‘हेलिकप्टर म्यान’ योगराजको हलचलपूर्ण यात्रा

जीवनका साढे दुई दशक समय हवाइ उड्डयनकै क्षेत्रमा व्यतित गरेका योगराज कँडेललाई ‘हेलिकप्टर म्यान’ भन्दा फरक नपर्ला । २०५६ बाट कस्मिक एयरबाट जागिर प्रारम्भ गरेर यो क्षेत्रमा पाइला राखेका उनले पाँच वटा हवाई कम्पनीमा काम गरिसकेका छन् । कतै जागिरे,त कहिँ शेयर होल्डर भएर । बिएससी, एमबीए र राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका उनले कस्मिकमा १० महिना काम गरेपछि अमेरिका पुगे । त्यहाँ फेडेरल एभियसन एडमिनिस्ट्रेशनबाट ग्राजुयट भए, त्यसपछि उनको मन त्यतै अडिएन । नेपाल फर्किएर हवाई क्षेत्रमा केही गर्ने उदेश्य बोकेर स्वदेश फर्किए ।

बिज्ञापन

दुई बर्ष स्पेस एयरमा काम गरेपछि क्याप्टेन रामेश्वर थापासँग मिलेर सिम्रिक एयर स्थापना गरे । सिम्रिकमा केही लगानीसहित उनले व्यवस्थापनको नेतृत्व लिए । हेलिकप्टर सोसाइटीको पूर्व महासचिवसमेत चलाइसकेका उनले पछि आफ्नै लगानीमा हेली एभरेष्ट कम्पनी सञ्चालन गरे २०१७ मा । बीचमा यूटर्न भए र कलेजतिर जोडिए नामी कलेजलाई बजारमा ‘दामी’ कलेजका रुपमा स्थापित गराउन सफल कँडेल अहिले पनि सो कलेजको वोर्डमा छन् । विगत केही बर्षदेखि गुण एयरको सिइओको कुर्सीमा छन् । बन्द रहेको उक्त एयरलाइजसले आगामी असोजदेखि व्यवसायिक उडान थाल्ने उनी बताउँछन् । नेपालको इतिहासमा गुण एयरलायन्सको मात्र अहिलेसम्म कुनै दुर्घटना भएको छैन । अब दशैंसम्ममा तीन वटा जहाजबाट व्यवसायीक उडान थाल्ने उनी बताउँछन् । त्यसका लागि यस अघि यति एयरलाइन्ससँग किनिएको तीन वटा जेट स्टिङ्ग बेच्ने तयारी भइहरेको योगराज बताउँछन् । अहिले डकुमेन्टेसनको काम मन्त्रालयमा भइरहेको छ । एपु्रभल आउनासाथ अगाडि बढ्ने उनी सुनाउँछन् ।

बिज्ञापन

नेपाल आएर व्यवसाय सुरु गरेको दुई दशकको यो यात्रामा उनी पछुताउनुपरेको छैन । अमेरिका छाडेकै कारण उनी समाजका धेरै मानिसका नजरमा मूर्ख ठहरिए ।कँडेललाई विदेशमा सुरक्षित मानिएका एयर क्राफ्टहरु नियमित नेपाली आकाशमा किन दुर्घटना भइरहेको छ भन्ने जिज्ञासामा उनी स्टक होल्डर भनिएका पर्यटन मन्त्रालय,क्यान र हवाई व्यवसायीको सामञ्जस्यता नहुनु नै मुख्य कारण देख्छन् । यस्का अलवा हरेक जसो दुर्घटना पछि अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्दछ ।

अर्काेतिर प्राविधिकहरु जो पढ्न जान्छन्,यही बिषयमा पढेका हुन्छन् । उनीहरुमाथि नागरिक उड्डयन प्राधिकरणदेखि एयरलायन्ससम्मले लाखौं खर्च गर्दछ । पढ्ने,सिक्ने कुरामा कहिँ कतै समस्या देख्छन् । यस्तै पोखरा,काठमाडौंजस्तो अन्तराष्ट्रिय विमानस्थलमा भएका दुर्घटनाका घटनाले रुट कज एनलाइसिस गर्ने बाध्य बनाएको बताउँछन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

अष्ट्रेलियामा सेकुवा बनाउँदै, नेपालमा तलब खाइरहने सरकारी डाक्टर

त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

डोल्मालाई ८८ करोड कर छुटदिएपछि मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज

नक्कली प्रमाणपत्रले सरकारी जागिर खाएको सब–इन्जिनियर विशेष अदालतमा तानिए

भन्सारको संसार,विकृती भरमार

बिशेष