काठमाडाैं । नेपाली सेनाका अवकाश प्राप्त प्रधानसेनापति धर्मपालवरसिंह थापाको ८५ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।नेपाली सेनाका अनुसार थापा स्वास्थ्यमा समस्या आएपछि दुई दिनअघि अस्पताल भर्ना भएका थिए । उनी २०५२ देखि ०५६ सालसम्म नेपाली सेनाको प्रधानसेनापति बनेका थिए । पूर्वसेनापति थापा […]

सरकारले दुई बरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहिबार सिंहदरबारमा बसेको क्याविनेट बैठकले प्रशासन सेवा र कृषि सेवाका एक एक जना सहसचिवहरुलाई सचिवमा बढुवा गरेको हो । प्रशासन सेवाबाट लोकनाथ पौडेल र कृषि सेवाबाट राजेन्द्रप्रसाद मिश्र सचिवमा बढुवा भएका हुन । प्रशासन सेवातर्फ सहसचिवत्रय लोकनाथ पौडेल, गोविन्दबहादुर कार्की र महादेव पन्थको नाम सिफारिस भएकोमा […]

  नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा डा लेखनाथ शर्मा नियुक्त भएका छन् ।६ महिनादेखि रिक्त रहेको नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशकमा प्रा डा लेखनाथ शर्मा नियुक्त भएका छन् । राष्ट्रले अख्तियार गर्नुपर्ने नीतिका सम्बन्धमा अध्ययन, अनुसन्धान गरी सिफारिस गर्ने थिंकट्यांक (विशेषज्ञ समूह) संस्था नीति अनुसन्धान प्रतिष्ठान गत फागुनदेखि नै रिक्त रहेकोमा ६ महिना पछि […]

प्रशासन सेवातर्फका सचिव सुरेश अधिकारी र कृषि सेवाका रेवतीरमण पौडेल यही २८ वैशाखमा घर गएसँगै दुई सचिव पद रिक्त हुन पुगेको छ ।सचिवमा उक्लने प्रतिष्प्रर्धामा छन्, ६ सहसचिवहरु । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिले प्रशासन र प्राविधिकतर्फ रिक्त हुन पुगेका एक एक सचिवका लागि दुबै सेवातर्फबाट बरिष्ठतम् तीन तीन […]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउँसो एक बजेका लागि बैठक बोलाइएको हो । आजको बैठकले २ जना बरिष्ठतम सहसचिवलाई सचिव बढुवा गर्न सक्नेछ । प्रशासन सेवातर्फको एक सचिव र कृषि सेवाका अर्काे गरी दुई सचिव पद रिक्त छ । सचिव बढुवा सिफारिस समितिले प्रशासनतर्फ सहसचिवत्रय लोकनाथ पौडेल, गोविन्दबहादुर […]

स्थानीय प्रशासन सेवातर्फका १६ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । गण्डकी प्रदेशमा कार्यरत स्थानीय प्रशासन सेवाका १६ कर्मचारीलाई बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा सिफारिसमा परेका कर्मचारीहरुमा स्थानीय प्रशासन सेवा,प्रशासन समूह,प्रशासकीय अधिकृत सातौं तहमा १३ र स्थानीय प्रशासन सेवा लेखा समूह सातौं तहमा ३ गरी १६ जना बढुवाका लागि सिफारिस भएका छन् । […]

नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।घटेको मूल्य आजै रातिदेखि लागू हुने निगमले उल्लेख गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्कर अनुगमनका लागि भन्दै राजश्व अनुसन्धान विभागमा पुगेका छन् । उनी दिँउसो १ बजेतिर अनुगमनका लागि भन्दै राजश्व अनुसन्धान विभाग,पुल्चोकमा पुगेका हुन । राजश्व अनुसन्धान विभाग अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको छ । उक्त विभाग हेर्ने जिम्मेवारी अहिले कृष्णहरि पुष्करको काँधमा छ । उनी अनुगमनका लागि भन्दै […]

राष्ट्रिय सतर्कता केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/ ८० मा सम्पत्ति विवरण नबुझाउने २ सहसचिवसहित ३ हजार ३ सय ८६ निजामती सेवाका कर्मचारीहरुले सम्पत्ति विवरण बुझाएका छैनन । यस्ता अटेरी कर्मचारीमा उपसचिव तहका ५५९ जना रहेका छन् । केन्द्रका अनुसार ६ हजार ७०५ जनाले निर्धारित समयभित्र सम्पत्ति विवरण नबुझाएका हुन । जसमा सबैभन्दा अटेरी निजामती सेवातर्फका […]

१ करोड ६ लाख ३३ हजार भ्रष्टाचार मुद्धा खेपिरहेका कर्मचारीले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७९ पुसमा यातायात कार्यालय चावहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध अकुत आर्जनको मुद्धा चलाएको थियो । उनीविरुद्ध अख्तियारले १ करोड ६ लाख ३३ हजार ३३९ रुपैयाँ ९२ पैसा विगो कायम गर्दै चलाएको मुद्धामा विशेषले […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।