नङ किन फुल्छ ?

मानिसका हात तथा औँलाका नङमा कहिलेकाहीँ सेतो दाग देखिने गर्छ। पुरानो मान्यताअनुसार यसलाई नङ फुलेको भन्ने गरिन्छ।

बिज्ञापन

बाल्यकालमा नङ फुल्नु नयाँ लुगा लगाउन पाइने सङ्केतको रुपमा बुझ्ने गरिन्थ्यो। खासमा नङमा देखिने सेतो दाग के हो त?

बिज्ञापन

नङ केही समय फुल्ने र पछि आफैँ हराएर जाने गर्छ। तर कतिपय अवस्थामा नङ फुल्नुले स्वास्थ्यको अवस्था पनि बताउने गर्दछ।

चिकित्सकका अनुसार शरीरमा कुनै पनि रोग वा सङ्क्रमण भएमा यसको प्रभाव नङमा देखिन थाल्छ।

बिज्ञापन

नङमा सेतो दाग देखिनुको कारण ल्युकोनिचिया भएको चिकित्सकहरू बताउँछन्।

यसबाट नङ बिग्रन्छ र रंग पनि परिवर्तन स्वरूप सेतो थोप्लो जस्तो देखिने गर्छ। ल्युकोनिचिया नङको चोटको कारण पनि हुनसक्छ।

यस्तो छ नङ फुल्नुको कारण:
नङमा एलर्जी, फङ्गल सङ्क्रमण, नङको चोट, खनिजको कमीका कारण नङ फुल्ने अर्थात् नङको एक छेउमा सेतो सानो थोप्लो जस्तो देखिन्छ।

यसको कारणका रूपमा पछिल्लो समय प्रयोग गरिने शृङ्गार जसमा कृत्रिम नङको प्रयोग, नेल पोलिस, ग्लोस र नेल पोलिस रिमूभरको एलर्जीले पनि नङमा सेतो दाग देखिन सक्छ।

त्यस्तै फङ्गल इन्फेक्सन, शरीरमा खनिज वा भिटामिनको कमी र क्याल्सियमको कमीको कारण पनि नङमा सेतो दाग देखिन सक्छ।

नङमा आउने सेतो धब्बाले शरीरमा प्रोटिन, जिंक र भिटामिन बी को कमी दर्शाउँछ।

यसको अलावा नङमा सेतो धब्बा किड्नी वा कलेजोसँग जोडिएको बिरामीको संकेत गर्दछ।

यो ब्लड प्रेसर, हड्डीको कमजोरी र तनावका कारणले पनि हुने गर्दछ । यदि तनावका कारण यो धब्बा आएको भए यसलाई मेडिटेसन मार्फत कम गर्न सकिन्छ।

यस्तो बेलामा भिटामिन ई वा लोसनले हातलाई मोइस्चराइज गर्ने, भिटामिन सी युक्त फलफूल खाने।

जिंक, आइरन, सल्फरयुक्त खानेकुरा र क्याल्सियम, प्रोटिन, भिटामिनयुक्त खानेकुरा प्रशस्त मात्रामा खान चिकित्सकहरू बताउँछन्। यसका साथै सुन्तलाको जुस, दूध पनि खान सकिन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

बिशेष