भ्रष्टाचार मुद्धामा प्रमुख प्रशासकीयसहित चारै जनालाई सफाई

हुम्लाको अदानचुली गाउँपालिकाका अधिकृतसहित चार जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । बर्ष दिन अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका कार्यकारी अधिकृत टकदत्त प्याकुरेलसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले अदानचुली गाउँपालिकाका वडा नम्बर १ थलान्नादेखि कल्खेसम्म र वडा नम्बर ४ को लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा ठेकेदारले फिल्डमा गरेको वास्तविक कामभन्दा नापी किताबमा बढी काम देखाई,झुट्टा बिल बनाएर भुक्तानी गरेको आरोपमा उनीसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

फिल्डमा गरेको भन्दै धेरै देखाई भ्रष्टाचार अभियोग लागेका अधिकृत टकदत्त प्याकुरेल, इन्जिनियर मकरध्वज शाही र सबइन्जिनियर विनोद थापाविरुद्ध अख्तियारले २१ लाख ४७ हजार ४९२ रुपैयाँ ७३ पैसा मागदावी राख्दै मुद्धा चलाएकोमा ठेकदार गणेश भण्डारीसहित चारै जनालाई बिशेष अदालतले सफाइ दिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

सिडियोलाई गृहको परिपत्र: ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

भोटेकोशी बाढी : ७१ कर्मचारी ६८ सुरक्षाकर्मी वेपत्ता

विद्युतका ४७ कर्मचारी वेपत्ता

“जलवायु अनुकूलता र स्थानीय शासन: समुदायमै आधारित समाधान”

विपत्तिमा चार वाणिज्य बैंक वेपत्ता

पहिलो ‘पोस्टिङ’मा टिमुरे पुगेका आयुष बिलाए बाढीमा

बिशेष