४२ लाख भ्रष्टाचारमा मुछिए गाउँपालिकाका पूर्वउपाध्यक्ष र प्रशासकीय अधिकृत

हुम्लाको अदानचुली गाउँपलिकाका पूर्वउपाध्यक्ष र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ अख्तियारको फन्दामा परेका छन्न ।

बिज्ञापन

सिंचाइ योजनामा ४२ लाख रुपैयाँ हिनामिना गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पाण्डे, पूर्व उपाध्यक्ष सौमती रावल ऐडी, वडा नम्बर ३ का पूर्व वडाअध्यक्ष दत्त बिष्ट, इन्जिनियर मकर ध्वज शाही, सवइन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपाली, अनुगमन समिति सदस्य मान बहादुर टमटा भन्ने मान्या टमटा र धनसरा टमटा, ढकनीकुनादेखि मिढेघट्टसम्म सिँचाइ योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले अदानचुली गाउँपालिका, हुम्लासँग भएको सम्झौता विपरितको कार्य गरी फिल्डमा वास्तविक भएको भन्दा नापी किताब, उपभोक्ता सम्बन्धी बिल र कार्यसम्पन्न प्रतिवेदनमा बढी काम भएको मूल्यांकन गराएको अख्तियारको दाबी छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

अर्काे सहसचिवले पनि दिए राजीनामा

उपत्यकाको ९ पालिका प्रमुखसहित ३५ उपसचिवको सरुवा

३५ उपसचिवको सरुवा : मन्त्रालयको सचिवालय हाबी भएको आरोप, सचिवलाई नै गुमराहामा राखिएको दाबी

अनलाइन सरुवा प्रणाली : रैथाने कर्मचारी चलाउने हिम्मत गरेन,अपाङ्ग कर्मचारीलाई पठायो स्थानीय तह

इन्जिनियर,लेखा अधिकृत र सब इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष