प्रशासन
लोकसेवा आयोगले सहसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले लेखापरीक्षण,प्रशासन,परराष्ट्र,न्याय सेवाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजा अनुसार न्याय सेवा,न्याय उपसमूहतर्फ आन्तरिक प्रतिष्प्रर्धाबाट १ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित ४२ जनामध्येबाट ३ जना छनौंट भएको आयोगले जनाएको छ । यस्तै,न्याय सेवा सरकारी वकिलसमूहतर्फबाट आन्तरिक प्रतिष्प्रर्धाबाट १ जना माग […]
दुई महिना अगाडि नै शाखा अधिकृतबाट उपसचिवमा बढुवा सिफारिस भए ४४ कर्मचारी । बढुवाको सूची प्रकाशन भए पछि केही कर्मचारीहरु लोकसेवा आयोग पुगे,उजुरी बोकेर । सोही कारण बढुवा सिफारिस भएर पनि नियुक्ति लिन पाएका थिएनन् । तर आयोगले केही कैफियत नभेटे पछि सोही बढुवा सूची कायम भएको छ । गत माघ पहिलो साता बढुवा सिफारिस […]
गत बर्ष केन्द्र सरकारले गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनमा तजबिजी खर्च कटौती गर्ने निर्णय गरेको थियो । संघ सरकारले गृहमन्त्री र सचिवको सुराकी खर्च खारेज गरे पनि मधेश प्रदेशमा भधने सुराकी खर्च लिइरहेको तथ्य सार्वजनिक भएको थियो । नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा गत बर्ष सुराकी खर्च कटौती गर्ने निर्णय क्याविनेटबाट भएको थियो । २०५० सालदेखि […]
पूर्व सञ्चारमन्त्री,पूर्व स्वास्थ्य मन्त्रीदेखि हाइप्रोफाइलवाला मुख्यसचिवसँग समेत बयान लिइरहेको अख्तियारले अर्काे ठूला माछासँग पनि बयान लिएको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएका छन् । अधिकारी अख्तियारमा पुगेर गत बिहिबारदेखि बयान दिएका हुन । उनीसँग अख्तियारले २० घण्टा भन्दा बढी समय लगाएर अन्तिम बयान लिएको अख्तियारले जनाएको […]
हालसम्मका २६ मुख्यसचिवमध्ये अधिकांश बाहुन, क्षेत्री र नेवार समुदायबाटै । त्यसमा पनि राजनीतिक नेतृत्वले जस्केलाबाट निजामती कर्मचारीहरुको सर्वाेच्च पदमा पुर्याउने,मुख्य सचिवले आफू पछिको मुख्य सचिव नियुक्तिमा विचौलियाको काम गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । २३ औं मुख्यसचिवका रूपमा तामाङ समुदायबाट नाम कोर्ने सुनौलो अवसर थियो धनबहादुर तामाङलाई । जसै सोमलाल सुवेदी मुख्यसचिव पद त्यागेर सहसचिवस्तरको […]
मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षा शाखा अधिकृत बेगबहादुर काफ्लेको एउटा यौन लीला यतिबेला सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । स्थायी नियुक्ति लिएको ३ वर्ष अन्यत्रै कार्यरत कानेपोखरीकी प्राथमिक शिक्षिकाको घरपायक सरुवा मिलाइदिँदा काफ्लेले यौन प्रस्ताव राखेपछि सो काण्ड छताछुल्ल भएको हो । ती शिक्षिकाले त्यस्तो गर्न नसक्ने बरु आर्थिक रूपमा के–कति खर्च लाग्छ व्यहोर्छु भनेकी थिइन् […]
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापन, सरुवा वा काम काजमा खटाउने सम्बन्धी कार्यविधिको दोश्रो संशोधन गरेको छ । जसअनुसार ९ वटा जिल्लाको बर्गीकरण हेरफेर गरिएको छ । क बर्गमा पाँच वटा जिल्लाहरु थपिएका छन् । यस अघि १२ वटा जिल्लालाई क बर्गमा राखिएकोमा अब १७ वटा जिल्लालाई क बर्गमा राखिएको छ । जहाँ सहसचिव तहका […]
सरकारका लागि सबैभन्दा कष्टकर र चुनौतिपूर्ण बन्दै गएको छ स्थानीय तहमा कर्मचारी परिचालन । ऐन,नियम नहुँदा स्वेच्छाचारी ढंगले कर्मचारी खटन पटन गरिँदा अहिले ७५३ स्थानीय तहमध्ये झण्डै २५ प्रतिशत पालिका निमित्त हाकिमका भरमा चल्दै आएका छन् । महानगरपालिका,उपमहानगरपालिकामा सहसचिव,नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत खटाउनु पर्ने व्यवस्था भए पनि देशभरका २४६ स्थानीय तह प्रमुख प्रशासकीय […]
पृष्ठभूमिः स्टीम शिक्षा विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित विषयका अवधारणाहरुलाई एकिकृत गरी कार्यान्वयनमा ल्याइएको बहुआयामिक शिक्ष पद्दति हो । स्टीम शिक्षाले आधारभूत विद्यार्थीहरूमा सिर्जनशीलता, समस्या समाधान, आलोचनात्मक विश्लेषण, स्वतन्त्र सोचाई तथा समूहगत रूपमा काम गर्ने क्षमता तथा सीप विकास गर्दछ ।प्रविधिको विकाससँगै परम्परागत शिक्षालाई पनि परिमार्जन गरी प्रयोगात्मक तथा व्यवहारिक शिक्षा र सिकाईमा जोड दिन […]
कार्यालयको फाइल बोकेर कोही कर्मचारी किन होटल होटलमा दौडन्छ ? कार्यालयमा कम र होटलमा बढी भेटिन्छन्,त्रिपुरेश्वरका एक कर्मचारी । तिनै कर्मचारीबाट उद्योगी र व्यवसायीहरुले हैरानी खेप्नु परेको गुनासो उद्योग विभागको हाकिमसम्म नपुगेको होइन तर हाकिमले पनि उनलाई छुन वा चलाउन सकिरहेका छैनन् । यसरी त्रिपुरेश्वरस्थित उद्योग विभागमा बसेर उद्यमीहरुलाई त्राहीमाम बनाउने अधिकृत हुन बसन्त बहादुर […]