नेपालको परिवेशमा पछिल्ला दशकमा परिवार टुक्रिनु, पश्चिमी संस्कृतिको अतिक्रमण, मदिरा र लागूपदार्थ, नेपाली परम्परा, संस्कृति र मूल्यहरूमा ह्रास, भौतिकवाद, प्रदूषण, भ्रष्टाचार, समाजलाई विखण्डन गर्ने बिधर्मी शक्तिहरूको बिगबिगीजस्ता अभ्यास मूल्यमा आधारित शिक्षाको अभावबाटै सिर्जना भएको हो ।
नैतिकताले मात्र मान्छेलाई मान्छेजस्तो बनाउँछ। नैतिक आचरणले सदैव अरुप्रति राम्रो व्यवहार गर्न, दुःख नदिन, अहित नगर्न र सदाचारी भावना राख्न सिकाउँदछ । स्व–अनुशासन, उच्च चेतना, न्यून काम वासना नैतिक क्षेत्रका पक्ष हुन। साधकहरु सदैव नैतिक आचरणमा रहनु पर्छ । सकिन्छ अरुलाई सुख दिने; सकिन्न कम्तिमा अरुलाई दुःख नदिने आचरण नै नैतिक आचरण हो । सबै प्राणि हिंसा नगर्ने, चोरि नगर्ने, झुठो नवोल्ने, व्यभिचार नगर्नुे, नसा सेवन नगर्ने यी ५ वटा नियमको पालना गृहस्थहरुको लागि आधारभुत नैतिक आचरण हुन् । सुन्दर जीवनको परिकल्पना मानवीय मूल्यमा आधारित शिक्षा हो । शिक्षा भनेको मानव मूल्यहरूको अभिवृद्धि गर्नु हो । सत्य, धर्म, शान्ति, पे्रम र अहिंसारूपी मानव मूल्यहरूलाई बुझेर व्यवहारमा लागू गर्ने र तिनीहरूलाई उत्साह र इमानदारीपूर्वक अरूमाझ पु¥याउने व्यक्ति शिक्षित व्यक्ति हो ।
बिज्ञापन
हामीले बालक पे्रम, इमानदारी, सत्यनिष्ठा, सहनशीलता, करुणा, विवेकी, नैतिकवान र त्यागजस्ता गुणका साथ ज्ञानी र बुद्धिमानी होस् भन्ने चाहन्छौं । सत्य, सत्व्यवहार, शान्ति, पे्रम र अहिंसाजस्ता मानवीय मूल्यहरू राम्ररी बुझेर व्यवहारमा ल्याउन र अरूलाई पनि त्यो कुरा बुझाउन र व्यवहारमा ल्याउन प्रेरित गरी जीवनमा सुख र शान्ति पाऊन् भन्ने चाहन्छौं । उत्कृष्टता प्राप्त गर्नका लागि बालक सिकाइ–पद्धतिमार्फत जानुपर्छ । समाजको चाहनाअनुसार शिक्षाका केही लक्ष्यमध्ये राम्रो श्रेणीमा उत्तीर्ण हुनु, नाम चलेको विद्यालयमा भर्ना पाउनु, धेरै पैसा कमाउने नोकरी पाउनु, अरूसँग सुमधुर सम्बन्ध हुनु र आत्मविश्वास बढ्नु हुन् ।
बिज्ञापन
हाम्रो जीवनमा शिक्षा चार कुराहरूमा आधारित छ : जान्नका लागि शिक्षा, गर्नका लागि शिक्षा, जिउनका लागि शिक्षा, बन्नका लागि शिक्षा । तसर्थ हामीलाई एउटा यस्तो शैक्षिक प्रणाली चाहिएको छ, जुन नैतिकता, प्रेम, विश्वास र आपसी सहयोगमा आधारित होस् । जहाँ शिक्षकलाई उदाहरणीय बन्न जोड दिइन्छ । जसले अभिभावकको प्रतिबद्धता र सहभागितालाई जोड देओस् र जसले बालकलाई सूचना थुपार्नेमात्र नभएर रूपान्तरणमा बढी जोड देओस् । मानवीय मूल्यमा आधारित शिक्षाले यिनै कुराहरूलाई लक्ष्यका रूपमा लिएको छ । हामीले अध्यापन गर्ने सबै विषयमा मानवीय मूल्यहरू समाहित गर्न सकियो भने त्यसको परिणाम शैक्षिक सफलतामा मात्र सीमित नभई, बालबालिकाको चौतर्फी विकासको उत्कृष्ट समिश्रण हुनेछ ।वर्तमान शिक्षा प्रणालीले मस्तिष्क र हातमा प्रशस्त जोड दिएको छ । तर, प्रवृत्ति विकासमा लागि हृदयमा दिनुपर्ने खुराक पुगेको छैन । हृदयलाई पवित्र बनाउनका लागि तथा हामीमा असल गुणहरूको विकास गर्नका लागि मानवीय शिक्षाको आवश्यकता पर्छ । शिक्षाले मानिसमा ज्ञान, समय र संयमतासहित हृदयमा करुणा र सेवाभाव जगाउन सक्नुपर्छ । त्यसैले शिक्षा जानकारीका लागि होइन, रूपान्तरणका लागि हुनु पर्दछ । यसले जीवनको उद्देश्य ‘मानवीय उत्कृष्टताको प्रस्फुटन’ गराउँन सक्नु पर्दछ । यसले हरेकको बानी र चरित्रमा रूपान्तरण ल्याउन सक्नुपर्छ ।
शिक्षालाई अहिले बिक्रीको सामान बनाइएको छ । विश्वभरि यसको व्यापार हुन्छ, मानव यन्त्र निर्माण गर्ने कारखाना बनाउने प्रयास भइरहेको छ । अबको युद्ध मानवीय मूल्य, अस्तित्व रक्षा र मानवयन्त्र निर्माण पक्षधरहरूको बीचमा हुनेछ । जीवनको मूल्यबोध गराउनु, मानवीय संवेदना र अस्तित्वको पहिचान गर्न सक्षम बनाउनु, जीवनका कठिनतम् क्षण, असफलतामा आफूलाई शान्त, सौम्य र शालीन हुन सिकाउनु, जीवन संघर्षमा लड्नुलाई सामान्य विषय मान्दै नहडबढाइ उठ्ने र सम्हालिएर फेरि हिंड्न सिकाउनु नै वास्तविक अर्थको शिक्षा हो । शिक्षा जीवनको मूल्यलाई अधिक बनाउने साधन हो । मानवीय मूल्यको सापेक्षमा शिक्षालाई विकास गर्नुपर्छ । सभ्य मानव, समुदाय र समाजको निम्ति उपयोगी बनाउन र सहज जीवनयापनको गोरेटो बन्नुपर्छ, शिक्षा । त्यसैले, यसका निम्ति विभिन्न प्रयास भइरहेका छन् । सिक्ने र सिकाउने क्रममा निश्चित शिक्षा प्रणालीको विकास भएको छ । यो निरन्तर प्रक्रिया हो । किताब पढेर मान्छे महान् हुँदैन, डिग्री भनेको सामान्य औपचारिक मापन मात्र हो, जीवनका लागि तिनीहरू मूल्यवान होइनन्, इमानदार, जिम्मेवार, जवाफदेही, उत्तरदायी, श्रम गर्ने र आफ्नो सादृश्यमा अरूलाई बोध गर्न सक्नुपर्छ ।
बिज्ञापन
शिक्षालाई अहिले बिक्रीको सामान बनाइएको छ । विश्वभरि यसको व्यापार हुन्छ र मानव यन्त्रहरू निर्माण गर्ने कारखाना बनाउने प्रयास भइरहेको छ । अबको युद्ध मानवीय मूल्य, अस्तित्व रक्षा पक्षधर र मानव यन्त्र निर्माण पक्षधरहरूको हुनेछ । त्यस युद्धमा हामी मानव मूल्यको पक्षमा दृढतापूर्वक उभिन सक्नु पर्दछ ।आफ्नो व्यबहारलाई सावधानिपुर्वक स्मृतिमा रहेर निभाउनु पर्छ। आफ्नो व्यवहारबाट अरु प्राणीलाई पर्ने प्रभावबाट सचेत रहनु नैतिकता प्रति सचेत रहनु हो । नैतिक आत्म अनुशासनमा विनासकारी अकुशल कर्मवाट वच्न सक्नु पर्छ। मनसा, वाचा, कर्मणा अरु प्राणि प्रति दया, करुणा देखाउन सक्नु पर्छ ।नैतिक आचरण सततः, विवेक र प्रज्ञामा आधारित हुन पर्छ नकि देखावटि । शिष्टता, नम्रता, प्रेरणात्मक वचन, हसिंलो चेहरा सवैको चाहना हुन्छ । खुला मनले दिईएको साहरा सबैलाई प्रिय लाग्छ।नैतिक आचरणमा परिपक्व हुन अभ्यासमा खरो उत्रिनु पर्छ। आफुले नैतिक आचरण पालना नगरीकन अरुले गरून् भन्नू पाखण्ड मात्र हो । सुरुवात आफैंबाट हुनु पर्दछ।आफ्नो व्यबहारलाई होस् पुर्वक सिर्जनात्मक बनाउने तथा सकेसम्म अरुलाई हानि नगर्ने प्रयत्न मार्फत हामी आफ्नो बर्तमान् र भविष्य दुवै सुखद् बनाउन सक्छौ । यहि नै सच्चा नैतिक सीप हुने छ।
अहिले देखिएको नैतिकता र पद्दतिको खडेरी एकैपटक भएको पनि होइन । लामो समयसम्म उचित ध्यान नपुग्दा र भएका मौलिक एवं नवीन पद्दतिले पनि दह्रो पाइला नटेकेकाले जताततै निष्ठा र अनुशासन हराएको अवस्था छ । हुन पनि भ्रष्टाचारजन्य घटना घटिरहनु, राजनीति र प्रशासन मात्र नभएर सामाजिक संस्था, वित्तीय संस्था, बजार, व्यक्ति सबैतर्फ विकृति विसंगति नियम मिच्ने, स्वार्थसिद्ध गर्ने तर आ–आफ्नो कर्तव्य, दायित्वप्रति भने उदासीन रहने क्रम बढेर गएको छ, जुन चिन्ताको विषय हो । हामीकहाँ कुनै पनि क्षेत्र भ्रष्टाचारबाट अछुतो छैन । यसबाट थाहा हुन्छ कि नैतिकता पातलिएको, सदाचार भत्किएको र अनुशासन हराएको छ । अब एक–एक गरी असल गुणहरुको बिजारोपण गर्ने, भएका निष्ठावान व्यक्तिको पहिचान गरी जिम्मेवारी दिने, उदाहरणीयरूपमा कार्यसम्पादन गर्ने संस्था, संगठन र व्यक्तिबाट अन्यमा सिकाई हस्तान्तरण गर्ने जस्ता काम गर्न जरुरी छ । मूलतः राजनीति र प्रशासन जस्ता जिम्मेवार एवं राज्यसंचालनको अगुवाई लिनुपर्ने क्षेत्रमा देखिने, झांगिने र फैलने विकृतिको जड भनेकै नैतिकताको कमी, पद्धति तथा काम गर्ने कौशल एवं तौरतरिकाको अभाव हो ।
अध्यात्मवाद आत्मालाई ब्रह्माण्डको जराको रूपमा लिने एक वैचारिक विचार हो। अध्यात्मवादको एउटा मतअनुसार भौतिक जगत परमात्मा र त्यसका गुणहरूको प्रकटीकरणको माध्यम हो। जबकि अन्य अध्यात्मवादीहरूका लागि यो मानव चेतनाको भ्रम हो। अध्यात्मवादका प्रवक्ताहरूले आत्माको शरीरबाट स्वतन्त्र अस्तित्व छ भनी विश्वास गर्छन्। सुसंगत अध्यात्मवादीहरूले आधुनिक विज्ञानका उपलब्धिहरूलाई झूटो ठहराउँछन् र विज्ञानलाई आत्मा र ईश्वरीय कानूनमा अन्धविश्वासको साथ बदल्ने प्रयास गर्छन्। अध्यात्म भनेको छालाले नदेखिने यथार्थ हो, यसलाई बुझ्न आत्मज्ञान चाहिन्छ। पूँजीवादी दर्शनमा अध्यात्मवादको अर्थ अक्सर आदर्शवाद हो। अध्यात्मवाद त्यो विचारधाराको नाम हो, जसमा आत्मालाई सबैको मूल मानिन्छ ।
अध्यात्मवाद एक विज्ञान हो जसले हामीलाई धार्मिक मार्गमा लैजान्छ । अर्थपूर्ण जीवन जिउने र सार्थक परिणामका लागि काम गर्ने कलाले अध्यात्मवादको माग गर्दछ । यो आफुले आफैलाई चिन्ने कला हो । म को हुँ? म यो धर्तीमा किन आए? ,मेरो कर्तव्य के हो ? मानव जीवनको उद्धेश्य के हो ? जस्ता शास्वत प्रश्नको खोजी अध्यात्मवादले गर्दछ । आत्मको वास्तविक परिचय मानवता र आत्माबाट सुरु हुन्छ। जर्ज बर्नार्ड शले संसारलाई प्रत्येक व्यक्तिको नाम अगाडि “मानव“ राख्न प्रस्ताव गरे जसमा हामी पहिलो मानव हौं र केवल हाम्रो नाम, पेशा र अन्य धेरै आउँछन्। हामीलाई तोकिएको कर्तव्य वा कार्यको बारेमा हामीले “म कहाँ जाँदैछु?“ प्रश्नहरूको बारेमा स्पष्ट हुनुपर्दछ।
आफ्नो जीवनमा अध्यात्मको खेतीले अभ्यासीलाई अरूलाई पनि आफूसँग मिल्ने र सधैं सत्यको पालना गर्न लगाउँछ। सार्वजनिक सेवाको माग र आपूर्तिबीचको मेलमिलाप गर्नका लागि जनसेवकमा समानुभूति, सहिष्णुता, करुणा र अन्य आधारभूत मूल्यहरू हुनुपर्छ । यी मूल मूल्यहरू तब मात्र सिर्जित गर्न सजिलो हुन्छ जब एक व्यक्तिले आध्यात्मिक मार्ग लागू गर्न चाहान्छ । अर्को महत्वपूर्ण पक्ष यो हो कि एक आध्यात्मिक व्यक्ति सम्पत्ति र अहंकार त्याग गर्न तयार हुन्छ र दृष्टि र कर्मको एकीकृत रूप हो।
नेपालको संविधानले राष्ट्रिय गौरव, अनुशासन, लोकतान्त्रिक मान्यता, सहिष्णुता, समानता, सम्मान र एकता जस्ता मूल्यलाई अंगिकार गरेको छ । यसर्थ धर्म, मानवीय मूल्य र कानुनबीच त्रिकोणात्मक सम्बन्ध रहन्छ, जुन कुनै पनि लोकतान्त्रिक मुलुक सञ्चालनको मूल कडी हो । सार्वजनिक व्यवस्थापनमा आध्यात्म्कि मुल्य मान्यताको विकासवाट सार्वजनिक प्रशासनलाई स्वच्छ, सवल, पारदर्शी, समावेशी, जनसहभागीतामुलक, नवप्रर्वनतमुखी, गतिशिल वनाउन सकिन्छ । सार्वजनिक पदाधिकारीहरुलाई उत्तरदायी र जिम्मेवार वनाँउदै समग्र सार्वजनिक प्रशासनलाई भ्रष्टाचारमुक्त वनाउन सार्वजनिक प्रशासनमा आध्यात्मिक मुल्य मान्यताहरुलाई आनिवार्य रुपमा आत्मसात गर्नुपर्दछ ।
मानिस भएर जन्मिँदाको गौरव, प्रतिष्ठा र मूल्यको स्थान सबै मानव सभ्यता, धर्म, सँस्कृति र साहित्यमा उच्च रहँदै आएको छ । वैज्ञानिक रुपमा यसको परिभाषा स्थापित भैनसकेपनि मूलरुपमा एक मानिसले जन्मसिद्ध रुपमा एक मानिस भएको हिसाबले आत्मसम्मान, मूल्य, मर्यादा वा अरुबाट उचित रुपमा पाउनुपर्ने आदर वा उपयुक्त व्यवहारलाई मानवमूल्य वा मर्यादा भनी बुझ्नसकिन्छ । सामान्यतः जब यसको हनन् वा पिडित वा निमुखा वर्ग मानवमूल्यबाट च्यूत गरिन्छ तब यस शव्दको अक्सर सावधानीजन्य प्रयोग हुनेगर्छ ।
मानव मर्यादामाथिका चुनौतीहरुः मानवमूल्य वा मर्यादामा व्यक्तिगत र सामुहिक हिसाबले विविध स्वरुपमा प्रहार वा हनन् हुनेगर्छ । जानीनजानी, सँस्कारगत वा नियतपुर्वक विशेष गरेर शक्तिशाली पक्षले कमजोर पक्षलाई उपहास गर्ने मतलब सिद्धीको लागि प्रयोग गर्ने , छुद्र साबित गर्ने वा अमानवीय व्यवहार गर्ने गरेका सानाठूला उदाहरणहरु हाम्रा घर, समाज, राज्य, विश्व र मानव इतिहासमा अनगिन्ति छन् । यातना, बलत्कार, बँधुवा, कमलरी, सती, सामाजिक बिभेद, मजदुरहरुको श्रम शोषण आदि मानवमूल्य उलंघनका केहि दृष्टान्त हुन् । साधनश्रोत, सम्पत्तिमा निश्चित वर्गको मात्र पहुँच र अधिकार बनाएर बहुसंख्यक जनतालाई गरीबी, अभाव र उत्पीदनमा बाँच्न बाध्य बनाउने र आफ्नो बर्चस्व कायम राख्ने परम्परा पनि कायमै छ । हुनेले खानेलाउने, मोजमस्ती, मनोरञ्जन, सामाजिक व्यवहार, शिक्षा र दैनिकजीवनका यावत् कुराहरुमा आममानिसले धान्न नसक्ने खालको व्यवहार देखाएर बहुसंख्य मानिसहरुको मनमा आफू तिरस्कृत, असक्षम वा नीच, सामाजिक रुपले त्यक्त, सिमान्तकृत वा समग्रमा मर्यादाविहिन भएको महसूस गराएर बिभेदको परम्परा चलाइराख्ने खेल पनि चलि नै रहेकोछ । विशेष गरेर विकासोन्मुख देशहरुमा महिलालाई सरसफाईको कमिले उनीहरुको आत्मसम्मानमा ठेस पुगिरहेको हुन्छ ।
अध्यात्मवादले हाम्रो आत्मालाई यसको केन्द्रविन्दु मान्दछ। विज्ञानको एक धेरै महत्वपूर्ण क्षेत्रको रूपमा यसले मनोवृत्ति, योग्यता र उचाइ मात्र होइन तर एकै समयमा तीनवटै कुराको ख्याल राख्छ । स्टिभ जब्सले अध्यात्मवादलाई आधुनिक युगको धर्म मान्छन् । अध्यात्मवादले विभिन्न धर्मद्वारा प्रस्तुत गरिएका सबै तर्कहरूलाई समेट्छ र एकीकृत समाधान दिन्छ । धर्मलाई अध्यात्मवादको माध्यम मान्न सकिन्छ । एकचोटि हामीले आफूमा अध्यात्मवादलाई सिकाएपछि जीवनमा हाम्रो क्षमता बढ्छ र हामी प्रत्येक पल जागृत रहन्छौं। यो व्यक्तित्वमा परिष्करण हो जसले ज्ञान र सामाजिक कल्याणको साथ समग्र जीवन बिताउन मद्दत गर्दछ।
नैतिकता, जवाफदेहिता र व्यवसायिकता जस्ता विषय सहजै स्थापित गर्न नसकिने र समय लाग्ने विषय हुन् । मानवीय मूल्य, इमान्दारिता, नैतिक दर्शन, नैतिक मूल्य मान्यता, पूर्वीय दर्शन, अध्यात्मवाद, कार्यसंस्कृति, कमजोर वर्गप्रति समानुभूति र सहयोगी व्यवहारले मानव जीवनलाई उत्कृष्ट बनाउन मदत गर्दछ । विशेषरूपमा सार्वजनिक क्षेत्रमा सिञ्चित गर्न जरुरी उच्चस्तरका पूर्वाधारकारूपमा रहेका नैतिक, आध्यात्मिक ,पद्धतिगत पक्ष जस्ता आधारभूत मूल्यहरुलाई आत्मसात गर्दै व्यक्तिगत र कामसँग सम्वन्धित आचरण पालनाका लागि सदासर्वदा तत्पर हुनुपर्छ । तसर्थ मूल्यमा आधारित शिक्षा प्रणाली मार्फत सार्वजनिक प्रशासनमा सुधारको थालनी गर्न आवश्यक छ ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)