सहसचिव रुद्रमान सिंह तमाङलाई ५० हजार धरौटीमा छुटेका छन् । अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले गत ६ फागुनमा मेलम्ची खानेपानी परियोजनामा भएको भ्रष्टाचार मुद्धामा तमाङलाई समेत प्रतिवादी बनाउँदै विशेषमा मुद्धा दायर गरेको थियो । अध्यागमन विभागका महानिर्देशकको भूमिकामा रहेका तामाङ भ्रष्टाचार मुद्दामा मुछिएसँगै निलम्बनमा परेका थिए । अख्तियारले मेलम्ची खानेपानी आयोजनाको तत्कालीन बोर्ड सदस्य रहेका बेला […]

डेढ लाख घुस प्रकरणमा पक्राउ परेकी पोखरा महानगरपालिकाको सब इञ्जिनियर उषाकिरण रोकाया तारेखमा छुटेकी छिन् । पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत सब इन्जिनियर उषाकिरण र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर चैत २८ गते घुससहित पक्राउ परेका थिए। पोखरा ५ पर्स्याङबाट उनीहरु पक्राउ परेका थिए । घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा घुस लिइएको […]

शासन र संयन्त्र प्रणालीका अभिन्न अङ्ग हुन्। शासनको इच्छा अनुसार प्रणालीमा संयन्त्रहरूको विनिर्माण हुन्छ। संयन्त्र शासनसँग होइन प्रणालीसँग बढी नजिक हुने गर्छ। शासन र प्रणाली अर्थ उस्तै जस्तो लाग्छ। तर ,शासनसँग शक्ति, पैसा र पद हुन्छ। प्रणालीसँग नीति। त्यसैले शासन र प्रणालीलाई जोडेर शासन प्रणाली भनिन्छ। यी दुवै वैकल्पिक होइनन्। अभिन्न हुन्। जब शासनले प्रणालीलाई […]

आज बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न पाँच निर्णय गरेको छ । जसमा ३ जना सचिवमा नियुक्त भएका छन् भने एकलाई कामु सचिवको जिम्मेवारी दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् मन्त्रिपरिषद् बैठकले नेपाल लेखा परीक्षण सेवा समूहतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा बैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको हो । यस्तै नेपाल प्रशासन सेवा समूहतर्फको राजपत्राङ्कित […]

सरकारले सहसचिव गोविन्दबहादुर कार्कीलाई बागमती प्रदेश सरकारको कायममुकायम (कामू) प्रमुख सचिवको जिम्मेवारी दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त प्रदेश प्रमुख सचिवमा कार्कीलाई खटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए। मन्त्री शर्माले भने, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको प्रमुख […]

सरकारले सहसचिव केदारनाथ शर्मालाई सचिवमा बढुवा गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम राया महालेखापरीक्षकमा नियुक्त भएसँगै रिक्त भएको सचिव पदमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशका कायममुकायम प्रमुख सचिव शर्माको नाम एकल सिफारिस भएको हो। ५औं पटक ज्येष्ठताको आधारमा सचिव बढुवा हुने व्यवस्था भएका कारण उनको नाम एकल रुपमा बढुवाका लागि […]

सरकारले सहसचिव वैकुण्ठ बहादुर अधिकारीलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव वैकुण्ठ बहादुर अधिकारीलाइ लेखापरीक्षकतर्फ रिक्त सचिव (उपमहालेखापरीक्षक)मा वैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको हो। लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेका छ।  

काठमाडौं । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाईका एक अधिकृत घूस लिँदालिँदै पक्राउ परेका छन् । कैलालीको लम्कीस्थित इकाईका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई घूस लिएको १ लाख २० हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार नियन्त्रणमा लिएको हो । उनले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने […]

काठमाडौं । नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा रायलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथग्रहणमा कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । अपराह्न ४ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो । सिंहदबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बस्ने बैठकमा नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ । सरकारले यो लटमा २७ जना सहसचिवहरु सरुवा गर्ने प्रक्रिया अगाडि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २७ सहसचिवको सरुवा सूची बनाएर प्रधानमन्त्री तथा […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।