एमालेबाट गिरी, माओवादीबाट तामाङ र रास्वपाबाट अर्याल मन्त्री बन्दै

बर्तमान सत्ता गठबन्धन टुटेर नयाँ गठबन्धनको सरकार बन्ने भएको छ । कोशी प्रदेशमा कााग्रेसले दिएको धोका,महासमिति बैठकका गुटगत मह्त्वाकाँक्षा लगायतका कारण सबैभन्दा ठूलो दल नेपाली काँग्रेस सत्ताबाट बाहिर पुगेको छ ।नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा एससहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने भएको छ ।

बिज्ञापन

प्रमुख प्रतिपक्षी दल एमाले हिजो रातभरको अन्तिम कसरतपछि औपचारिक रुपमा आगामी बाटो तय गर्न बिहान सबेरैदेखि सचिवालय बैठकमा जुटेको छ । जसअनुसार नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक एक जना मन्त्री बन्न लागेका हुन ।

बिज्ञापन

माओवादीले नुवाकोट-१ का सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने भएको छ । माओवादीका उपमहासचिव वर्षमान पुनले तामाङलाई मन्त्री बनाउन लागिएको जानकारी दिएका हुन् ।

त्यस्तै एमालेबाट पर्वतका सांसद पदम गिरी पनि मन्त्री बन्न लागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापतिसमेत रहेका डीपी अर्याललाई मन्त्री बनाउने भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

अर्काे सहसचिवले पनि दिए राजीनामा

उपत्यकाको ९ पालिका प्रमुखसहित ३५ उपसचिवको सरुवा

३५ उपसचिवको सरुवा : मन्त्रालयको सचिवालय हाबी भएको आरोप, सचिवलाई नै गुमराहामा राखिएको दाबी

अनलाइन सरुवा प्रणाली : रैथाने कर्मचारी चलाउने हिम्मत गरेन,अपाङ्ग कर्मचारीलाई पठायो स्थानीय तह

इन्जिनियर,लेखा अधिकृत र सब इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष