मन्त्री र सचिव विवादले ३३ सहसचिवको सरुवा एक महिना देखि ठप्प

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३३ जना सहसचिव र १० जना उपसचिवहरू सरुवाको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी शाह र सचिव विनोदप्रकाश सिंहबीचको विवादले एक महिना देखि कर्मचारीको सरुवा ठप्प भएको हो।उनीहरू यतिबेला अतिरिक्त ‘बरन्डा’मा राखिएका छन्।

बिज्ञापन

मन्त्रालयको अनुसार कर्मचारी प्रशासन महाशाखाले एक महिनाअघि नै सहसचिव तथा उपसचिवको सरुवा सूची तयार गरे पनि सहसचिवको सरुवा सूची मुख्यसचिव मुख्यसचिव बैकुण्ठ अर्यालको टेबुलमा थन्किएको छ भने उपसचिवको सरुवाको सूची मन्त्रालयका प्रवक्तासमेत रहेका वरिष्ठ सहसचिव कमल भट्टराईको टेबलमा थन्किएको छ।

सूचीमा उपसचिवबाट बढुवा भएका सहसचिवहरूको नामावली रहेको छ । जसमा केही स्थानीय तथा प्रदेशका सहसचिवको नाम समेत थपेर सरुवाका लागि पठाइएको थियो ।

बिज्ञापन

मन्त्रालय स्रोतका अनुसार पछिल्लो एक/डेढ महिनादेखि मन्त्री र सचिव सिंहबीच खटपट सुरु भएको छ।संघीय मामिला मन्त्रालयमा मन्त्री र सचिववीच विवाद भएको यो पहिलोपटक भने होइन।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीको घुस काण्डको अडियो लिक

कर्मचारी नेतामाथि धमाधम भ्रष्टाचार मुद्धा : एक निलम्बित,दुईको अदालतमा विचराधिन

१४ उपसचिवहरूको सरुवा

उद्घाटन पर्खिरहेको एउटा परियोजना

विमानस्थलमा माला,खादा र विशेष पहिरनमा प्रतिवन्ध

एकै दिन सरकारी खाताबाट २२ अर्ब भुक्तानी

राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवसँग ६ करोड अवैध सम्पत्ति

तलबि प्रतिबेदनको ढाँचामा परिमार्जन : चाडपर्वको नाम र संभावित महिना अनिवार्य खुलाउनु पर्ने

बिशेष