संवादहीनता तोड्दै एमाले सचिव भट्टको घरमा पुगे प्रचण्ड

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका सचिव लेखराज भट्टको अत्तरियास्थित घरमा पुगेका छन् ।

बिज्ञापन

तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनका बेला भट्ट केपी शर्मा ओलीतिर लागेपछि दुई नेताबीच सम्वाद टुटेको थियो । कतिसम्म भने प्रचण्डले सार्वजनिक मञ्चमै भट्टलाई ‘दलालको पनि दलाल’को संज्ञा दिएका थिए ।

बिज्ञापन

तर आइतबार आफैं भट्टको घरमा पुगेका हुन् । नेताहरुको यो भेट दुबै पक्षको रुचिमा भएको हो । माओवादीका स्थानीय नेताहरुसँग सम्वादमा रहेका भट्टले प्रचण्ड सुदूरपश्चिम आउँदा आफ्नो घरमा स्वागत गर्न तयार रहेको सन्देश पठाएका थिए । त्यो सूचना पाएपछि सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा जाने क्रममा प्रचण्ड भट्टको घरमा जान तयार भए ।

‘प्रधानमन्त्रीज्यूले हिजो बिहान उहाँ (भट्ट) लाई फोन गरेर म आउँदैछु । तपाईंको निवासमा चिया पिएर महेन्द्रनगर जान्छु भन्नुभएको थियो’, एमाले सचिव भट्टका स्वकीय सचिव हितेश ओझाले भने, ‘प्रधानमन्त्री घरमा आउनुभएपछि अतिथिका रुपमा स्वागत गर्नुभएको हो । यो नितान्त पारिवारिक भेटघाट हो ।’

बिज्ञापन

भेटपछि प्रधानमन्त्री प्रचण्डले समेत भट्टको घरसँग आफ्नो ४० वर्षदेखि सम्बन्ध रहेकाले आएको बताए । ‘यहाँमाथि एउटा म बस्ने कोठा छ, जहाँ मैले खाने बस्ने गर्थें’, भेटपछि पत्रकारहरुसँग प्रचण्डले भने, ‘त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

अर्काे सहसचिवले पनि दिए राजीनामा

उपत्यकाको ९ पालिका प्रमुखसहित ३५ उपसचिवको सरुवा

बिशेष