मन्त्रीको सल्लाहकारलाई प्राधिकरण अध्यक्षमा नियुक्तिपछि रिट बोकेर अदालत पुगे अर्काे उमेद्धार

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीको नियुक्तिविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ । गत फागुन ६ गतेको क्याविनेटले उनलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्ति गरेको थियो ।

बिज्ञापन

उक्त निर्णय उल्टाउन माग गर्दै अध्यक्ष पदका उमेद्धार रिट बोकेर अदालत पुगेका हुन । सात महिना कार्यकाल बाँकी छँदै नेपाल दूरसञ्चार प्राधिकरणबाट पुरुषोत्तम खनाललाई राजीनामा दिन लगाएर सो पदमा सञ्चार मन्त्री रेखा शर्माका दाहिने हात मानिएका तथा एनसेलका पक्षमा काम गर्दै आएका व्यक्तिलाई नियुक्ती दिइएको भन्दै अहिले चर्काे आलोचना भइरहेको छ ।

बिज्ञापन

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन दिनेमा गत कार्तिकमा अवकाश पाएका पूर्व सचिव डा दामोदर रेग्मी, नेपाल टेलिकमका पूर्व नायब प्रवन्ध निर्देशक गोकर्णप्रसाद सिटौला,सत्य निरुपण तथा मेलमिलाप आयोगमा रहेर काम गरेका श्रीकृष्ण सुवेदी,यस अघि सर्ट लिष्टमा परेर छनौंट हुन नसकेका सुरेशकुमार कार्की,प्राधिकरणकै पूर्व बोर्ड सदस्य गिरेन्द्रराज अधिकारी,साझा प्रकाशनमा रहँदा विवादमा मुछिएका  डोलेन्द्रप्रसाद शर्मा,नगेन्द्रकुमार दास,डा शैलेन्द्र गिरी, पंकजकुमार दास ,नन्दविक्रम अधिकारी, रोहित रौनियार, प्रकाश बराल, अनिल झाका अलवा मैनेजर प्रसाद साह कानु, देवनारायण यादव, माधवप्रसाद रेग्मी, सुशील ओझा, नविन जिसी, जनार्दन भट्ट, चित्रसिंह बुढाथोकी मगर र कमलप्रसाद खनाल छन् । यीमध्ये पनि प्रवल दावेदारका रुपमा हेरिएको थियो मन्त्री रेखा शर्माको सल्लाहकार भुपेन्द्र भण्डारीलाई । एक त माओवादीको क्याडर,अर्काेतिर मन्त्रीको सल्लाहकार,त्यसमाथि मन्त्री रेखा शर्माकै एउटै जिल्ला दाङकैं । उनैलाई अध्यक्ष बनाउने गरी विज्ञापन खोलिएको भनिएको थियो । सर्ट लिष्टमा परेका तीन जनाको नामै सार्वजनिक नगरी क्याविनेटमा लगिएको बिषयलाई समेत रिट निवेदनमा राखिएको छ ।

र,६ फागुनको मन्त्रिपरिषद्को बैठकले उनैलाई अध्यक्ष बनायो । भण्डारीसँग ८ वर्ष स्मार्ट मोबाइल बुरुन्डी, १४ महिनामा इन्टरग्रुप टेलिकम, पे नेपालमा करिब ६ महिना काम गरेको अनुभव रहेको उल्लेख गरिएको थियो तर भण्डारी स्वार्थ बाझिएको संस्था पे नेप प्रालिमा समेत १ लाख ५६ हजार शेयर लगानी गरेको, नेपालमा सञ्चालन भएको स्मार्ट टेलिकमका लगानीकर्ता मध्येका उपेन्द्र महतोको कम्पनीको प्रमुख सीईओ भएर काम गरेको, एनसेल खरिद बिक्री प्रकरणमा जोडिएका सतीसलाल आचार्य र सचिनलाल आचार्यसँग भण्डारीको कनेक्शन रहेको रिटमा उल्लेख गरिएको  छ ।

बिज्ञापन

अध्यक्ष पदमा उम्मेदवारी दिएका १४ जना मध्येका एक रामदेव यादव हिजोमात्र रिट बोकेर अदालत पुगेका हुन । उनले नेपाल सरकार मन्त्रिपरिषद्, सञ्चार मन्त्री रेखा शर्मा, सिफारिश समिति, अध्यक्ष भण्डारीलगायतलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४६ खरिदार,२० कम्युटर अपरेटर र ४ नायब सुब्बाको सरुवा

प्रधानमन्त्री कार्यालयमा सरुवा भइन अतिरिक्त सचिव मिश्रा

पासपोर्ट फ्रि ट्राभलको कार्यान्वयनको तयारी

आठ सहसचिवको सरुवा : तीनको अर्थमा इन्ट्री

परराष्ट्रमा वातावरण कूटनीतिक शाखा स्थापना,उपसचिवले कमाण्ड गर्ने

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

“संघीय निजामति सेवा विधेयक २०८३ : लोकतान्त्रीकरण, व्यवसायीकरण र सुशासनतर्फको नीतिगत प्रस्थान”

गृहको कप्र प्रमुखमा पन्थी, सिराहाको सीडीयो मन्त्रालय तानिए

बिशेष