एलपी ग्यासको हाहाकार गराउने भट्टसँग मन्त्रीदेखि कर्मचारीसम्म फायर

२०७१ सालमा खाना पकाउने ग्यासको हाहाकार बन्यो । आखिर कसले गर्दा खाना पकाउने ग्यासको अभाव भइरहेको छ ? यसबारे बुझ्न खोज्दा आयल निगमका एक कर्मचारीले वाणिज्य मन्त्रालयको गोप्य पत्र कर्मचारी प्रेसलाई थमाए, जसमा आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद  भट्टको लापरवाहीका कारण ग्यासको अभाव भएको भन्दै उनीमाथि स्पष्टीकरण सोधिएको थियो ।

बिज्ञापन

मन्त्रालयको पत्रमा निर्देशन पालना नगरी पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति र भण्डारण व्यवस्था कमजोर पारेको ग्यासको सहज आपूर्ति गराउन संसदीय समिति र मन्त्रालयले दिएको निर्देशन पालना नगरेको, पेट्रोलियम पदार्थ पर्याप्त भण्डारण नगरेको, अनुगमनमा ध्यान नदिएको, ग्यास उद्योग व्यवसायी संघका गुनासा र मागहरुको सुनुवाइ नगरेको सञ्चालन समितिले गरेको निर्णयअनुसार बेलैमा भारतसँग पत्राचार नगरेको र डीपो प्रमृुखहरुसँग मिलेर अवाञ्छित क्रियाकलाप गरेको भन्दै उनलाई तत्कालीन आपूर्तिमन्त्री सुनीलबहादुर थापाले २०७१ माघमा हटाएका थिए।

बिज्ञापन

सेटिङमा चलिरहेको नेपालको प्रशासन संयन्त्रमा उही ढोकाबाट छिरेर विगत ६ महिनादेखि नेपाल आयल निगमको नेतृत्व गरिरहेका छन चण्डीप्रसाद भट्ट । उनै भट्टलाई राजनीतिक लाभको पदमा ल्याउनकै लागि उमेश बाहिरिएको चर्चा चल्ने गर्दछ उद्योग मन्त्रालयतिर । नेपाली कांग्रेस र नेकपा माओवादीले केन्द्रले दुई महत्वपूर्ण निकायको नियुक्तीमा भागबन्डा गर्दा आयल निगम कांग्रेसलाई र दूरसञ्चार प्राधिकरण माओवादी निकटलाई बाँडफाँड गरिएको छ । दुर संचार प्राधिकरणले बर्षमा १२/१३ अर्बको कारोबार गर्छ भने नेपाल आयल निगमले बर्षमा एक खर्ब भन्दा बढीको कारोबार गर्छ ।त्यसै भागबण्डा यस अघिको दुई पटकसम्म आवेदन दिएर रिजेक्ट भएका भट्ट तेश्रो पटकको आवेदनमा स्वीकृत भए अर्थात उनी कार्यकारी निर्देशकमा छनौंट भए । नेपाल आयल निगममा जानका लागि उनको दौड कतिसम्म थियो भने तीन पटक कार्यकारी निर्देशकका लागि विज्ञापन खुलायो । तीनै पटक आवेदन दिएका उनले यस पटक १३ जना प्रतिष्पर्धीलाई पछि पार्दै बाजी मारेका हुन । उनी दोस्रोपटक निगमको कार्यकारी निर्देशकको कुर्सीमा छन् तर उनका कार्यशैलीका बिषयलाई लिएर अनेकन प्रश्न खडा भएका छन् । यस अघिका कार्यकारी निर्देशक उमेश थानीले राजनीतिमा जाने भन्दै गत बर्ष मंसिर २६ गते राजीनामा दिएसँगै थानीको स्थानमा भट्टले नियुक्ति पाएका हुन । अरबौको बार्षिक बजेट संचालन गर्ने निगमको नेतृत्वमा चण्डी दोहोरिए पनि उनको कार्यक्षमताकै बिषयलाई लिएर समेत प्रश्न उठ्न थालेको छ ।

भीमसेन गाउँपालिका वडा न १ गोरखाका स्थायी बासिन्दा भट्ट यस अघि २०७० जेठदेखि २०७१ मंसिरसम्म कार्यकारीको रुपमा काम गरेका थिए । १० वर्षअघि निगमको नेतृत्वमा रहेका उनै भट्टको कार्यसम्पादन क्षमता कमजोर भएकै कारण तत्कालीन आपूर्तिमन्त्री सुनीलबहादुर थापाले २०७१ माघमा हटाएका थिए। उनी हटाइनुको एउटा कारण थियो कर्मचारी आन्दोलन ।

बिज्ञापन

कार्यसम्पादन कमजोर रहेकै कारण हटाइएका उनी च्यानल मिलाएर विशेष आर्थिक क्षेत्र सेजको कार्यकारी निर्देशकमा नियुक्त खान पुगे । खानी विभागका केमिकल इन्जीनीयर भट्टले २०७२ असोज ६ गते ४ वर्षका लागि नियुक्त निर्देशक भट्टको २०७६ असोज ६ गते कार्यकाल सकिएको थियो तर कार्यकाल सकिँदा समेत सेजको बा २ झ नम्बर १९४४ नम्बरको गाडी फिर्ता नगरेपछि सेजले पत्रै काटेर गाडी फिर्ता मागेको थियो । स्मरण रहोस,उनको कार्यशैलीको बिषयमा प्रश्न उठेपछि तत्कालीन मन्त्री मातृका यादवबाट लिखित स्पष्टीकरण तथा सार्वजनिक कार्यक्रममै हपारिएका भट्टका कार्यशैलीप्रति वर्तमान मन्त्री दामोदर भण्डारी समेत बेखुस रहेको उद्योग मन्त्रालयमा चर्चा सुनिन थालेको छ ।

सेजमा रहँदा उनले सेजको परिकल्पना अनुसार सिन्को नभाँची उनले कार्यकाल गुजारेका उद्योग मन्त्रालयका उच्च कर्मचारीहरु बताउँछन् । उनको कार्यशैलीका कारण भैरहवा,सिमरा सेजको बेहाल भएको तर भट्टले सेजलाई कमाइखाने भाँडो मात्र बनाएको कर्मचारीहरु बताउँछन् ।

यसरी विगतमा समेत बदमासीमा जोडिएका र कमजोर कार्यसम्पादन भएका भट्टले केही अगाडिमात्र मजदुरहरूलाई उचालेर उपत्यकामा पेट्रोलियम पदार्थका हाहाकार बनाएको घटना समेत अहिले उद्योग मन्त्रालयमा चर्चा हुन थालेको छ । उक्त समयमा समयमै उनले मजदुरहरुको माग सम्बोधन नगरेकै कारण ढुवानी रोकिनुलाई उनको असक्षमतासँग जोडिएर हेर्ने गरिएको छ । उता बर्तमान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी आयल निगमका कार्यकारी निर्देशक भट्टको काम कारबाहीप्रति असन्तुष्टि बनेका छन ।
भट्टले ६ महिना नेतृत्व गर्दाको समयको पूँजीगत खर्च निराशजनक हुनुले समेत उनको कार्यक्षमतामाथि प्रश्न चिन्ह उठेको छ । गत आव निगमले पुँजीगततर्फ पाँच अर्ब २३ करोड ९८ लाख विनियोजन गरेकोमा कूल २२ दशमलव ४७ प्रतिशत अर्थात एक अर्ब १६ करोड १३ लाखमात्रै पूँजीगत खर्च हुनु भट्टको असक्षमताको अर्को उदाहरण हो ।

अहिले भट्टको कार्यशैलीका कारण आयल निगमका कर्मचारी समेत उनीसँग रुष्ट छन् । गत ३२ जेठमा नगरकोटको एउटा होटलमा आयोजित कार्यक्रममा कर्मचारीसँग उनको विवादै परेको आयल निगमका कर्मचारीहरुले जनाएका छन् । उनको कार्यशैलीका कारण कर्मचारीदेखि मन्त्रीसम्म रुष्ट रहेको उद्योग मन्त्रालय स्रोतले जनाएको छ ।

उनीमाथि उठेका प्रश्नका सम्बन्धमा कर्मचारी प्रेसले पटक पटक उनको भनाई लिनका लागि सम्पर्क गर्दा भट्ट सम्पर्कमा आउन चाहेनन् ।

भट्टमाथि सोधिएको स्पष्टीकरण

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।