एभरेष्ट बैंकले सबैभन्दा आकर्षक लाभांश क्षमता बनायो

एभरेष्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०८० ८१ को चौथो त्रैमाससम्ममा वाणिज्य बैंकहरुमध्येमै सबैभन्दा राम्रो लाभांश क्षमता बनाएको छ ।  बैंकले सोमबार प्रकाशित गरेको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार लाभांश क्षमता २९.८६ प्रतिशत बनाएको देखिएको हो।

बिज्ञापन

अघिल्लो वर्षको तुलनामा लाभांश क्षमता घटे पनि प्रतिकूल समयका बाबजुद बैंकले सन्तोषजनक प्रगति नै गरेको देखिन्छ । यो कम्पनीको अघिल्लो वर्षको यही अवधिसम्मको लाभांश क्षमता ३८.४२ प्रतिशत रहेको थियो ।  कुल ११ अर्ब ७६ करोड चुक्तापूँजी रहेको बैंकले चौथो त्रैमाससम्म ३ अर्ब ५१ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म भने ४ अर्ब ११ करोड यस्तो नाफा आर्जन भएको थियो ।

बिज्ञापन

समीक्षा अवधिमा बैंकको खूद नाफा बढेर ३ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष खूद नाफा ३ अर्ब ३६ करोडमा सीमित थियो ।   अघिल्लो वर्ष ४ अर्ब ८१ करोडमा सीमित सञ्चालन मुनाफा बढेर यो वर्ष ५ अर्ब ६० करोड पुगेको छ भने ७ अर्ब ४१ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर ७ अर्ब ६६ करोडको उचाईमा पुगेको छ ।

विषम परिस्थितिका बाबजुद बैंकले खराब कर्जा घटाउने सफलता पाएको छ । फलस्वरुप अघिल्लो वर्ष ०.७९ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर यो वर्ष ०.७१ प्रतिशतमा सीमित बनेको छ ।  अघिल्लो वर्ष १३.३१ प्रतिशत रहेको रिटर्न अन इक्वीटी(आरओई) बढेर १३.३२ प्रतिशत पुगेको छ भने प्रतिसेयर नेटवर्थ केही घटी २३६.०६ रुपैयाँ तथा प्रतिसेयर आम्दानी  ३१.४३ रुपैयाँबाट बढेर ३१.४५ रुपैयाँ पुगेको छ ।

बिज्ञापन

समीक्षा अवधिसम्म बैंकले २ खर्ब ३२ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ७९ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकले निक्षेप र कर्जातर्फ नै ग्रोथ गरेको देखिन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व सचिव थापालाई सेवा आयोग अध्यक्षको जिम्मेवारी

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

बिशेष