देवकुमारी पछि यही आबमा अवकाश पाउँदैछन् यी ६ सचिवले

मुख्य सचिवको प्रवल दावेदारको रुपमा हेरिएकी देवकुमारी गुरागाई आगामी २६ गतेबाट अनिवार्य अवकाशमा जाँदैछिन् । निजामती सेवामा एकै पटक,एकै परिवारका दाजु र बहिनी नै सचिव पदमा पुगेर रेकर्ड तोड्न सफल भएकी गुरागाईलाई आज बसेको मन्त्रिपरिषद्को बैठकले बिदाई गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

गुरागाई पाँच बर्ष अघि सचिव पदमा बढुवा भएकी थिइन,उनी सेवा हदका कारण घर जान लागेकी हुन । ०७५ फागुन २६ गते नेपाल सरकारको सचिवमा बढुवा भएकी गुरागाईंले यो अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लोकसेवा आयोग हुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्न पुगेकी थिइन ।पाँच बर्षे सेवा हद लागेर देवकुमारी गुरागाई अवकाशमा गएकी छिन्,उनीझैं अन्य ६ सचिव पनि यही आर्थिक बर्षमा घर फर्कदैछन् ।

बिज्ञापन

यसरी घर जाने सचिवहरुको लाइनमा छन् केवल भण्डारी,सुरेश अधिकारी,नारायणप्रसाद पन्थी,विश्वराज कोइराला,रेवतीरमण पौडेल र सुशीलचन्द्र तिवारी ।

अबको दुई साता पछि नै अर्काे सचिव घर फर्कदैछन् । सचिव भएको साढे चार बषर्मसम्म मन्त्रालयमा बस्ने जिम्मेवारी नपाएका र अन्तिम समयमा श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका सचिव केवल भण्डारी आगामी  ११ गते चैत्रमा  सेवानिवृत्त हुनेछन् ।

बिज्ञापन

त्यसैगरी ०८१ वैशाख १७ गते तीनजना सचिवहरू सेवानिवृत्त हुनेछन् । शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थी र महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता विश्वराज कोइराला ०८१ वैशाख १७ गते सेवानिवृत्त हुनेछन् ।

त्यसैगरी २०८१ वैशाख २८ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेल, ऊर्जा, जलस्रोत तथा सिंचाई सचिव सुशीलचन्द्र तिवारी २०८१ असार १३ गते सेवानिवृत्त हुनेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ऐलानी जग्गामा घर बनाएको आरोपमा रास्वपा सांसद खनाल विवादमा

११० कानुन संशोधन,एकै पटक १५३४ पदाधिकारी पदमुक्त

विधेयकमा आफ्नो माग नसमेटिए आन्दोलनमा उत्रने स्थानीय तहका कर्मचारीको चेतावनी

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

बिशेष