम सम्म हुन नपाउदै

दाइजोको निहुँमा सासुले

जीउँदै जलाईएकी भुनियाँ,

 

जति प्रगति गरे पनि

चुनाव जिते पनि

देशको प्रतिनिधित्व गर्दै

बिदेशमा

महिला अधिकारका कुरा गरे पनि

घरमै पिडित

झापाकी दिल कुमारी,

 

दार्चुलाका दिदि बहिनी

कालिकोटकी महिला

गुल्मीकी काकी आमा

पोखराकी बिद्यार्थी

नेताकी बुहारी

जीउँदै जलाइएकी भुनियाँ

झापाकी दिल कुमारी

आज पनि न्याँय पाउने आशामा

घर घरमा छन्।

 

उनीहरुले न्याँय नपाए सम्म

सबै महिलाले

समान अवसर नपाए सम्म

नारी दिवस केवल दिवस मात्र हुन्छ।

शहिद दिवस जस्तै

गरिवी निवारण दिवस जस्तै

मात्र केवल दिवस हुनेछ।

©

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

खाजा – खानामै पालिकाले खर्चियो ८० लाख,इ रिक्सा अनुगमनमा सात लाख

‘मेरिट’को आश्वासन, पूराना सत्ताबाट लाभ लिएकाहरुकै गज्जबको दौडधूप

तल्ला तहका कर्मचारीलाई स्पष्टीकरणदेखि निलम्बन,सहसचिवलाई संरक्षण

मन्त्रीका लागि मागिएको एनटीएनसीको गाडी कहाँ पुग्यो ? मन्त्रालयको अभिलेखमै छैन, प्रयोगकर्ताबारे पनि अन्योल

सामान्यका दुई कर्मचारी बर्खास्त,अध्ययन बिदामा विदेश हराउनेको खोजी तिव्र

कर्मचारीहरू कोही बिदा बस्दै, केही राजीनामा दिँदै

निजामती विद्येयकमा ३०- ५५ प्रावधानबारे सांसदको प्रश्न,मन्त्रीको अस्पष्ट जबाफ

शाखा अधिकृत,सब इन्जिनियर,लेखापालसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष