पाकिस्तानमा तालिमप्राप्त नेपाली सैनिक अधिकृतको भेला

पाकिस्तानमा सैन्य तालिम लिएका नेपाली सेनाका पूर्वअधिकृतहरुको काठमाडौंमा भेला भएको छ । पाकिस्तानी सशस्त्र बलका विभिन्न संस्थाबाट तालिमप्राप्त उनीहरुको भेला नेपालस्थित पाकिस्तानी राजदूतावासले हिजो आयोजना गरेको हो ।

बिज्ञापन

भेलामा भूतपूर्व प्रधानसेनापति गौरवसमशेर राणा प्रमुख अतिथि र अर्का भूतपूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री विशेष अतिथि थिए । पाकिस्तानको राष्ट्रिय रक्षा विश्वविद्यालय ९एनडीयु० का पदाधिकारी पनि भेलामा सरिक थिए ।

बिज्ञापन

दूतावासका रक्षा सहचारी मोहम्मद अली अल्भीले नेपाल र पाकिस्तानी सेनाबीचको सोहार्द्रपूर्ण सम्बन्धबारे चर्चा गर्दै नेपाली सेनाको क्षमता विकासलगायत कार्यमा पाकिस्तानको निरन्तर सहयोग रहने प्रतिबध्दता जनाए । त्यस्तै, प्रमुख अतिथि राणाले पाकिस्तानी संस्थामार्फत नेपाली सेनाको क्षमता अभिबृध्दिले समग्र सेनामा ठूलो मूल्य बोकेको बताए ।

भेलामा नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हास्मीले दुवै देशका जनता, सरकार र सेनाबीच आपसी विश्वास र द्विपक्षीय सहअस्तित्वको सहकार्यले सम्बन्ध बलियो बनाउने उल्लेख गरे । दुई मुलुकका सेनाबीचको सम्बन्ध निरन्तर विकसित हुने र यसले नयाँ उचाई छुने उनको विश्वास छ ।

बिज्ञापन

राजदूतले पाकिस्तानमाथि भारतको अप्रत्यासित आक्रमणको निन्दासमेत गरे । भारतले अन्तर्राष्ट्रिय नियमविपरीत पाकिस्तानको सार्वभौम सत्तामा धावा बोलेको र संयुक्त राष्ट्र संघको बडापत्रको धारा ५१ अनुसार सबै शक्तिको प्रयोग गरेर स्वतन्त्रता र सार्वभौम सत्ता जोगाइने उनको ठहर छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रहरीका इन्सपेक्टर रंगेहात पक्राउ

ज्वाइँको कापी ससुराले जाँचेर गराए पास,छानबिन प्रतिवेदन पेश गर्न सतर्कता केन्द्रलाई निर्देशन

गाउँपालिकामा निमित्तको राज निमिट्यान्न पार्दै सरकार,४१ नगरपालिकामा अझैं छैनन् प्रमुख प्रशासकीय

सामान्यमा ‘रैथाने’ कर्मचारीको रजगज,नयाँ सरकारले चलाउने देखाएन हिम्मत

सिंहदरबारभित्र ‘रजगज’ गर्दै आएका कर्मचारीलाई खटाइयो स्थानीय तहमा (सरुवा सूचीसहित)

चैत्र मसान्तभित्रै कार्यविवरण अद्यावद्यिक गर्ने सामान्य प्रशासनको परिपत्र

मुख्य सचिवको कडा परिपत्र : कार्यालयमा भ्रष्टाचार भएमा प्रमुख पहिलो जिम्मेवार

पूर्वमन्त्रीको घुसकाण्डको छानबिन गर्न सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन

बिशेष