स्वास्थ्य पछि शिक्षाका हाकिम निलम्बन गर्ने बालेनको तयारी

स्वास्थ्य शाखा प्रमुखलाई निलम्बन गरेको घटना सेलाउन नपाउँदै काठमाडौं महानगरका मेयर वालेन साहले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ ।

बिज्ञापन

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी भर्ति गर्दा कार्यपालिकाको निर्णय किर्ते गरेको फेला परेपछि स्वास्थ्य विभाग प्रमुख पौडेल निलम्बनमा परेका थिए । उनको निलम्बन अझै फुकुवा भइसकेको छैन । स्वास्थ्यको काण्ड सेलाउन नपाउँदै शिक्षाका हाकिम पनि निलम्बनमा पर्न लागेका हुन ।

बिज्ञापन

पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको हुन । मेयरको नेतृत्वमा रहेको नगर शिक्षा समितिलाई भएको अधिकार शिक्षा विभाग प्रमुख कोइरालाले प्रयोग गरेको तथ्य भेटिएपछि उनी निलम्बनमा पर्ने जस्तै निश्चित देखिन्छ ।

कोइरालाले २०७९ चैत २८ गते नगर शिक्षा समितिले निर्णय गरेको भन्दै विद्यालयमा असार २० विज्ञान विषयमा कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र पठाएका थिए । तर शिक्षा समितिले त्यस मितिमा निर्णय नगरेको पाइएको शाहको सचिवालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कविता : कालो इतिहासको अवसान

मुख्य भन्सार प्रमुखहरुको सरुवा

लगनखेल मालपोत ‘कमाइको अड्डा’: सरुवा कागजमै, नासु बस्नेतको रजगज यथावत्

थवाङ यात्रामा जनयुद्ध र माओवादी कमरेडलाई यसरी सम्झियौ

स्वकीय सचिवको सुविधा निरन्तरता दिन सामान्यको परिपत्र

रास्वपाबाट समानुपातिक सूचीमा चन्द्र ढकालका छोरादेखि विदुषी राणासम्म

उद्योग विभागका महानिर्देशक परिवर्तन

तीन महिनामै गृहसचिवको सरुवा, कारण ‘सूचना चुहावट’?

बिशेष