विषय प्रवेश
दर्शन जगत् र जीवनलाई डो¥याउने एक वैज्ञानिक बाटो हो । जति पनि सांसारिक क्रियाकलाप र पूर्ण वा अपूर्ण ज्ञानहरू अस्तित्वमा छन्, ती सबैको उद्गमस्थल र समस्या समाधानको बाटो नै दर्शन हो । व्यक्तिले यस संसारमा जे जति क्रियाकलाप गर्छ र आफ्नो ज्ञानको सदुपयोग गरी स्थापित हुन खोज्छ, त्यो कुनै न कुनै दर्शनमा आधारित भएरै गरेको हुन्छ । विभिन्न प्रणालीहरूले आफ्नो–आफ्नो ज्ञानमीमांसाका अनुसार मोक्षको अलग अलग कल्पनाको छ, तथापि अज्ञान, दुःखबाट मुक्त हुन सक्छ। यस लेखमा पुर्वीय दर्शनका आधारभुत पक्षहरु र सार्वजनिक प्रशासनमा प्रभा वारे उल्लेख गरिएको छ ।
बिज्ञापन
पर्वीय दर्शनको अवधारणा
हेर्नु र देख्नु अर्थमा संस्कृत भाषाको ‘दृश धातुमा ‘अन् प्रत्यय लागेर दर्शन शब्दको व्युत्पत्तिगत अर्थ बनेको छ । ‘दृश्यते अनेन जसद्वारा हेरिन्छ भन्ने करण व्युत्पत्तिका आधारमा दर्शन शब्दको अर्थ ज्ञान प्राप्तिको साधन भन्ने हुन्छ । ‘दृष्टि दर्शनम भाव व्युत्पत्तिद्वारा बनेको दर्शन शब्दको अर्थ स्वतः घटित हुने ज्ञान अर्थात् अन्तर दृष्टि भन्ने हुन्छ । यी दुवै अर्थमा दर्शनको प्रयोग हुँदै आएको छ । यसलाई ज्ञान प्राप्तिको माध्यमका रूपमा र अन्तः प्रज्ञा भन्ने अर्थमा प्रयोग गरेको देखिन्छ । विशेष गरेर जीवन र जगत्का बारेमा हुने विशिष्ट दृष्टि नै दर्शन हो । संस्कृत ग्रन्थहरूमा जसद्वारा जड र चेतनाको सूक्ष्म भन्दा पनि सूक्ष्म तŒवलाई केलाएर देखाइन्छ त्यसलाई दर्शन भनिन्छ भनी दर्शनलाई परिभाषित गरेको पाइन्छ । अङ्ग्रेजी भाषामा दर्शनको समानार्थी शब्द फिलोसफी प्रचलित छ । यो शब्द फिलोस र सोफिया दुई शब्द मिलेर बनेको छ । ग्रिसेली भाषामा यी शब्दहरू मध्ये फिलोस शब्दको अर्थ प्रेम भन्ने हुन्छ र सोफियाको अर्थ ज्ञान अथवा प्रज्ञा भन्ने हुन्छ । यसको अर्थ हेर्दा ज्ञानको प्रेम अथवा ज्ञान प्राप्तिको जिज्ञासा भन्ने हुन्छ । फिलोसफीमा प्रयोग भएको ज्ञानको अर्थ ज्ञानमात्र नभइ अन्तर्दृष्टि, विवेक र सत्यको ज्ञान भएकाले पश्चिमी जगत्मा पनि दर्शनको सम्बन्ध परम सत्य वा सत्यलाई ढ जान्नुसँग नै रहेको देखिन्छ। फिलोसफीलाई सन्त माहात्माप्रतिको प्रेमको अर्थमा पनि लिने गरिन्छ । दर्शन ज्ञानको महŒवपूर्ण विधाको रूपमा पूर्व र पश्चिम दुवैतिर स्वीकारेको पाइन्छ । जीवनजगत्को सूक्ष्म निरीक्षण पनि दर्शन हो भने जीवनमा ज्ञानको गहिराइतर्पmको यात्रा हो, जीवनका प्राप्ति अनुभूतिको आधारमा बुद्धिका माध्यमले गरिने सत्यको अन्वेषण पनि हो । यसले परम सत्यको खोजी गर्ने र कारण तथा कार्यमा आधारित ज्ञानमा विश्वास गर्ने मानवीय मुक्तिको खोजी गर्ने हुँदा यसलाई बौद्धिक ज्ञान प्रदान गर्ने विधाको रूपमा लिइन्छ ।
दर्शन वास्तविक र सत्य ज्ञानको महत्त्वपूर्ण सिद्धान्त हो, जसले समग्र जीवन र जगतको व्याख्या गर्दछ । यसबाट के बुझिन्छ भने दर्शन अनुसन्धानहरूको पनि अनुसन्धान हो, जसले प्रमाण र सत्य तथ्यको मात्रै व्याख्या गर्दछ र मनमा उत्पन्न हुने विभिन्न जिज्ञासा र तर्कहरूको समाधान दिन्छ । त्यस कारण दर्शनले कुनै पनि विषयवस्तुको व्याख्या र विश्लेषण गर्ने, समस्यामाथि चिन्तन मनन गर्ने र सप्रमाण सिद्धान्त जारी गर्ने जस्ता कार्यहरू गर्दछ भन्न सकिन्छ । दर्शनका पनि विभिन्न क्षेत्रहरू हुन्छन् । जस्तै, सत्यको सिद्धान्तको व्याख्या गर्ने, ज्ञानका स्रोतको बारेमा व्याख्या गर्ने, मूल्यका सिद्धान्त र तर्कहरू पुष्टि गर्ने क्षेत्रहरू । जसलाई तत्व मिमांसा वा मेटाफिजिक्स, ज्ञान शास्त्र वा एपिस्टेमियोलोजी, मूल्यशास्त्र वा एक्जियोलोजी र तर्कशास्त्र वा लजिक पनि भनिन्छ । यी क्षेत्रका पनि अनेक उपक्षेत्र पनि छन्, जसले सृष्टि विज्ञान, धर्मशास्त्र, मानिसको स्वरूप, वास्तविकता र पहिलो पदार्थका बारेमा अनेक व्याख्या गरेको छ । त्यस्तै, मानिसको ज्ञान ईश्वरीय वाणीबाट र धर्मग्रन्थबाट, आधिकारिक विज्ञबाट, अन्तरमनले देखेर, तर्क र अनुभव जस्ता माध्यमले प्राप्त हुन्छ भनी दर्शनशास्त्रले व्याख्या गर्दछ ।दर्शनलाई सरसर्ती अध्ययन गर्दा पूर्वीय र पाश्चात्य दर्शन भनी वर्गीकरण गरेर अध्ययन गर्न सकिन्छ । पाश्चात्य दर्शन युरोप तथा पश्चिमी क्षेत्रबाट प्रतिपादित दर्शन हो भने एसिया तथा महाभारत क्षेत्र (भारतवर्ष वा पाकिस्तान, नेपाल, बंगलादेश र भारत) बाट प्रतिपादित र विकसित गरिएको दर्शन पूर्वीय दर्शन हो भनेर मानिएको छ । यस लेखमा पर्वीय दर्शनको दार्शनीक पक्ष ,पूर्वीय दर्शन तथा सभ्यताको आधारभुत सिद्धान्त र तिनको नेपाली समाज,संस्कृति,परम्परा,मूल्य र समग्र शासकीय व्यवस्था र सार्वजनिक प्रशासनमा परेको प्रभावको वारेमा विश्लेषणत्मक प्रस्तुती गरिएको छ ।
बिज्ञापन
पुर्वीय दर्शन भन्नाले भारतीय उपमहाद्विपमा विकसित दर्शनलाई बुझिन्छ । वैदिक पृष्ठभूमिमा विकसित भएको यस दर्शनले जीवन र जगत्सम्बन्धी गम्भीर दृष्टिकोण प्रस्तुत गरेको छ । जीवन र जगत्लाई व्यापक र विशद ढङ्गले हेर्ने क्रममा विकसित भएको पूर्वीय आस्तिक दर्शनको समूहलाई षड्दर्शन भनिन्छ । षड्दर्शनभित्र साङ्ख्य, योग, वैशेषिक, न्याय, मीमांसा, वेदान्त दर्शन पर्दछन् । यी दर्शनले वेदलाई प्रमाण मान्दछन् भने आत्माको अस्तित्वलाई पनि स्वीकार्दछन् । यी दर्शनले संसारलाई दुःखमय ठान्दछन् । मानव जीवन विषयवासनाप्रति आसक्त छ । सांसारिक विषयवस्तुप्रतिको आसक्ति नै दुःखको कारण हो । यी दुःखहरूबाट छुटकारा प्राप्त गर्न ज्ञान र ध्यानको मार्ग अपनाउनुपर्छ । असत् कर्मबाट दुःख प्राप्त हुन्छ भने सत्कर्मबाट सुख प्राप्त हुन्छ । अर्थात् यस सांसारिक जीवनबाट मुक्ति प्राप्त हुन्छ । स्वर्ग, नर्क, आत्मा, ईश्वर, जीवन, जगत्, परलोक, सुख, दुःख, बन्धन, मोक्ष, कर्मवादी चिन्तन आदि पूर्वीय दर्शनका आधारभूत मान्यता हुन् ।
पूर्वीय दर्शनले पूर्वी तथा दक्षिण एसियामा उत्पत्ति भएका दर्शनहरूलाई जनाउँदछ । खासगरी भारतवर्ष भनेर चिनिने दक्षिण एसिया क्षेत्रमा उत्पत्ति भएका हिन्दु दर्शन, जैन दर्शन र बौद्ध दर्शन बढी प्रभाव भएका पूर्वीय दर्शन हुन्, जसको ठूलो प्रभाव दक्षिण एसियाका अलावा दक्षिणपूर्वी एसिया, तिब्बत र मंगोलियामा समेत छ । भारत वर्षमा विकसित भएको वा भारतीय दर्शनलाई नै पूर्वीय दर्शन भनिन्छ । पूर्वीय दर्शन अन्तर्गतको मुख्य दर्शन नै हिन्दू दर्शन हो । दर्शनशास्त्रमा प्रशस्त गरिएका पथहरुले व्यक्तिलाई असल त बनाउँछन् नै साथै उसका हरेक कर्म सदाचारयुक्त बनाउनमा सहयोग गर्दछ । पूर्वीय जीवन पद्धतिमा सदाचार मानिसको वैयक्तिक, पारिवारिक, सामाजिक र राष्ट्रिय जीवनको अंग हो ।नेपाल परापूर्वकालदेखि नै एक धार्मिक तपोभूमिको रूपमा स्थापित भएकाले नेपाली समाजमा संस्कार र संस्कृतिको बढी प्रभाव रहेको पाइन्छ । आजपनि पूर्वीय परम्परा अनुसार पूजापाठ, धर्मकर्म, सामाजिक सहकार्य र आत्मज्ञानका लागि ईश्वरीय शक्तिको उपासना गर्ने जस्ता कार्यहरु नेपाली समाजमा जीवन्त छन् । स्वालम्बी बन्ने, परोपकार गर्ने,सबै प्राणीलाई दया गर्ने, उपयुक्त आहारको मात्र खानपिन गर्ने र अचारविचार असल बनाउने जस्ता वैदिक दर्शनका उपदेशहरू अभ्यास भइरहेको पाइन्छ। हिन्दु र बौद्ध धर्म एवम् दर्शनलाई प्राथमिकता दिएर सोही अनुसार नै चाडपर्व मनाउने, योग ध्यान गर्ने, सत्यको अवलम्बन गर्ने र बौद्ध परम्परा अनुरूप आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलमा आधारित भएर विभिन्न क्रियाकलापहरु गरिन्छन् । आयुर्वेद, योग, विपश्यना, शाकाहारी जीवनशैलीप्रति जनचासो वर्षहरूमा बढ्दो क्रममा देखिन्छन् ।
युरोपीय महाद्वीपदेखि पूर्वतर्फका दार्शनिकहरूको चिन्तन भएको हुनाले यस क्षेत्रका दार्शनिक चिन्तनलाई पूर्वीय दर्शन भनिएको हो । पूर्वीय दर्शनलाई जुनसुकै नामले विश्लेषण गरिए पनि यसले जीवन र जगत् सत्य छ, शक्ति नै सर्वोपरि छ, जीवन र जगतमा संसार अडेको छ, हामी मानव भगवानका सिर्जना हौं, शरीर मरणशील छ, आत्मा अमर छ, मानवीय असल कर्मले नै उसलाई जीवन र जगतको नजिक पु–याउँछ भन्ने मान्यता लिएको छ । धर्म, संस्कार, संस्कृतिक सभ्यता, कला, वेद, प्रकृतिमा आधारित चिन्तन परम्परालाई पूर्वीय चिन्तन भनिन्छ । वास्तवमा मानवीय जीवन अत्यन्तै सुन्दर छ । अरु जीवहरुले बुझ्न, देख्न र भोग्न नपाएको जीवन मानव मात्रले पाएको छ । यस्तो अनुपम जीवनलाई सार्थक बनाउनका लागि आफूले गर्ने कर्मलाई स्वमूल्यांकन, स्वनियन्त्रण र स्वअनुशासित बनाउनुपर्दछ भन्ने मान्यता र यसका लागि अवलम्बन गर्नुपर्ने मार्गहरुलाई पूर्वीय दर्शनले स्पष्ट पारेको छ । खासगरेर हिमवत्खण्ड तथा यसका दक्षिणी भेगका दार्शनिक चिन्तन नै पूर्वीय दर्शनका रूपमा स्थापित भएका हुन्छ। पूर्वीय दर्शनमा नास्तिक र आस्तिक दर्शन भनी विभाजन गर्ने गरिन्छ ।अनेकौँ दर्शन शास्त्र र धर्म शास्त्रहरू अनुसार आत्मा जीवनको एउटा अङ्क हो। मानव प्राणी जुन अलौकिक छन्,को मृत्यु पश्चात पनि आत्माको मृत्यु हुँदैन। विज्ञानले आज सम्म यस बारे केही पनि पतो लगाउन सकेको छैन, किन भनें आत्माको जाँचको लागि कुनै पनि नियन्त्रण मार्ग छैन। मृत्यु पश्चात के हुन्छ? भन्ने बारेमा धेरै प्रकारका अनेकौँ मान्छेहरूका आफ्नो आफ्नो विचारहरू छन्। धेरै जसो दार्शनिक, आध्यात्मिक, पौराणिक परम्परा अनुसार परमात्मा भन्नाले त्यो अदृश्य र विशाल चेतना हो, जुन यो भौतिक सन्सारमा चेतनाको विकासको लागि निरन्तर चलायमान छ, जसलाई भगवान भनेर जानिन्छ जसको जन्म अनन्त स्वरूपमा अनन्त प्रकृतिमा बारम्बार लगातार हुन्छ, जसको एक स्वरुप मानब रुप पनि हो र सबै मानव सबै जीव सबै जन्म मृत्यु पछि परमात्मा मै फर्कन्छन । हाम्रो आत्मा पनि परमात्माको नै सानो अंश हो ।परमेश्वर त्यो सर्वोच्च परालौकिक शक्ति छ जसलाई यस संसारको स्रष्टा र शासक मानिन्छ भनी पर्वीय दर्शनको दार्शनीक पक्ष रहेको छ । पूर्वीय संस्कृति, साहित्य, कला, भाषा र दर्शनको पृष्ठभूमि भनेर ‘‘ऋग्वेदलाई मानिदै आएको पाइन्छ । ‘वेद समावेशात्मक अर्थयुक्त शब्द रहेको पाइन्छ । जस अन्तर्गत संहिता, ब्राह्मण, आरण्यक, उनिषद् आदि समावेश भएको पाइन्छ । वैदिक कालीन ऋषिहरूले आफ्ना विचार र व्यवहारलाई मानिसको कल्याणका लागि सुखवादी सोच अँगाल्दै अघि बढाएको पाइन्छ। मानवीय सभ्यताको विकासमा पूर्वीय आर्यहरूको इतिहास, समाजिक नीति, चालचलन, मूल्य र मान्यता, सदाचार, दर्शन र धर्मको पूर्वाधार वेद रहेको बुझिन्छ। वेद, ब्राह्मण र आरण्यक आदि ग्रन्थहरूमा दार्शनिक विचारधाराको प्रवाह पाइए पनि तिनीहरू दर्शनका पृष्ठभूमि रहेको देखिन्छ । दर्शन हुनका लागि चाहिने आवश्यक मापदण्डहरू वैदिक कालमा कम मात्रामा प्रयोग गरिएको पाइन्छ । पूर्वीय दार्शन र नीति मानव सभ्यता, सामाजिक व्यवस्था र राज्य प्रणालीलाई मार्गदर्शन गर्ने आदर्श आधार हो तर पश्चात्य जस्तो प्रचारमा यो छैन। पूर्वीय दर्शन हिन्दु नीतिव्यवस्थामा आधारित छ। अर्को अर्थमा यो पुराणमा आधारित सामाजिक व्यवस्था हो जो धर्म, संस्कृति, जातीयता, वर्ण परम्परा, आदरभाव, कर्तव्य र नैतिकतालाई जोड दिन्छ। हिन्दु शास्त्रव्यवस्थाको उल्लेख संस्कृत साहित्य, जस्तो कि वेद, पुराण, गीता, रामायण, प्राचीन स्मृति तथा श्रुति हुन्। मर्यादा पुरुष भगवान रामका सद्व्यवहार र अभिव्यक्तिलाई पूर्वीय परम्परामा आदर्शका रूपमा लिइन्छ। श्रीकृष्णले गीतामा दिएका उपदेशले समाज, राज्य, परिवार, सम्बन्ध, संगठन र अर्थतन्त्र सञ्चालनमा मार्गदर्शन गर्छ। उनले भनेका थिए– ’ठूलाका वाणी नीति बन्छ।’ यसको मतलव ठूला व्यक्तिहरु स्वभावैले समाज व्यवस्थालाई प्रभाव पार्ने हैसियतमा हुन्छन् र उसको अभिव्यक्तिले समाजको प्रतिनिधित्व गर्नुपर्छ भन्ने हो। गीतामार्फत भगवानले शास्त्र (नीति), कर्म (काम) र धर्म (आचरण) लाई महत्व दिएका थिए जो मानव समाजका आधारमूल्य हुन्। गीताका वाणीहरु सर्वकालीन छन्।
बिज्ञापन
पूर्वीय दर्शनले कर्मण्येबाधिकारस्ते मा फलेसु कदाचन ,मा कर्मफलहेतुर्भुमा ते सङ्सोक्स्वकर्मणि। (गीता अध्याय २, श्लोक ४७) ।मानिसको कर्म गर्नैमात्र अधिकार छ, के प्राप्त गरिन्छ भन्ने आशा गरेर काम गर्नुहुन्न। कर्म नगरे सिद्धि प्राप्त हुँदैन तर आशक्तिमा लिप्त भएर काम गर्नुहँुदैन। आधुनिक संगठन विज्ञानमा कामप्रतिको निष्ठा र समर्पणको स्रोत गीताका श्लोक हुन्। अर्को प्रसंगमा भगवानले भनेका थिए– इन्द्रियहरु शरीरभन्दा बलवान हुन्छन्। इन्द्रियभन्दा मन बलवान हुन्छ, मनभन्दा बुद्धि बलवान हुन्छ, फेरि बुद्धिभन्दा पनि अत्यन्त बलवान आत्मा हो। त्यसैले आत्मिक अनुशासन सबैभन्दा ठूलो आचरण हो र सार्वजनिक जीवनमा यो अझै महत्वपूर्ण हुन्छ।
एशियाका ज्योति गौतम बुद्ध अहिंसा र सत्कर्म शिक्षाका अद्वितीय दार्शनिक, साधक र सिद्धात्मा हुन्। उनले मानव समाजका लागिमात्र अहिंसा सिद्धान्त प्रतिपादन गरेनन्, समस्त प्राणीका पुजारी बने। चार सत्य, अष्ठ मार्ग, पञ्चशील बुद्ध दर्शनका निष्कर्ष हुन्। खराब नगर्नु, सत्य गर्नु, मन स्वच्छ राख्नु बुद्ध वाणी हो जसले मानव सभ्यता सम्बर्द्धन गर्न बल दिन्छ। गौतम बुद्धका अनुसार यदि वाणी सही र दयालु छ भने यसले विश्व बदल्न सक्छ। आफ्नो दियो (प्रकाश) आफैँ बन्नुपर्छ। बुद्ध दया, सत्य र अहिंसाका प्रचारक र प्रयोक्ता पनि बने। त्यसैले बुद्धवाणीहरु दया र सत्यका खानी हुन्, ती व्यावहारिकमात्र होइनन्, शाश्वत पनि छन्।
पूर्विय दर्शनअन्तर्गत चीनियाँ, भारतीय, कोरियन, थाइल्यान्ड, म्यान्मारका दर्शनहरु पर्दछ्न् । हाम्रो हावा पानी र आधार सुहाउँदो दर्शन पुर्वोय दर्शन नै हो । त्यसमा पनि हाम्रो नेपाल र भारतीय दर्शन अन्तर्गत हिन्दुवाद र हिन्दु दर्शनका न्याय, योग, मिमाङ्सा, साख्य, वेदान्तजस्ता आस्तिक र जैन, चार्वक, आजिविक, श्रवण, अबिध्या जस्ता नास्तिक प्राचिन भारतिय दर्शनको जगमा छौ ।मानव जीवनमा चरित्रलाई निकै महत्व दिने धर्म, संस्कार, संस्कृतिक सभ्यता, कला, वेद, प्रकृतिमा आधारित चिन्तन परम्परालाई पूर्वीय चिन्तन भनिन्छ । हिन्दु र बौद्ध दर्शन पुर्वीया दर्शनका उदाहरण हुन। मानव जीवनमा चरित्रलाई निकै महत्व दिने जैन, कन्फुसियस, ताओ, मोहि, कोरियन, चाइनिजजस्ता छिमेकी दर्शनको ठूलो झुकाव छ हामीमा । बुद्धको जन्मभूमि नेपालमा हरेकको कण कणमा बुद्ध दर्शनका अहिंसा र शान्ति हाम्रो पर्याय हुन् । मनको शान्ती हाम्रो जीवनशैलीको उपज हो । जुन बिकसित भनिएका राष्ट्रमा अत्यन्त कम मात्रमा पाइन्छ। भनिन्छ, त्यहाँ आधा भन्दा बढी मानिसाहरु डिप्रेसनमा छन् । सबै थोक भएर पनि मनमा अशान्ति हुदा आहात छ्न् । भौतारिदै हामीकहाँ आउछ्न् । जुन हामीसँग पहिल्यै देखि सुरक्षीत छन् । हाम्रो दर्शन कला जीवनपद्द्ती हाम्रो अमुल्य निधि हुन् ।
विभिन्न धर्म संस्कृतिजस्तै बुद्ध, हिन्दु, चिनियाँ, कोरियन, जापानी, मुस्लिमलगायत विभिन्न दर्शनहरुलाई पूर्वीय दर्शनका रुपमा विद्वानहरुले व्याख्या तथा विश्लेषण गर्दै आएको पाइन्छ । पूर्वीय दर्शनलाई जुनसुकै नामले विश्लेषण गरिए पनि यसले जीवन र जगत् सत्य छ, शक्ति नै सर्वोपरि छ, जीवन र जगतमा संसार अडेको छ, हामी मानव भगवानका सिर्जना हौं, शरीर मरणशील छ, आत्मा अमर छ, मानवीय असल कर्मले नै उसलाई जीवन र जगतको नजिक पु–याउँछ भन्ने मान्यता लिएको छ । सनातनदेखि मान्दै आएको धर्म संस्कृतिको मूल आधारका रुपमा रहेका धर्मग्रन्थहरुमध्ये वेदलाई हरेक दर्शनहरुको आधारशिलाका रुपमा लिन सकिन्छ । हुन त वेदलाई अन्य पूर्वीय दर्शनको आधार मान्न सकिँदैन भन्ने विचारहरु नसुनिएका होइनन् तथापि विश्व वाङ्गमयमा वेदभन्दा प्राचीनतम पुस्तकहरु अरु छैनन् । वेदले धर्म दर्शनको मात्र कुरा गरेको छैन, मानव सभ्यताको समेत व्याख्या गरेको छ । वेद ऐतिहासिक महत्वसहितको सबैभन्दा पुरानो ग्रन्थ पनि हो । यस अर्थमा सनातनदेखि चलिआएको धर्म दर्शन नै हरेक दर्शनको जननी हो । पूर्वीय दर्शनको आधार हो ।जो व्यक्तिले पूर्वीय दर्शनको रसपान गर्न सक्छ, उसले जीवन र जगतलाई बुझ्दै मानवीय जीवन जिउन सिक्दछ । जीवन जिउनु एक कला हो । हामीले वास्तविक जीवनको घडीलाई नियालेर हेर्ने हो भने जीवनमा जे हुन्छ भनेर सोचिएको हुन्छ, त्यो भइरहेको हुँदैन र जे भइरहेको छ त्यसको सम्बन्धमा सोचिएको पनि हुँदैन । जस्तैः भरपुर क्षमता भएका व्यक्तिहरु पनि सफल भइरहेका हुँदैनन् र सामान्य अवस्थाको व्यक्तिले निकै सफलता प्राप्त गरेको हुन्छ । वास्तवमा यो किन र कसरी भएको छ ? यी सबै कुराको ज्ञान केही हदसम्म पूर्वीय दर्शनले दिएको छ । कर्मले नै यस जीवन र परजीवनमा समेत व्यक्तिको भाग्य निर्धारण गरेको हुन्छ । जसलाई हामी भाग्य मान्छौं, वास्तवमा यो भाग्यभन्दा पनि विभिन्न जीवनमा हामीले गरेका कर्महरुको संयोजनको परिणाम हो । यही परिणामले नै हाम्रो वर्तमान जीवनलाई डो–याइरहेको हुन्छ । मानवीय जीवन, जन्म र जगतबीचको सम्बन्धलाई पूर्वीय दर्शनले अत्यन्तै सूक्ष्म रुपमा व्याख्या गरेको छ ।
पूर्वीय दर्शनभित्रकै बुद्ध दर्शन आज विश्वभर फैलिएको छ । यस दर्शनको भाव पनि कर्मको कारण र प्रभावबीचको सम्बन्ध के हो ? कर्मको प्रभावका कारण पुनर्जन्म हुन्छ वा हुँदैन । कर्मको निवारण कसरी गर्ने ? भन्ने लगायतका विषयमा केन्द्रित रहेको छ । जति भए पनि नपुग्ने तृष्णा नै दुःखको मुख्य कारक हो । दुःखबाट छुटकारा पाउन असल कर्म गर्नुपर्दछ र कर्मको निवारण अष्टमार्गको ज्ञान र सोको अवलम्बनबाट मात्र सम्भव छ । व्यक्तिको असल कर्म, सोच, बानी, व्यवहार, वचन, सम्बन्ध र स्मृतिले मानव जीवनलाई सार्थक बनाउनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।मानिस जीवनयापनका लागि व्यक्तिगत रुपमा सदाचारी हुनुपर्दछ । व्यक्तिगत जीवन बनाउन आफ्नो शरीर र मनसँग सम्बन्धित विषय, आहार, विहार तथा गर्न हुने वा नहुने काम, कुरा र व्यवहारमा ध्यान दिन सकेमा यसले पारिवारिक जीवन सहज र माधुर्यमय बनाउँछ । यसरी सिर्जना भएको पारिवारिक माधुर्यताले व्यक्तिको सामाजिक जीवनलाई समेत मर्यादित बनाउँछ । पूर्वीय दर्शनले मानिसको हरेक गतिविधिलाई परिवारसँगको सम्बन्ध, समाजसँगको सम्बन्ध र कर्तव्य, राष्ट्रसँगको सम्बन्ध र कर्तव्य तथा प्रकृतिसँगको सम्बन्ध र कर्तव्यसँग जोडेर हेरेको छ । दर्शनका अनुसार मानिसले कुनै पनि कर्म गर्दा यी उल्लेखित सम्बन्ध र कर्तव्यबाट टाढा हुनु हुँदैन । जुन व्यक्तिले आफ्नो अधिकार, कर्तव्य र सम्बन्धबीच त्रिकोणात्मक सन्तुलन कायम गर्न सक्छ, ऊ सदाचारको पथमा सजिलै हिँड्न सक्छ ।
पूर्वीय दर्शनका मुख्य मान्यता दर्शन एक गम्भीर चिन्तन र उच्च बौद्धिकतासँग सम्बन्धित रहेको विषय हो । दर्शनमा ईश्वर, प्रकृति, ज्ञान, विज्ञान, जीव, जगत्, आत्मा, परमात्मा, ब्रह्म आदिको व्यापक विवेचना र तार्किक ढङ्गबाट विश्लेषण गर्ने हुँदा दर्शन विशिष्ट किसिमको मानवीय चिन्तन मानिन्छ । अनादि र अपौरुषेय रचना मानिएको वेदादि श्रुति ग्रन्थहरूमा आधारित पूर्वीय दर्शनका परम्परामा षड्दर्शनका आचार्यहरू कपिल, पतञ्जली, गौतम, कणाद, जैमिनी, वादरायण तथा यिनीहरूका मतानुयायी एवं ती दर्शनका विशिष्ट व्याख्याता टीकाकार भाष्यकार गरी प्रशस्तै विद्वान् ऋषिहरू देखापरेका छन् । जीवन जगत्प्रतिका आ–आफ्ना दृष्टिकोणहरूका आधारमा व्याख्या विवेचनामा भिन्नता आउनाले एउटै मूल श्रुतिबाट जन्मेर पनि पूर्वीय दर्शनमा अनेक भेद देखापरेका छन् । आस्तिक दर्शनभित्र षड्दर्शन बाहेक चैतन्य, पशुपात, व्याकरण आदि आदि अनेक शाखा प्रशाखाहरू पूर्वीय दर्शनमा देखिएका छन् । पूर्वीय दर्शनमा आत्मा, जीव, ईश्वर, प्रकृति, जड, चेतन, सुख, दुःख, आनन्द, ज्ञान, विज्ञान, जन्म, पुनर्जन्म, धर्म, कम, भक्ति, वैराग्य, स्वर्ग, नर्क, मोक्ष आदिसम्बन्धी चिन्तनहरूलाई षड्दर्शनका मुख्य चिन्तनका रूपमा लिन सकिन्छ । यिनै कुराहरू नै पूर्वीय षड्दर्शनका आधारभूत मान्यताहरू हुन् ।
पूर्वीय दर्शनले मुलुकको सार्वजनिक प्रशासनमा पार्ने प्रभाव
पुर्वीय दर्शनलेसहिष्णुता र सद्भाव ,अरुको सम्मान गर्ने, रिस, डाह, इर्ष्या, घमण्ड नगर्ने, भेदभाव नगर्ने, दुःख परेको समयमा सहयोग गर्ने , भाईचारा ,अरुप्रति गरिने आत्मिय व्यवहार, अरुको इज्जत गर्ने, भेदभाव नगर्ने, तेरोमेरो नभन्ने, मानवताको नाता सबैको एउटै भन्ने जस्ता कुराहरुमा जोढ दिने भएकाले मानिसको दिनचर्या, आश्रम प्रबन्ध र कानुनको पालनाजस्ता विषयमा जोड दिन्छ । यसका साथै कुनै पनि मुलुकको शासन व्यवस्था कस्तो हुनुपर्दछ, नागरिक र राज्यबीचको सम्बन्ध, राज्यले नागरिकका लागि पुरा गर्नुपर्ने दायित्व र नागरिकले मुलुकको हित तथा राष्ट्रिय उन्नति र समृद्धिका लागि पूरा गर्नुपर्ने कर्तव्य समेतलाई व्याख्या गरेको छ । व्यक्तिले आफूभन्दा तल परेका (उमेर, पद, सामाजिक प्रतिष्ठा वा आर्थिक हैसियत) हरुसँग विनम्र भाव राखी प्रस्तुत हुन, आफूलाई अरुको नजरबाट पनि हेर्ने बानीको विकास गर्न, व्यक्तिगतभन्दा पनि सामूहिक सम्मान र भावनाको विकास गर्न, सबैसँग भाइचाराको व्यवहार गर्न, कुकर्मलाई त्याग्न र असल कर्मद्वारा मानवीय जीवनलाई ऊर्जामय बनाउन पूर्वीय दर्शनको रसस्वादन गर्नु आवश्यक हुन्छ । यस्तो रसस्वादन लागि व्यक्ति आफैँले शास्त्रीय ज्ञानप्रतिको आकर्षण बढाउनुपर्दछ । व्यक्तिगत स्वार्थमा तँछाडमछाड गर्दै एकअर्काको खुट्टा तान्दै हिँड्ने बानी त्याग्नुपर्दछ । अहंकारी र व्यक्तिगत स्वार्थ मात्र हेर्ने, अरुलाई अपमान गर्ने, सार्वजनिक पद र मर्यादाको दुरुपयोग गर्ने व्यक्तिले क्षणिक लाभ त लिन सक्ला तर अन्ततोगत्वा दीर्घकालमा यस्ताको परिणाम भयावह हुन जान्छ । असल वा खराब कर्मले व्यक्ति तथा सामाजिक जीवनमा पारेको प्रभावलाई विश्वका धेरै सफल वा असफल व्यक्तिको जीवन–कथासँग समेत जोडेर हेर्न सकिन्छ । राज्यले नागरिकका लागि दिने सार्वजनिक सेवामा सरकारदेखि राष्ट्रसेवकसम्मले नीति बनाउँदा होस् वा सेवा प्रवाह गर्दा कसरी सदाचारितालाई मूल मन्त्र बनाउने भन्ने कुरा विभिन्न दृष्टान्तसहित उल्लेख गरेको छ । वेदको निष्कर्ष, गीताको मुल संदेश, बुद्धका चार आर्य सत्य र अष्टाङमार्ग वाट इमानदार, शुद्द आचरण र चरित्रवान प्रशासकहरु तयारगरी उनिहरुको असल कर्मले व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनमा प्रभाव पार्दे मुलुकको सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, निष्पक्ष, समावेशी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सहयोग गर्दछ । नेपालले संघीय लोकतान्त्रिक शासन प्रणालीमार्फत राष्ट्रहित, दिगो शान्ति, विकास र समृद्धिको आकांक्षा हासिल गर्ने सोच लिएको छ । यो सोचलाई मूर्तरुप दिन सामाजिक न्याय र एकता, आर्थिक समानता र श्रमको सम्मान, भ्रातृत्व, सहशासन, सहकार्य, सहअस्तित्व, समावेशी जस्ता सामाजिक–राजनीतिक मूल्यहरुको अवलम्बन राज्यले गर्नुपर्छ ।
लोकतान्त्रिक शासकीय प्रणालीमा राज्य र नागरिक दुवैको अहं भूमिका रहन्छ । मुलुकको शासकीय प्रणालीमा मानवीय मूल्यको आवश्यकता हुनुको कारणहरु समतामूलक समाजको निर्माण गर्न असल नागरिकको पहिचान दिलाउन समयसापेक्ष समाजलाई परिवर्तन एवं रुपान्तरण गर्न सामाजिक न्यायको प्रवर्द्धन गर्न नागरिकमा राज्यप्रतिको दायित्व र अपनत्व बोध गराउन नागरिकलाई आफु र समाजप्रतिको कर्तव्यबोध गराउन नेपालीहरुबीच आपसी सद्भाव, सहयोग र एकताको भावना विकास गर्न राष्ट्रिय एकता प्रवर्द्धन गर्न कला, संस्कृतिको सम्मान, संरक्षण र सम्वर्धन गर्न शान्ति, बन्धुत्व, भाईचारा, नैतिकता, सदाचारिता, सुसंस्कार कायम गर्न सुशासन कायम गर्न मानव जीवनलाई माया, प्रेम, दया, शान्ति र अहिंसाप्रति प्रतिवद्ध बनाउन बहुधार्मिक, बहुजातिय, बहुसांस्कृतिक, बहुभाषिक समुदायबीच आपसी समभाव र सहिष्णुता कायम गर्न राज्यका शासकिय प्रशासकिय एवं व्यवस्थापकिय अंगहरुमा प्रत्येक नेपालीको पहिचान, प्रतिनिधित्व, पहुँच र सहभागिता सुनिश्चित गर्न सबै प्रकारका भेदभावको अन्त्य गरी सम्मानपूर्वक जीवन यापन गर्न मेलमिलाप कायम गर्न ।नेपालको संविधानले लोकतान्त्रिक शासन र मूल्य मान्यतालाई केन्द्र बिन्दुमा राखेको छ । लोकतन्त्र र मानव जीवनलाई नङमासुको सम्बन्धका रुपमा प्रत्याभुत गर्दै मौलिक हककै रुपमा मानवीय मूल्यहरुलाई स्विकार गरेको छ । मानवीय मूल्यले सामाजिक, आर्थिक, सांस्कृति र राजनीतिक मूल्यको प्रवर्धनमा सहयोग पु–याउँछ ।
पूर्वीय दर्शनले दान ,दक्षिणा दिनुपर्ने जस्ता कुरामा यसले सार्वजनिक सेवा प्रवाहमा काम गरेवापत सेवाग्राहीसंग चियापान खाने पैसा माग गर्ने प्रवृति बढाएकाले घुस खाने प्रवृति बढाउको अवस्था बिधमान छ ।
पूर्वीय दर्शनले समाजमा पार्ने प्रभाव
मानिसमा धैर्य, उपकार ,संयम, चोर्नु नगर्नु,पवित्रता,शुद्ध आचरण,विवेक र यथार्थ ज्ञान हुनुपर्छ भनिएको छ र उपायाहरु पनि सुझाइएको छ । जुन बिज्ञान सम्वत छ्न् । अपरिहार्य छन् । ब्यक्तिले त्यी बिशेषता हासिल गर्न सक्दा त्यसले नै दृर्घकालिन, शान्ति, खुसी र आनन्द मिल्छ । असत्यबाट सत्यको नजिक लौजाऊ । अंधकारबाट प्रकाशको नजीक लैजाऊ ।। मृत्युबाट अमरताको नजीक लैजाऊ।“ यो नै जीवनको लागि उत्तम मार्गदर्शन हो । बास्तवमा हामीसँग यस्ता दर्शनको भण्डार नै छ । बाहिर ल्याउन र प्रयोगमा ल्याउन नसकेको मात्र हो ।कुनै पनि व्यक्तिको जीवनको सार्थकता उसले अरुसँग गर्ने व्यवहारले निर्धारण गर्दछ । पूर्वीय दर्शनले व्यक्तिमा हुने अहंकार, काम, क्रोध, लोभ र मोहलाई त्याग गर्नका लागि स्वमूल्यांकनमा जोड दिएको छ । स्वमूल्यांकन र सदाचारिताबीच सकारात्मक सम्बन्ध रहेको हुन्छ । स्वमूल्यांकन गर्न सक्ने व्यक्ति अनुशासित त हुन्छ नै साथै अरुलाई सम्मान गर्ने, आफ्नो कर्तव्यमा नचुक्ने, सबैसँग मित्रवत् व्यवहार गर्न सक्ने हुन्छ । कुनै पनि सार्वजनिक पदमा रहेको व्यक्तिमा यो गुण रहेमा उसले दिने सेवा प्रवाहले समेत सार्वजनिक जीवनमा सकरात्मक सम्बन्ध विस्तार गर्दै मुलुकको सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, निष्पक्ष, समावेशी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सहयोग गर्दछ ।
निष्कर्ष
पूर्वीय दर्शनको मूल सार भनेकै उत्कृष्ट नागरिक बन्नु, समुन्नत राज्य निर्माण गर्नु हो । जसका लागि हरेक नागरिक आफ्नो जिम्मेवारीप्रति निष्ठावान् हुनुपर्दछ । सकारात्मक सोचको विकास गर्नुपर्दछ । सदाचारितामा सदा समर्पित हुनुपर्दछ । अरुलाई सम्मान गर्नुपर्दछ । असल कर्म नै समुन्नतिको आधार हो भन्ने सोचको विकास गर्न सक्नुपर्दछ । यसका साथै सार्वजनिक पदमा रहेका पदाधिकारीहरुले अनावश्यक लोभ, लालच त्यागेर राज्यको नीति नै आफ्नो नीति मानेर कर्म गर्ने र सदाचारितालाई मूल मन्त्र बनाउन सकेमा पूर्वीय दर्शनको ज्ञानलाई व्यवहारमा उतार्न सकिन्छ । पूर्वीय दर्शनलाई सही रुपमा बुझेर रसपान गर्न सकेमा यसले हरेक नागरिकलाई व्यक्ति, परिवार, समाज र राष्ट्र सबैको हितमा कर्मशील बनाउनुको साथै हरेक तह र तप्कासँगको सम्बन्ध विकास, विस्तार र कर्तव्य पालना गर्न सक्ने समेत बनाउँछ ।
पूर्वीय दर्शनमा नश्वरतालाई दुःखको कारण मानिएको छ। संसार आवागमन, जन्म–मरण र नश्वरताको केन्द्र छन्। यस अविद्याकृत प्रपञ्चबाट मुक्ति पाउन नैं मोक्ष छ। प्रायः सबै दार्शनिक प्रणालीहरूले संसारका दुःख मय स्वभावलाई स्वीकार गरे छ र यसले मुक्त हुनेको लागि कर्ममार्ग या ज्ञानमार्गको बाटो अपनाएको छ। मोक्ष यस प्रकार जीवनको अन्तिम परिणति हो। यसलाई पारपार्थिक मूल्य मानेर जीवनका परम उद्देश्यका रूपमा स्वीकार गरिएको छ। मोक्षलाई वस्तुसत्यका रूपमा स्वीकार गर्न कठिन छ। फलतः सबै प्रणालीहरूमा मोक्षको कल्पना प्रायः आत्मवादिएको छ। अंततोगत्वा यो एक वैयक्तिक अनुभूति नैं सिद्ध हुन पाउँछ। पूर्वीय र पाश्चात्य चिन्तन परम्पराका सकारात्मक एवम् व्यवहारिक आयामहरूको समन्वयात्मक दृष्टिकोणलाई अनुसरण गर्दा मानव कल्याण समाज, विकास र विश्व शान्ति प्राप्त गर्न सकिन्छ ।
पूर्वीय दर्शन र सभ्यताबाट पाठ सिकेर दयनिय अवस्थामा रहेको नैतिकता र सादाचारयुक्त कार्यसंस्कृति अभाव रहेको राष्ट्रिय एकता, भ्रातृत्व, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताको सम्मानमा एकरुपता कायम हुने अवस्था कमजोर रहेको अवस्थामा मानविय मूल्यहरु आत्मसाथ गर्दै आफु र समाजप्रति इमान्दार बनाउन सक्ने देखिन्छ ।धर्म, संस्कार, संस्कृति, कला र साहित्य संग जोडिएको पूर्वीय चिन्तन परम्परामा मानवको चरित्र र सामूहिकतालाई महत्त्व दिएको हुन्छ भने पाश्चात्य चिन्तन परम्परामा वैज्ञानिक खोज, आधुनिक प्रविधि, आलोचनात्मक चेतसहितको ज्ञान र तर्कशास्त्रलाई विशेष प्राथमिकता दिएको हुन्छ । यी दुवै बेग्लाबेग्लै चिन्तन परम्पराको सकारात्मक र व्यवहारिक पक्षको समन्वयात्मक प्रयासबाट अघि बढ्नसकेमा विश्वव्यापी शासन प्रणालीबाट नेपालले पर्याप्त लाभ लिनसक्ने देखिन्छ ।सत्य र अहिंसाको भावना मर्दै गएको शान्ति र सद्भावको अवस्था कमजोर रहेको अपराधका नयाँ नयाँ शृंखला बढ्दै गएको जाति, धर्म एवं क्षेत्रिय सम्प्रदाय जस्ता विषयमा राजनीतिकरण हुने गरेको हिंसा, हत्या, बलात्कार, यौनदुर्व्यवहार जस्ता घटना बढ्दै गएको भ्रष्टाचार मौलाएको नैतिकता, एवं लोकतान्त्रिक मूल्य मान्यतामा ह्रास आएको मानवीयता दिनप्रतिदिन दयनीय बन्दै गएको विकृति, विसंगति एवं सामाजिक विचलन बढ्दै गएको अवस्थामा पूर्वीय दर्शन र सभ्यताबाट पाठ सिकेर अघि बढ्नुपर्ने आवश्यकता रहेको छ । (उप्रेती नेपाल सरकारका उपसचिव हुन।)