सरकारी कर्मचारीलाई आगामी बर्ष ८८ दिन सार्वजनिक बिदा

सरकारी कर्मचारीहरुले आगामी बर्ष ८८ दिन सार्वजनिक बिदा पाउने भएका छन् । गृह मन्त्रालयले आगामी बर्षको सरकारी तथा सार्वजनिक विदाको सूचना राजपत्रमा प्रकाशित गरेर आगामी बर्षको पर्व तथा सार्वजनिक बिदाको जानकारी दिएको छ । सो सूचना अनुसार आगामी बर्ष शनिवार विदा ५३ दिन परेको छ ।

बिज्ञापन

यस्तै,यस्तै ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । जसअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा समेत छ ।

बिज्ञापन

पर्व बिदामा वैशाख १,रामनवमीको अवसरमा ५ वैशाखमा सार्वजनिक बिदा दिइएको छ ।

वैशाख पूर्णिमाको अवसरमा वैशाख १० गते सार्वजनिक बिदा दिइएको छ । यस्तै,भदौं ३ गते रक्षाबन्धन,भदौं १० गते श्रीकृष्णजन्माष्टमी पर्वको अवसरमा पर्व बिदा दिइएको छ । घटस्थापना १७ असोजमा परेको छ र सो दिन सार्वजनिक बिदा दिइएको छ । असोज २४ गतेदेखि दशैं बिदा दिइएको छ असोज २८ सोमबारसम्म दशैं पर्वको बिदा दिइएको उल्लेख छ ।

बिज्ञापन

यस्तै,तिहार पर्वको अवसरमा १५ कार्तिकदेखि १९ गतेसम्म बिदा हुनेछ । कार्तिक २२ छठपर्व,क्रिसमस डे पुस १०,३० मंसिर धान्य पूर्णिमा,१५ पुस तमु ल्होसार,माघे संक्रान्ति,१७ माघ सोनम ल्होसार,१४ फागुन महाशिवरात्री पर्वको अवसरमा बिदा हुनेछ । आगामी वर्ष पृथ्वी जयन्ती र सहिद दिवसमा सार्वजनिक विदा थप गरिएको गृह मन्त्रालयले जनाएको छ । आगामी २०८१ साल मुलुकभर दिइने सार्वजनिक बिदामा वैशाख १ गते नयाँ वर्ष, वैशाख ५ गते रामनवमी, वैशाख १९ गते विश्व मजदुर दिवस, जेठ १० गते बुद्ध पूर्णिमाको दिन सार्वजनिक बिदा घोषणा गरिएको छ ।

जेठ १५ गते गणतन्त्र दिवसको दिन सदाझै बिदा दिइएको छ ।

 

2081 bida

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

अष्ट्रेलियामा सेकुवा बनाउँदै, नेपालमा तलब खाइरहने सरकारी डाक्टर

त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

डोल्मालाई ८८ करोड कर छुटदिएपछि मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज

नक्कली प्रमाणपत्रले सरकारी जागिर खाएको सब–इन्जिनियर विशेष अदालतमा तानिए

भन्सारको संसार,विकृती भरमार

बिशेष