१० माघदेखि भिजिट भिसामा नयाँ नियम

सरकारले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानका लागि नयाँ नियम लागू गरेको छ । भिजिट भिसामा यात्रा गर्दा सहजीकरणको लागि यसअघि जारी भएको निर्णय खारेज गर्ने गर्दै अध्यागमन विभागले नयाँ व्यवस्था गरेको हो ।

बिज्ञापन

जस अनुसार,जसअनुसार यात्रा अनुमति पाउन कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्नेछ । यस्तै सम्बन्धित देशको प्रवेशाज्ञा वा अनअराइभल प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने व्यवस्था गरिएको छ । यस्तै दुईतर्फी हवाई टिकट हुनुपर्ने, भ्रमण अवधिभर होटेल बुकिङ गरेको प्रमाण वा होटेल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र हुनुपर्ने छ ।

बिज्ञापन

 

सरकारले माघ १० गतेदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानका लागि आवश्यक पर्ने कागजातबारे स्पष्ट पार्दै भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण पनि हुनुपर्ने भनेको छ । यस्तै संयुक्त अरब ईमिरेटस्, बहराईन, कुवेत, कतार, ओमन र साउदी अरेवियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वःघोषणा गर्नु पर्ने र स्वःघोषणामा संलग्न विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमा रहने नयाँ व्यवस्थामा उल्लेख छ ।

बिज्ञापन

यस्तै सरकारले भिजिट भिसाको नाममा दलाल तथा एजेन्टहरूलाई अनावश्यक रकम नदिन पनि अनुरोध गरेको छ । विदेशमा रहेका आफ्ना आफन्तलाई भेट्ने वा पर्यटकको रूपमा विदेश घुम्ने उद्देश्य लिई नेपालबाट विदेश प्रस्थान गर्नेले दलालहरूलाई पैसा नदिन आग्रह गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहरी विकास मन्त्रालय : सुधारको परीक्षा कि पुरानै सेटिङको निरन्तरता?

भक्तपुर मालपोत कार्यालयमा बिचौलिया–सेटिङ र घुस असुलीको जालो, करोडौँको चलखेलको आरोप

किन भुत्ते भए भ्रष्टाचार नियन्त्रणका लागि खडा भएका सरकारी संयन्त्र ?

प्राविधिकतर्फका चार शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

घुसकाण्डसँग जोडिएका व्यक्ति पुनः विभागमा, भाइ–दिदी भित्र्याउँदै महानिर्देशक

निर्वाचन सुरक्षामा उच्च सतर्कता, सशस्त्र प्रहरी पूर्ण तयारीमा

सार्वजनिक जग्गा हडपिएको आरोप: काभ्रे र सिन्धुलीमा भूमाफियाविरुद्ध उजुरीको तयारी

सहसचिवको लिखित नतिजा सार्वजनिक,न्याय सेवाबाट ‘ह्याट्रिक हान्ने दाउमा’ केदार

बिशेष