छानबिन समितिको नयाँ भाष्य :-‘खाजाका लागि दिएको पैसा घुस हुँदैन’

सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालयमा विचौलियाहरु खडा गरी रकम असुल्ने कार्य घुसका रुपमा लिन नहुने निष्कर्ष निकालेका छन्,सरकारी कर्मचारीहरुले ।  गत साउन ६ गतेको संसद् बैठकमा सांसद वीरेन्द्रप्रसाद महतोले पाठ्यक्रम विकास केन्द्रमा कर्मचारीलाई घुस दिएर काम गरेको बताएका थिए। बहालवाला पूर्व मन्त्रीले नै आफ्नो काम गराउनका लागि कर्मचारीलाई ५ हजार घुस दिएको बिषय संसदमै उठाएका थिए ।

बिज्ञापन

उनले भनेका थिए, ‘हाम्रो देशमा भ्रष्टाचारले यति ठूलो जरो गाडेको छ। एउटा सानो उदाहरण दिन चाहन्छु । म भूपू मन्त्री । हिजो शिक्षा मन्त्रालयको सानो ठिमीमा पाँच हजार घुस दिएर आएको छु कसले पत्याउँछ ? पत्याउनुहुन्छ भने मेरो छोराको सर्टिफिकेट इकुभ्यालेन्ट गर्नुपर्ने थियो । ११ बजे पठाएको ३ बजेसम्म गर्दिएन ।’कर्मचारीले यो मिलेन त्यो मिलेन भनेपछि आफै गएर सबै कागजात पेस गर्दा पनि अधिकृतले कागज नमिलेको भन्ने जवाफ पाएको बताए । मैले ११ बजे पठाएको तीन बजेसम्म गर्दिएनन्, यो मिलेन त्यो मिलेन भन्छन्, हेर्दा सबै कागज मिलेको छ म आफैँ गए एउटा अधिकृतले यो कागज मिलेन भन्छन्, मेरो चिया खाने टाइम भयो भनेर जानुभयो। चार बजेसम्म कुरे आएनन्, त्यो बिचौलियालाई गएर पाँच हजार रुपैयाँ दिए, म बसिरहे, ५ मिनेटमा काम गरेर ल्याए। ‘

बिज्ञापन

समकक्षता (इक्युभ्यालेन्ट) लिन पूर्व मन्त्री तथा बहालवाला सांसदले नै कर्मचारीलाई ५ हजार रुपैयाँ घुस दिएको बिषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक वसन्त कोइरालाको नेतृत्वमा मन्त्रालयको विद्यालय शिक्षा शाखाका उपसचिव रामप्रसाद शर्मा र कानुन शाखाका अधिकृत पुष्पा वाग्ले सदस्य रहेको उक्त समितिले छानबिन गरेको थियो । उक्त समितिले त्यहाँ कर्मचारीलाई घुस खुवाइएको बिषय असत्य भएको निष्कर्ष निकालेको हो । उक्त समितिले सांसद महतोको अभिव्यक्ति झुटो भएको निष्कर्ष निकालेको हो ।

शिक्षा मन्त्रीलाई बुझाइएको उक्त प्रतिवेदनमा,केन्द्रको समकक्षता शाखाको परिसरमा ल्यापटप लिएर आएका एक जना सेवाग्राहीको सहायता लिएर समकक्षताका लागि अनलाइन फारम भरेर एकै दिनमा काम भएको छानबिनको क्रममा पाइएको छ । उनका छोराले खुसी भएर ती व्यक्तिलाई खाजा खर्चका लागि पाँच हजार रुपैयाँ दिएको उल्लेख गरिएको छ । महतोले जसलाई ५ हजार घुस दिएको थिएँ भनेका थिए उक्त मान्छे अफिसको कर्मचारी समेत नभएको खुलेको छ । उक्त काम गरिदिए बापत निजलाई खाजा खुवाउन खोज्दा निजले खाजा खान नमानेको पाइएको छ । त्यसपछि उनका स्वकीय सचिव रूपेश साहले खाजा खानको लागि केही रकम राजीखुसी दिएको देखिँदा यसरी राजीखुसी दिएको रकमलाई घुस भन्न नमिल्ने भनिएको छ ।

बिज्ञापन

उक्त सेवाग्राहीले सोही दिनमै सेवा पाएको देखिएकाले निज निवेदकको हकमा सेवा प्रवाहमा कुनै विलम्ब भएको नदेखिएको समितिले छानबिनका क्रममा पाएको हो । समितिले मन्त्रालयमा बुझाएको प्रतिवेदन शिक्षा मन्त्रालयले संसद्को शिक्षा समितिमा बुझाउने छ । शिक्षा समितिसँग विभिन्न सरोकारवालाले निकै चासोका साथ हेरेको उक्त घुस काण्डमा सांसद महतोको बोलीले झुट भएको समितिले निष्कर्ष निकालेको हो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्थानीय तहका १६८ कर्मचारी पाँचौं तहमा बढुवा

बदनाम सहसचिव भित्र्याउन मन्त्रीको बल

महालेखालाई भर्याङ बनाएर परराष्ट्रतिर

खरिदारको काँधमा कारागारको जिम्मेवारी,एकको मृत्यु,४७ घाइते

कर्मचारी नियुक्तिदेखि सरुवाका लागि छुट्टाछुट्टै मापदण्ड बनाउँदै सरकार

राजनीतिक दलको क्षयीकरण र यसको रोकथाम

सेटिङमा ठेक्का खाने, काम नगर्ने रसुवाका ५ ठेकदार कालोसूचीमा

आठ प्रमुख प्रशासकीय अधिकृतसहित १० शाखा अधिकृतको सरुवा

बिशेष