७२.१४ अंक ल्याएका रुपन्देहीका पौडेल केयूकेएलका नयाँ हाकिम

६ महिनादेखि रिक्त रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलको नयाँ प्रमुख कार्यकारी अधिकृतमा रुपन्देही ७ का अशोक कुमार पौडेललाई नियुक्तिका लागि छनौंट गरिएको जनाइएको छ । रिक्त रहेको लिमिटेडमा नियुक्तिका लागि २३ असोज २०८० मा सीईओ छनोट गर्न खुला प्रतिस्पर्धा आह्वान गरेको थियो । उक्त सूचनापछि ४ पुससम्म आठजना सर्ट लिस्टेड भएका थिए । तिनमा इन्जिनियर अर्जुनबाबु ढकाल, अशोककुमार पौडेल, इन्जिनियर उमेशबाबु मरहट्टा, डा इन्जिनियर डोलप्रसाद चापागाईं, इन्जिनियर दीपेन्द्रकुमार देव, प्रकाशकुमार राई, इन्जिनियर रमेश केसी र राजेन्द्र श्रेष्ठ रहेका थिए ।

बिज्ञापन

केयूकेएलको सीईओका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट इन्जिनियरिङ, व्यवस्थापन, वित्त, वाणिज्य तथा सार्वजनिक प्रशासनमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर गरेको र कुनै सरकारी संस्था वा प्रचलित कानुन बमोजिम दर्ता भएको संगठित संस्था वा अन्तर्राष्ट्रिय संघसंस्थाको अधिकृत स्तरको पदमा कम्तीमा १० वर्ष कार्य गरेको अनुभव हासिल गरेको हुनुपर्ने योग्यता तोकिएको थियो । ती आठ जनामध्ये अशोककुमार पौडेलले सबैभन्दा धेरै ७२ दशमलव १४ अंक प्राप्त गरी उनी नै सिइओ छानिएको जनाइएको छ । यस्का अलवा इन्जिनियर उमेशबाबु मरहट्टाले ७१ दशमलव ०१, इन्जिनियर डोलप्रसाद आचार्यले ७० दशमलव ८८, इन्जिनियर अर्जुनबाबु ढकालले ७० दशमलव २१, राजेन्द्र श्रेष्ठले ६९ दशमलव २९, इन्जिनियर रमेश केसीले ६९ दशमलव १२ र प्रकाशकुमार राईले ६६ दशमलव ९१ अंक पाएको जनाइएको छ ।

बिज्ञापन

यता सिइओ नियुक्ति प्रक्रिया अगाडि बढिरहँदा सञ्चालक समिति सदस्यहरुमाथि एडभान्स घुस लिएको आरोप अख्तियारमा पुगेको थियो । गत ११ पुसमै केयूकेएलमा आर्थिक प्रभावमा परी सीईओ नियुक्त गर्न लागिएको भन्दै अख्तियारमा उजुरी दर्ता भएको थियो ।उजुरीकर्ताले अख्तियारमा दिएको उजुरीमा ‘केयुकेएलका ६ जना सञ्चालकले जनही ५ लाख रुपैयाँका दरले ३० लाख एडभान्स घुस बुझिलिई सीईओ पदमा नियुक्त गर्न लागेको आरोप लगाइएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लोकसेवा प्रक्रियामाथि सीधा प्रहार, कारागार विभागका डीजी–निर्देशकको सोलुखुम्बु ‘दबाब दौड’

सरकारविरुद्ध मुद्दा हाल्ने डीएफओमाथि प्रशासनिक कारबाही, निर्देशनालयमा तानियो

सामान्यको सुशासन : शाखा अधिकृतलाई धमाधम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

४ उपसचिव,३८ शाखा अधिकृतको सरुवा, १८ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

किराना र कस्मेटिक पसल अनुगमनमै बित्यो डिजी ज्ञवालीको चार महिना

सशस्त्रका तीन एआईजीको सरुवा

नयाँ मापदण्डले पनि भत्किएन भिजिट भिसाको सेटिङ,त्रिवि अध्यागमनबाट हटाइए दुई अधिकृत

श्रमिक ठगी न्यूनीकरण र सूचनामा पहुँच बढाउन ‘हेल्प टु हेल्प डेस्क’

बिशेष